नेपालीले पायो भने गर्छ - अंग्रेजी गित गाएर बिश्वप्रसिद्ध गायकलाई नै रुवादियो त!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"यसले त मलाइ रुवायो" जजलाइ नै रुवाउने प्रस्तुति अमेरिकन आइडलमा नेपालि गायक दिवेश पोखरेलको https://www.youtube.com/watch?... (भिडियोको स्क्रिप्टको शुरुको भाग) दिवेश पोखरेलले अमेरिकन आइडलमा साँच्चि नै हंगामा मच्चाइ रहेका छ । अडिसनमा नै तिनै जना जजलाइ प्रभावित पारेका दिवेशको प्रत्येक प्रस्तुति बिशेष हुने गर्दछ । प्रत्येक प्रस्तुतिमा उनले दर्शक र कार्यक्रमका जज हरुको मन जितिरहेका छन । अझ दिवेशको सोमवार भएको प्रस्तुतिमा त एक जज यति डुबे कि उनले आँशु रोक्न नै सकेनन । पोखरेलको प्रस्तुति को अन्त्यमा आँशु पुछ्दै जज लियोनल रिची ले भने "यसले त मलाइ रुवायो" । आइ एम सरि आइ जस्ट ब्रोक अप नाउ - भन्दै फेरि उनले "आइ एम सरि " भन्दै गर्दा अर्कि जज केटि पेरि हाँसेकि थिइन । त्यस अघि दिवेशको प्रस्तुती सकिने बित्तिकै तीनै जना जजले उठेर "स्ट्याण्डिंग ओभेसन दिएर सम्मान गरेका थिए । गित सुन्दै गर्दा लियोनल रिचि कति मख्ख परेर सुनिरहेका थिए भन्ने यो एक्प्रेसनले प्रष्ट पार्छ - आँखा चिम्लेर मग्न हुँदै मुस्कान सहित सुन्दै गर्दा उनको घाँटिका नसा कसिएर तन्किएका छन । गित सकिने बित्तिकै सबै भन्दा पहिला केटि पेरि तालि बजाउंदै उठेकि थिइन भने त्यस लगत्तै अन्य जजहरु पनि उठेर तालि बजाएका थिए।

AnandNepal · Mar 25, 2020 9:14 AM · 9,608 views

11 Replies

अनि दुखको कुरा - अमेरिकाबाट नै: अनिल लिम्बु सुब्बालाइ हर्दिक श्रद्धान्जलि -- शोक संतप्त परिवार प्रति समवेदना !! https://youtu.be/-hq7EI-nlSE

AnandNepal · Mar 25, 2020 9:17 AM

आनन्द ब्रो .... एभ्री टाइम हाम्रो अर्थर ब्रोको आवाज सुन्छु .... मेरो आँखा कस्तो रसाउञ्छ भने ... उहाको स्वोरमा कति सोल पेनीट्रेटिंग पावोर छ ! अनि अचेल म सुत्ने बेलामा गाँजा तान्दै हाम्रो राजेश ब्रोको गितहरु सुन्दै सुत्ने गर्छु ! आइ फिल आइ एम लित्रल्ली वाचिङ्ग हिज कन्सर्ट ! https://youtu.be/p1UZqFQQDI4

Nas · Mar 25, 2020 3:49 PM

Rajesh has a nice voice .. (Do you know him?) All he needs is a boost ... Needs a very good (or a very bad song) .. that can go viral. If he has done something different -- that other singers haven't done - I will consider doing a video report... (I will watch his other songs in my free time) ** उदाहरणको लागि ** मैले यि नानिको बारेमा भिडियो बनाएको थिएँ - यो भिडियो झण्डै डेढ लाखले हेर्नुभएको रहेछ - अनि, ति मद्धे धेरैले यहि भिडियो मार्फत ओरिजिनल गित सुनेन्न गएका पनि रहेछन। https://youtu.be/xzh7ZpjKUVA

AnandNepal · Mar 25, 2020 10:14 PM

@Nas ... I watched some of Rajesh's videos ... He is talented -- there is no doubt about that. But, he is yet to use his talent to create something people would enjoy. General people don't care if you are talented or not .. I hope he will have the "Bhim Niraula" moment one day.... ;)

AnandNepal · Mar 27, 2020 1:10 PM

अब बेलायतमा पनि नेपालिले गरेछन https://www.youtube.com/watch?... अमेरिकन आइडलमा दिवेश पोखरेल भोटिंग चरणमा पुग्दा बेलायतमा अर्को नेपालिले तहल्का मच्चाएका छन । करिव ७ बर्ष अघि भीम निरौलाले गाएको "सण्डे मर्निंग लभयु" गित भाइरल भएको थियो । त्यसपछि बिचमा हराएका ५४ वर्षे होटेल म्यानेजर निरौलाले अहिले फेरि त्यहि भाइरल गितलाइ ‘ब्रिटेन गट ट्यालेन्ट’मा प्रस्तुत गरे। सो गितले त्यहाँका दर्शकहरुले खुबै प्रभावित पारेको थियो । त्यसको साथै उनि दोस्रो चरणमा समेत प्रवेश पाएका छन । भीम निरौलाले मच्चाए गाउन सुरु गर्दा निर्णायक र दर्शक त्यति प्रभावित भएका थिएअनन । एक निर्णायक सिमन क्वेलले भने शुरुमै मन नपरेको भन्दै रातो बजर बजए। तर, भिम निरौलाले आँफ्नो प्रस्तुतिलाइ निरंतरता दिए, बिस्तारै निर्णायकहरु र दर्शहरुले पनि उन्लाइ साथ दिन थाले । उनको प्रस्तुतिको अन्त्य सम्ममा माहोल निकै नै परिवर्तित भएको थियो। दर्शक निर्णायक सबै जना उनको प्रस्तुतिमा झुमिरहेका थिए, तालि बजाइ रहेका थिए अनि गुनगुनाइरहेका थिए।

AnandNepal · Apr 26, 2020 11:07 AM

गायन रियालिटी शो अमेरिकन आइडलको आइतवार भएको टप २० कार्यक्रम लगत्तै अनलाइन् भोटिंग शुरु भएको छ । यसको लागि एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ। मोबाइल एसएाएस पठाएर १० चोटि, अमेरिकन आइडलको मोबाइल एपमार्फत १० चोटि तथा अमेरिकन आइडलको वेबसाइटमार्फत १० चोटि गरेर एक जनाले ३० चोटि सम्म भोट गर्न पाइने हो। भोट माग्दै दिवेशले यस्तो अनुरोध गरेका छन। अमेरिकन आइडल विश्वकै ठूलो मानिएको गायन रियालिटी शो हो । यसमा नेपालमै हुर्के बढेका दिवेश पोखरेलले यति सफल हुनु आँफिमा अद्वितिय हो। उनलाइ सघाउन खुला भएको भोटिंग् यहि अप्रिल २९ तारिखसम्म मात्रै खुल्ला रहनेछ । तेसैले अमेरिका बस्ने सबैलाइ भोट गर्न शुरु गर्नुहुन अनुरोध छ । वेव साइट र एप मार्फत भोट गर्न अमेरिका बाहिरकाले नमिल्ने बनाइएको छ । बाहिरकाले भोट गर्ने कुनै उपाय छ भने कमेन्टमा भनिदिनुहोला । https://youtu.be/WqqY_9J80jg Voting Links: https://idolvote.abc.com

AnandNepal · Apr 27, 2020 7:08 AM

जित्ने नै लक्षण पो देखियो त !! https://youtu.be/lelBj8aeDXc

AnandNepal · May 4, 2020 7:53 AM

किन इंग्लिश मा गको होला नेपाली भासाकाई पहाड़ परबत छहरा छंगा मा गुन्जीने भाका का गीत नगयेरा

Bir_Nepali · May 4, 2020 8:07 AM

कोरोना महामारिको बेलामा पनि हजुर आमालाइ सडकमा उत्राउने ! अति गर्छन नेपालिहरु पनि https://youtu.be/N2QT3ua6_fQ

AnandNepal · May 10, 2020 7:37 AM

TOP 7 भए त .. अमेरिकन आइडल नै बन्ने सम्भावना बढ्यो !  भोट गरौं

AnandNepal · May 10, 2020 9:56 PM

केटोले फेरि रुवायो केटि पेरिलाइ https://youtu.be/piy7Lj8tfFA

AnandNepal · May 11, 2020 12:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion