आहा ! भोलि सुक्रबार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अस्ति आइतबारको मध्यान्न देखि फुस्रो भाको मन बिहिबार मध्यान्न पछि फुरुङ्ग हुन्छ / आहा भोलि सुक्रबार!! सुन्दै कस्तो रमाइलो / भोलि त काम मा नगए नि हुन्छ /आजो साझ त जति बोतल लडाए नि हुन्छ/ भोलि त ९ बजे सम्म लम्पसार परे नि हुन्छ / फेरी आजो राति त स्यालरी नि औछ / ४ दिन देखि बिग्रेको मौसम आजो कस्तो खुलेको छ / पारिलो घाम ,मन्द हावा, cabin को झ्याल बाट देखिने पर को सानो सहर/ बसन्तको पूर्व सन्ध्या / पात झरेका फुस्रा रुखहरु फेरी काचुली फेर्दै छन्/ खुसि हुने कति धेरै कारणहरु / सुख दुख जिन्दगी यो चलि रहन्छ, बाधा पन्छाउदै नदि बगी रहन्छ/ ऐले फुरुङ्ग भाको मन आइतबार फेरी ओइलिञ्च, तर के चिन्ता लिनु फेरी सुक्रबार आइ हाल्छ/ #period

ssk · Feb 27, 2020 11:27 AM · 21,833 views

17 Replies

"जति बोतल लडाए नि हुन्छ......९ बजे सम्म लम्पसार" आफ्नो पनि विकेन्दमा डेरामा एकलै बोतल लडाउने बानि ..... अस्तिको हफ्ता येति पिएकी ....साँझको ५ बजे मात्र निन्द्रा खुल्यो .... अनि त् अब तेसरी पिउदिन भनेर कान समाते ..... मे बि सस्तो खाते भोड्का पिएर होकी ? Last edited: 27-Feb-20 03:52 PM

Nas · Feb 27, 2020 3:52 PM

नास दाजु को जीन्दगी अति सदाकी, किसुनजी को जस्तो, जिन्दगि भनेको तपाई को जस्तो हुनु पर्छ " एक सरो डसना पोको पार्यो बसाई, एउटा चिकेन र एउटा vodka खोल्यो सदै दशैं" न कसै को कच् कच्, न कुनै tension " एक्लो ज्यान जहाँ मर्यो तेही च्यान" जिन्दगि को अन्तिम चरम आनन्द " tension free life ho " यो sex भन्दा नि महत्तोपुर्ण हुन्छ /

ssk · Feb 27, 2020 5:19 PM

अहा छाडी कटाई हुने दिन : रात भरि उबर चलाउन पाउने भएर हर्सले खुसि भए छन् !

logan · Feb 27, 2020 7:59 PM

हो सम्राट ब्रो .... जीवनमा आफ्नो एक्लोपनमा रमाउन नै बेश लाग्यो ! कामको शिलशिलामा देशै चिहार्ण पर्ने हुनाले पनि ... एक गाडीमा जे अट्छ ... तेती मात्र समान छ ! एक दम "मिनीमिलिस्ट" लाइफ स्टाइल छ ! एस्तो लाइफ धेरै सहज पनि हुँदो रहेछ ! जँहासम्म टेन्सनको कुरा छ ... हामि डेभेलोपरको जिन्दगि कहिले टेन्सन मुक्त हुँदैन जस्तो लाग्यो ! ५ दिन त् डेरामा आएर पनि घण्टा हान्नमै व्यस्त हुन्छ ! तेही भएर ब्रोले भन्न भाको जस्तो शुक्रबार आउँदा मलाइ ज्यादै रमाइलो लाग्छ ! शुक्रबार राति मछली पक्रिन क्लब तिर धाइञ्छ ! कहिले काँही भाग्यले पक्री पनि हालिन्छ ! रमाइलो हुन्छ ! दारु पिउने दिन पनि येही शुक्रबार ....मछली चेप्ने दिन येही शुक्रबार ..... तेही भएर शुक्रबारको महिमा अपरम्पार छ मेरो जीवनमा .... प्लस पाँचै दिन .... साला चाउ चाउ खान परेको छ.. तर शुक्रबारको दिनमा खाइन्न... Last edited: 28-Feb-20 10:18 AM

Nas · Feb 28, 2020 10:18 AM

"हामि डेभेलोपरको जिन्दगि कहिले टेन्सन मुक्त हुँदैन जस्तो लाग्यो" ५ करोडको कुरा गर्नु भयो / pension छैन tension छ यो काममा / हामी non -IT बाट आउने लाई झन् गारो / सुरुवाती दिन मा त सपनामा पनि "code error " देख्ते / धत् ऐले सम्जेर हासो उठेर औच / साला वर्ष पिछे केहि न केहि update औछ , update हुनै पर्यो नत्र junior ले overtake गर्ला भन्ने टेन्सन / यो काम ले दिने सन्तुस्टी र इज्जत को तुलनामा यी झिना मसिना tension त केहि होइन तर साला tension चै छ / हुन त सबै पेसा मा एस्तो हुञ्छ होला /

ssk · Feb 28, 2020 8:26 PM

dear respected sir, I contacted you in your face book account massage. but i did not get your response. i think you are busy . i am hoping to get your advise and support for job placement initiation. if i may get your number or if i may cal you in face book . i am looking forward for your response. thank you prakash

ranger1 · Feb 29, 2020 3:17 PM

प्रकाश ब्रो ... ब्रोले कसलाई मेसेज पठाउन भाको ? एस एस के ब्रो .... लोगन ब्रो वा नाज ब्रो ? अनि के कुरामा सजेसन् चाहियो ब्रो .... ग्रीन कार्डमा काम गर्दा केहि फरक पर्दैन ! काम सुरु गर्न थालि हाल्नुस ! नेपालमा कति एजुकेसन कम्प्लीट गर्न भाको ? पछि फ़ाइनेन्सियेल अवस्था अलिक सुध्र्यो भने ... कलेज जोइन गर्नुस ... मैले नि तेही गरेको हो ... निउ योर्कको म्यानह्यातन मलको दामी बर्गर फ्लिप्पर थिए म ! राति कमिउनिति कलेज ... दिन भर बर्गर पकाइयो ! प्राय सबै नेपाली बिद्यार्थीको जीवन येसरी नै शुरु भाको हो ! ब्रोले त हरियो पत्ता पाउन भाको छ ! तेसैले ब्रोलाई धेरै सहज र सम्भावनाहरु छ ! प्लस ब्रो अलिक मोतिभेटेड़ मान्छे लाग्यो मलाइ ! अलिक मिलनसार भएर खट्नुस ... ब्रोको भविस्य उज्ज्वोल हुनेछ ! आफ्नो फेमिलीको राम्रो हेरचाह गर्नु ... केहि परेको खण्डमा साझामा हामीलाइ सम्पर्क गर्नुस है ब्रो !

Nas · Feb 29, 2020 6:44 PM

Prakash I dnt have a FB account under this name so u might have messaged a wrong person , regarding job support I doing entirely different job than what we used to do in nepal. U are proactive n well ahead of time .continue whatever u r going n get yourself used to the system. At this age I would encourage u to think on some sort of business than a regular job. I have so many jodas all over Texas who are well established in their business .if ever u think to move there I can help u meet .they can guide u .personally I dnt own any business here . Wahtever Nas dai said above is my words as well. U can message him in his inbox , he has more knowledge . Lastly avoid public contact including buses and trains for some time to avoid Corona virus .all the best

SSK · Mar 2, 2020 6:43 PM

सम्राट ब्रोको कुरो सहि हो ! एदी ब्रोमा आन्टरप्रेनिउअर्शिप छ भने ... कलेज जान बेक्कार नै हो ! मेरानि बिजेनस गर्ने साथिहरु कंहा पुगी सक्यो .... म चैँ घन्टेमा नै सिमित भए ! आफ्नो जीवनको लक्ष्य के हो ... त्यो बुझी तेही अनुसार खट्नुस... अवस्य सफल भयिने छ ....

Nas · Mar 3, 2020 11:55 AM

प्रकाश ब्रोलाई इन्स्पिरेसनको लागि .... 🙏🏿 https://youtu.be/YsnPxifWdLI

Nas · Mar 4, 2020 10:49 PM

हे हे ! आज शुक्रबार .... आफ्नो त् दारु पिउने कार्यक्रम पनि सुरु भैसक्यो ... आज डेरामा बसेर नै घण्टा हान्दै ... चुस्की मार्दै बसेको छु ! 🙈 Last edited: 13-Mar-20 01:15 PM

Nas · Mar 13, 2020 1:15 PM

यो नासको लाइफ पनि खाते नै रैछ ! किप इत अप खाते ब्रो

KhateyNepali · Mar 13, 2020 1:24 PM

तिघ्रा ठटाएर रतिकृयाको आनन्दमा डुब्ने हरु दिन गन्तिमा लाग्ने भन्दा बर्तमानलाई आनन्दमय बनाउन लागछन नकि सान्त्वनाका पात्र | बिचारा : लौ सुन आज शुक्रबार भोलि सनिवार , सिलिङ्ग हेर्दै बिताउ |

logan · Mar 13, 2020 3:03 PM

" हे हे ! आज शुक्रबार .... आफ्नो त् दारु पिउने कार्यक्रम पनि सुरु भैसक्यो ... आज डेरामा बसेर नै घण्टा हान्दै ... चुस्की मार्दै बसेको छु !" थुक्क नासे ब्रो कस्तो चिप खाल को वोड़का पिएको हो...हैट् , ...मलाई त स्तोलिच्नाया मात्रै मन पर्छ! :)

dkhanal · Mar 13, 2020 4:18 PM

अमेरिकाको स्वघोषित महा नेपाली खाते म नै हुँ .....खाते ब्रो ! डि.के हनाल ब्रो .... त्यो मैले किनेको दस डलरको खाते भोड्का हो नि ! हुन् त् म बियॆर पारखी हूँ तर सार्है भुडी लागेकोले बियेर पिउन कम गरेको ! महंगो भोड्का र सस्तोमा केहि फरक छुट्याउन नि सक्दिन ! हात्ती र हात्ती छाप चप्पल जस्तै ! आफुलाइ झ्याप भए मात्र पुग्छ के डि.के हनाल ब्रो ! प्लस .... दारु पिउनाले कोरोना भाइरस बाट पनि बाचिने ! 🥃 🧔🏻 Last edited: 14-Mar-20 11:33 AM

Nas · Mar 14, 2020 11:29 AM

Nas kaji Ra samrat bamkaji same person's ho? I feel similari in the writings. Nas kaji why always after womans

madaal · Mar 14, 2020 12:46 PM

"why always after womans" आइ लभ देम सो मच ब्रो !  Last edited: 15-Mar-20 01:57 AM

Nas · Mar 15, 2020 1:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion