Update on Visitor visa Extension from Nepali Visitors to USA

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This news was published in ekantipur.com अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिको चासो चैत्र १९, २०७६दिनेशजंग शाह यसैबीच हाल अमेरिका भ्रमणमा रहेको नेपालीहरुको भिसाको म्याद सकिने अवस्थालाई मध्यनजर गर्दै नेपाली दूतावासले अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ समक्ष आवश्यक पहल थालिसकेको कार्कीले बताए। Has any decision been made ? Did Mr Karki get any response from State Department or USCIS ? Someone please respond... Where do we find updates about visit visa extension for Nepali people in USA whose flights have been cancelled because of COVID. Auto extension would be so helpful for all those Nepalese living in uncertainties. What is the best thing these people can do to stay safe and worry free now? https://ekantipur.com/news/202...    न्युयोर्क — कोभिड–१९ प्रकोप बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका बारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । स्थानीय समय अनुसार मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत कोरोना भाइरसको फैलँदो संक्रमण, समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्कीले बताए । ‘अमेरिकामा रहेका नेपाली र विद्यार्थीहरुबारे राष्ट्रपतिले चासो र चिन्ता देखाउनु भयो,’ कार्कीले कान्तिपुरसँग भने, ‘संक्रमित नेपालीहरुका बारे उहाँले सोध्नुभएको थियो।’  राष्ट्रपतिले पछिल्लो स्थिति प्रति दूतावासको लगायत गैरआवासीय नेपाली संघ लगायत नेपाली सामाजिक संस्थाको सक्रियताको विषयमा चासो राखेको राजदूतले बताए। विशेषत सर्वाधिक नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरको पछिल्लो स्थिति बारे राष्ट्रपतिको चिन्ता रहेको थियो। कोरोना संक्रमणले न्युयोर्कमा एक नेपालीको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित भएको अनुमान छ। यद्यपि आधिकारिक तथ्यांक भने उपलब्ध छैन। दूतावास र समुदाय सहकार्य डिसीस्थित नेपाली दूतावासले कोरोना संक्रमणलाई मध्यनजर गर्दै समुदायसँगको सहकार्यको अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दूतावासले अत्यधिक संक्रमित न्युयोर्क लगायत पचासै राज्यमा रहेका नेपालीहरु सँगको संवाद र अन्तरक्रिया थालेको छ। ‘विशेषत यो नेपालीको स्थितिबारे जानकारी लिन र आवश्यक परेमा सहयोग एवं सहकार्यका लागि नेपाली संस्थाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने उदेश्यले सुरु गरिएको’ दूतावासले जनाएको छ। संवाद अभियान अन्तर्गत हरेक एकदिन बिराएर करिब ४ घन्टाको भिडियो कन्फरेन्स आयोजना गरिँदै आएको छ। विभिन्न पेसामा संलग्न लगायत संघ संस्था एवं विद्यार्थीहरुको सहभागिता रहँदै आएको छ। आफनो राज्यमा नेपालीहरुको स्थिति, संक्रमितको जानकारी र उपायको बारेमा छलफल गरिन्छ। ‘दूतावासले समन्वय गरेको हो। यस मार्फत संक्रमित नेपालीहरुको अवस्था एवं तथ्यांकलाई ट्रयाक गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं।’ राजदूत कार्कीले भने। मंगलबार साँझको संवादमा अमेरिकाभरबाट दर्जनौं नेपालीहरुको सहभागिता थियो। चिकित्सक, कानुन व्यवसायी, लेखा विज्ञ एवं अन्य क्षेत्रका जानकारहरुले यो परिस्थतिमा कसरी सहयोग लिने विषयमा जानकारी गराएका थिए भने संक्रमितहरुलाई सेल्टरमा राख्ने विषयमा छलफल भएको थियो। यसैबीच हाल अमेरिका भ्रमणमा रहेको नेपालीहरुको भिसाको म्याद सकिने अवस्थालाई मध्यनजर गर्दै नेपाली दूतावासले अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ समक्ष आवश्यक पहल थालिसकेको कार्कीले बताए। Last edited: 01-Apr-20 10:40 PM Last edited: 01-Apr-20 10:42 PM Last edited: 01-Apr-20 10:44 PM Last edited: 01-Apr-20 10:56 PM

elle123 · Apr 1, 2020 10:38 PM · 9,767 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion