प्रधानमन्त्रीको जन्मदिनमा भब्य केक https://youtu.be/v-ZjacwEpaE प्रधानमन्त्री केपी शर्मा ओली आँफ्नो जन्मदिन मनाउन भनेर हेलिकोप्टरमार्फत् चार्टर गरेर जन्मस्थान तेह्रथुमकाे आठराइ गाउँपालिका गएका छन्। त्यहाँ २ हजार महिलालाई सारी, पुरुषलाई ज्याकेट अनि ५ हजारलाई खाना खुवाउने तयारि गरिएको समाचारमा उल्लेख भएको थियो। ओलिको जन्मदिनमा काटने भनेर हेलिकप्टरमा केक लोड गरिएको भिडियो सामाजिक संजालमा भाइरल भै रहेको छ । अनि, अझ जन्मदिन मनाउनको लागि गाउँपालिकाका सबै कार्यालयमा बिदा दिइएको पनि खवर आएको छ । ओलिले जन्मदिन मनाउनको लागि भनेर आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए । तेस्तै प्रधानमन्त्रीको पुरानो घर निजकै हेलिप्याड समेत निर्माण गरिएको छ।जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । तेस्तै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि उर्दि जारि गरेको छ । २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा जन्मेका ओलिको परिवार उनि १२ बर्ष हुँदा २०२० सालमा झापा बसाईं सरेको थियो। स्वास्थ्यमा समस्या भएपछि बालुवाटारभन्दा बाहिरका कार्यक्रममा कम सहभागी हुने गरेका प्रधानमन्त्री चिकित्सकसंग सल्लाह गरेरै हेलिकप्टर मार्फत तेह्रथुम गएका हुन्। Last edited: 24-Feb-20 07:09 AM
AnandNepal · Feb 23, 2020 11:36 AM · 5,051 views
सरकारि खर्चमा kun desh le gardaina खर्च tyo pani sunaum.
Keyser Söze · Feb 23, 2020 2:38 PM
@Keyser Soze सरकार प्रमुखको सरकारि खर्चमा नै हुन्छन । तर, यस्तो अति गर्दैनन : प्रमको जन्मदिनमा - प्रधानमन्त्रीको जन्मदिन राजसि ठाँटबाँटका साथ अति नै भब्य तवरले मनाइएको थियो : यति भब्य तवरले जन्मदिन त राजामहाराजा हरुले पनि मनाउँदैनथे । - जन्मदिन मनाउनै को लागि भनेर उनको जन्मघर मर्मत सम्हार गरियो (अब त्यसलाइ संग्राहलय बनाउने रे) - जन्मदिन मनाउन उनको घर संगै हेलिप्याड नै निर्माण गरियो। - देशका उच्च तहका नेता, मन्त्रि लाइ उडाएर ताप्लेजुंग पुर्याइयो - जानेहरुमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री विना मगर, संघीय सांसद् विजय सुब्बा, गणेश विमली आदि छन । - आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्मदिन मनाउनै भनेर सार्वजनिक विदा दिइयो। अझ राजतन्त्रको बेलामा जस्तो, त्यहाँ रहेका सबै कर्मचारीहरुलाई तोकिएको पोशाक पहिरेर प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य रुपमा सहभागी हुन उर्दि जारि गरियो । कसैको जन्मदिनमा यस्तो उर्दि राजतन्त्रको बेलामा पनि हुँदैनथ्यो होला । - अझ, प्रधानमन्त्रिले काटने केक ताप्लेजुंग पुर्याउन हेलिकप्टर नै चार्टर गरियो - प्रधानमन्त्रिले काटेको केक फेरि नेपालको नक्सा आकारको बनाइएको रहेछ । यो खासै ठुलो कुरो त होइन -- तर , सांकेतिक रुपमा उनले देशलाइ काटेर टुक्रा टुक्रा पारेको जस्तो देखियो भनेर बिरोध भइ रहेको छ ।
AnandNepal · Feb 24, 2020 7:14 AM
सरकार प्रमुखको सरकारि खर्चमा नै हुन्छन । तर, यस्तो अति गर्दैनन : Proof cha aru desko le gardaina vanera? अमेरिकाको राष्ट्रपतिले आफनो गल्फ कल्ब र होटलमा बसने र यात्रा कति होला? Last edited: 24-Feb-20 11:09 AM
Keyser Söze · Feb 24, 2020 9:11 AM
@Keyser Soze पार्टिकै ले बिरोध गरिरहेका रहेछन .. स्क्रिप्ट लेख्दै छु .. भिडियो केहि क्षणमा केक काटेर जन्मदिन मनाउने हाम्रो संस्कृति होइन भन्दा परर तालि बजाउने को हुन? सत्ताधारि पार्टि नेकपा कि एक नेतृ अष्टलक्ष्मि शाक्यले प्रधानमन्त्रि केपि शर्मा ओलिलाइ इंगित गर्दै - नेपालमा केक काटेर जन्मदिन मनाएको थाह छैन भन्दा कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका सहभागिहरुले परर तालि बजाएका थिए। त्यस बेला त्यहि मन्चमा बसेका प्रधानमन्त्रि केपि ओलिको अनुहार भने हेर्न लायकको भएको थियो । अष्टलक्ष्मि शाक्यले हाम्रो सामन्ति नेपालि समाजमा छोरिमान्छेले जन्मदिन मनाउने चलन नभएको र पुरुषले मात्रै जन्मदिन मनाउने गरेको भन्दै, प्रधानमन्त्रिलाइ एक "सामन्ति" भएको आरोप समेत लगाएकि थिइन । त्यसपछि अष्टलक्ष्मि शाक्यले ड्यामेज कन्ट्रोल गर्दै - प्रधानमन्त्रि केपि ओलि तर्फ फर्केर यस्तो भनिन - "अन्यथा नठान्नु होला" अपडेट : भिडियो पनि बन्यो बिचरा बनेका रहेछन https://www.youtube.com/watch?... Last edited: 28-Feb-20 09:23 AM
AnandNepal · Feb 27, 2020 6:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion