प्रचण्ड देख्ने बित्तिकै रिसले आगो हुनेहरु कति छन भन्ने फेरि देखिएको छ .. नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि एक कार्यक्रममा जुत्ता प्रहार भएको छ । https://youtu.be/bW2wSvPAykg राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला एक आक्रोशित युवाले अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए। तर, सो जुत्ताले प्रचण्डलाइ भने लागेन । यसरि प्रचण्डमाथि ताकेर जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति रतन तिरुवा भएको प्रहरिले जानकारी दिएको छ। जुम्ला स्थायी घर भएका २२ वर्षीय रतन तिरुवा लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका एक शिक्षित युवा भएको बताइएको छ। रतन तिरुवालाइ प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो। सो घटनाले आक्रोशित बनेका प्रचण्डका केहि समर्थकहरुले तिरुवालाइ कुट्न पुगेका थिए । यसरि कुट्नेमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ पनि एक भएको बताइएको छ । प्रहरीले नियन्त्रणमा लिएर सभाहलबाट बाहिर ल्याउँदै गदा जुगलले तिरुवालाई अगाडि र पछाडिबाट लात्तीले हानेका थिए। त्यस्तै ट्रेड युनियनका नेता भोला पोखरेलको पनि तिरुवामाथि हात उठाएका थिए। नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराका अनुसार प्रचण्डमाथि जुत्ता प्रहार गर्ने प्रयास भएको भए पनि उनको प्रयास अससफल भएको थियो। प्रचण्डमाथि जनताको आक्रोश यो पहिलो पटक भने होइन - यस अघि एक युवाले उनलाइ झापड हानेका थिए । तेस्तै प्रचन्डका तत्कालिन सहकर्मि डा. बाबुराम भट्टराइमाथि पनि पोखराको एक कार्यक्रममा जुत्ता प्रहार भएको थियो।
AnandNepal · Mar 1, 2020 11:57 AM · 2,700 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion