नोभल कोरोना भाइरस संक्रमण ले बिश्व त्रशित भएको बेलामा कारण नेपाल सरकार ले भने यो के हो कसरि सर्छ, यसबाट बच्ने कसरि भनेर प्रष्ट रुपमा बताएको छैन । अनि नेपाल भित्रिने यात्रिलाइ तापक्रम मात्रै चेक गरेर प्रेवेश दिइएको छ । अनि हालै नेपाल सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह भने गरेको छ। त्यसको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचाँजमा कडाई समेत गरेको भनिए पनि यो प्रभावकारि हुने देखिंदैन। यो हेर्नुहोस https://youtu.be/kCnE2ZFwo60 २ कुरा: १) बेलाबेलामा साबुन पानिले हात धुने २) सके सम्म आँफ्नो नाक मुख र आँखालाइ हातले नछुने - यति गर्न त जस्ले पनि सक्छ नि जस्तो लाग्न सक्छ । तर, यसो गर्न अति नै गाह्रो हुन सक्छ किनकि हामि सोच्दै न्सोचि बेलाबेलामा आँफ्नो अनुहार छोइरहेका हुन्छौं । यो अति नै साधारण तर अति नै प्रभावकारि तरिका हो - कोरोना भाइरस बाट मात्रै नभएर सबै खालका इन्फेक्सनहरुबाट बच्नको लागि ** अनुहार नछुने र हात बारंबार साबुनपानिले धोइरहने । ** Last edited: 03-Mar-20 05:34 AM
AnandNepal · Mar 3, 2020 5:33 AM · 1,932 views
फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । यससँगै होली पर्वकाे विधिवत् सुरूवात भएकाे छ । तर, अहिले नोबल कोरोना भाइरसको महामारि फैलिरहेको हुनाले र यो रोग मानिस मानिस बिचको संसर्ग र पानिको माध्यमबाट सर्न सक्ने हुनाले यो बर्ष होलि नमनाउनु नै उचित हुने बिज्ञहरुको सल्लाह छ । https://www.youtube.com/watch?... यसै सन्धर्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि यस वर्षको होली नमनाउन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको रोकथामका लागि भरसक भीड हुने कार्यक्रम आयोजना नगर्न आग्रह गरेका हुन्। हाेली सुरू भएकाे संकेतस्वरूप मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएको थियो। चीर ठड्याएपछि नै काठमाडौं उपत्यकासहित देशैभरि होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइसकेपछि बन्दुक पड्काएर हर्ष बढाइँ गर्नुका साथै सहभागीहरुबीच रंग र अबिर दलेर खुसीयाली पनि मनाइएको थियो ।
AnandNepal · Mar 3, 2020 12:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion