मलाइ बिश्वास लाग्ने त होइन .. तर बर्षौंदेखि पत्रिकाहरुमा पढ्दै आएको , सुन्दै आएको कुरो .. के रहेछ भनेर चर्चा गर्न मन लाग्यो ! Take it with a grain of salt though. भिडियो को स्क्रिप्ट तल छ : https://youtu.be/RxKUnwx3Prw दिन दिनै देशमा भ्रष्टचार सम्बन्धि खवर आइरहँदा दोलखा भीमेश्वर मन्दिरमा पसिना आएको खवर पनि आएको छ । पुरातन बिश्वास अनुसर भीमेश्वरमा पसिना आउनुलाइ अनिष्ट हुने संकेतका रुपमा बुझिन्छ । यसरि पसिना आएको खवर फैलिएपछि सो मन्दिरमा बिहानदेखि नै भक्तजनहरुको घुइँचो लागेको खवर छ । मानिसहरु अनिष्ट नहोस् भनी कामना गर्न मन्दिर गइरहेका छन भने त्यहाँ एकोहोरो दमाहासमेत बजाइएको छ । प्रचनल अनुसार भीमेश्वरमा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन रहेको छ । यसअघि २०७४ सालको असोजमा यसरि नै भीमेश्वरमा पसिना आएको थियो । त्यस बेला भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पूजासामग्रीसहित मन्दिरमा क्षमा पूजा गरिएको थियो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन रहेको छ। क्षमापूजामा लघुरुद्री गरे पछि बलिपूजा गरिन्छ । यस पुजामा सरकारका तर्फबाट दुइ र स्थानीयवासीको तर्फबाट दुईवटा बोका बलि दिएर बलिपूजा गरिन्छ । पसिना आएको इतिहास त्यहाँका स्थानियहरुका अनुसार मन्दिरमा पसिना आएको ६ महिना भित्रै अनिष्टका घटना हुने गरेका छन: २०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै २०७२ सालमा बिनासकारि भूकम्प आएको थियो । २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भएएको थियो । अनि, २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो । त्यस बेला देशमा गणतन्त्र र लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो । त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड भएको थियो । २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो । त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो । त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना शहिदहरुलाइ फाँसी दिइएको थियो । भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको बिश्वास गरिन्छ । त्यतिबेला देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो। यसरि प्रत्येक दुखद घटनालाइ भिमसेनको पसिना संग जोडिएका छ । यस्तो कुरामा के तपाइ बिश्वास गर्नुहुन्छ । कमेन्ट गर्नुहोला धन्यवाद। Last edited: 20-Feb-20 10:17 AM
AnandNepal · Feb 20, 2020 10:16 AM · 3,266 views
कुखुराको भालेले फुल पारेर ओथ्रा बस्यो रे ? बिस्वास कि अविस्वास गर्ने ? कुनै पसुपंक्षीमा male female दुवै जनन्द्रिय हुन्छ रे आबस्यक परे नर नारीको काम गर्छ | के भनाइ छ त साझाका बिसेष बिज्ञ को भनाई ?
logan · Feb 20, 2020 8:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion