राज्यमन्त्रीका सल्लाहकारले किशोरीलाई बन्धक बनाएर गरे बलात्कार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । उनको काठमाडौंमा तीनवटा घर छ । पत्नी तथा परिवार सबै अमेरिकामा छन् । उनी आफू पनि अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् । नपुग्दो केही छैन । ५२ वर्षे उनी अहिले प्रहरी खोरमा छन् । नाम हो उनको अमृतकुमार घले । पद पनि लरतरो छैन– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार । उनी खोर पर्नुको कारण हो– अपहरण तथा बलात्कार । उनले १२ कक्षा पढ्ने १७ वर्षीय एक किशोरीलाई अपहरण गरेर चार दिन लगातार बलात्कार गरेको अभियोग छ ।  दानव रैछन् अमृत २७ माघमा मोटरसाइकलमा अृमत बनेपाबाट काठमाडौं आउँदै थिए । सडक छेउको बस स्टपमा एकजना किशोरी बस पर्खिएर उभिएको देखे ।  अमृतले ती किशोरीलाई कहाँ जान लागेको भनी सोधे । किशोरीले काठमाडौंको नयाँ बजार जान लागेको बताइन् । अमृतले लगिदिन्छु भने । बुवा हजुरबा जस्ता मानिसले सहयोग गर्न खोज्दा उनले नाईं भन्ने कुरै थिएन । उनी अमृतको मोटरसाइकलमा चढिन् । किशोरी जानु थियो दिदीको डेरामा । काठमाडौंमै १२ मा पढ्थिन् । अमृतले उनलाई दिदीको डेरामा नभएर टोखास्थित आफ्नो फ्ल्याटमा लगे ।  त्यहाँ पुगेपछि अमृतले आफ्नो असली रुप देखाए । बाटोमा कुराकानी गर्दै आउँदा पितातुल्य ठानेकी थिइन् किशोरीले । अमृतले बाटोको कुराकानीमा अमेरिका लगिदिने आश्वाशन दिन पनि भ्याए । तर, ती अमृत दानव निस्किए । फ्ल्याटमा बन्धक बनाएर अमृतले चार दिनसम्म बलात्कार गरे । कैदी बनेकी ती किशोरी भाग्ने मौका हेर्दै थिइन् तर मौका पाइनन् । फोन गर्न पनि पाइनन् । तेस्रो दिन उनले भिनाजुलाई फोन गर्ने मौका पाइन् । भिनाजुलाई भनिन्– ‘अमेरिका पठाइदिन्छु भनेर मलाई एक अपरिचितले कोठामा थुनेर राखेका छन्, मलाई यहाँबाट बचाउनुस् ।’  भिनाजुले किशोरीको बावुआमालाई खबर गरे । १ फागुनमा उनका बावुआमा सिन्धुलीबाट रुँदै काठमाडौं आईपुगे । प्रहरीकहाँ गए ।  अमृतको डेरामा प्रहरी ‘हामीले दिनभर अपरेशन चलाएर किशोरीलाई राखिएको ठाउँ पत्ता लगायौं र उद्धार गर्‍यौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले सनराइज खबरलाई भने– ‘शरिरबन्धक बनाएर बलात्कार गरेको मुद्धामा म्याद लिएर अमृतका बारेमा अनुसन्धान गरिरहेका छौं ।’  प्रहरीले उनको फ्ल्याटबाट ठुलो परिणाममा यौन शक्तिबर्धक औषधी भियग्रा र कण्डम बरामद गरेको छ ।  प्रहरीको अनुसन्धानबाट अमृत यौन मनोरोगी भएको देखिएको छ ।  बलात्कृत किशोरीको उमेश १७ बर्ष मात्रै छ । २० बर्षभन्दा कम उमेरकी किशोरीलाई मञ्जुरीमा शारिरिक सम्बन्ध राखेपनि बलात्कार मुद्धामा कारवाही हुने कानुनी ब्यवस्था छ ।  अमृत अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।  https://sunrisekhabar.com/news...

ktmpost · Feb 27, 2020 12:20 PM · 3,866 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion