अस्ट्रेलिया, अमेरिका र पश्चिमा देशमा नेपालीका कतिपय घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ। विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा हलचल ल्याएको छ। उदाहरणका रुपमा यसै साता मात्र सिड्नीमा भएका केही घटनाक्रम हेरौं। पहिलो घट्नाक्रम, दाङमा दबङ शैलीमा हिँड्ने युवा बिक्की (नाम परिवर्तन)ले फिल्मी शैलीमै प्रेम विवाह गरे। बिहेपछि बिक्कीले श्रीमतीलाई अस्ट्रेलिया पढाउने र आफू पनि डिपेन्डेन्टमा जाने निर्णय गरे। अस्ट्रेलिया आए र काम पनि सुरू गरे। यसै क्रममा श्रीमतीलाई नर्सिङ पढाउन दिनरात मिहेनत गर्न थाले। बिक्की काममा पनि जोशिला हुन्। एक दिन श्रीमतीले नेपालमा जान र आफ्ना बाबुआमालाई भेट्न आग्रह गरिन् र पठाइन्। करिब एक महिना नेपाल बसेर फर्कने क्रममा बिक्कीलाई त्रिभुवन विमानस्थलमा अध्यागमन विभागले रोक्यो र भन्यो ‘तिम्रो भिसा रद्द भइसक्यो।’ २०२२ अगष्टसम्मको भिसा बोकेर नेपाल गएका बिक्कीलाई के थाहा, श्रीमती नै ‘भिलेन’ हुन्छिन् भनेर। नेपाल जाने वित्तिकै श्रीमतीले बिक्कीको डिपेन्डेन्ट भिसा रद्द गरिदिएकी थिइन्। अहिले बिक्की काठमाडौंमा छन्। उनले श्रीमतीलाई पटक पटक गरेर करिब तीस हजार डलर पढाइ खर्च तिरेको बैंक भौचर समेत देखाएका छन्। एकल हुँदा दश अंक बढी आउँछ भन्दै आफ्नो भिसा रद्द गरेको भनी श्रीमतीले बताउनले गरेको बिक्की बताउँछन्। श्रीमतीको यो स्पष्टिकरण नै बिक्कीसँगको फेसबुक म्यासेन्जरमा अन्तिम कुराकानी हो। अहिले त श्रीमतीले फेसबुकमा समेत ब्लक गरेको उनले बताए। घटना नम्बर दुईको कथा पनि पीडादायक छ। गायनमा आफ्नो करिअर बनाउने सोचमा अगाडि बढेका थिए अनिल (नाम परिवर्तन)। नेपालमा क्रमिक रुपमा उनको ख्याति बढ्दै थियो। केही गीत पनि गाए, नाम र दामसँगै काम पनि पाउन थालेका थिए। अचानक पूर्वतिर भएकोकन्सर्टमार्फत एकजना युवतीसँग उनको राम्रो परिचय भयो। दुवैजना नजिकिए। प्रशंसक बनेर चिनिएकी उनलाई अनिलले मन पराए र घरपरिवारको सल्लाहमा बिहे गरे। विवाहपछि श्रीमतीले विदेश जाने र उतै घरजम गर्ने प्रस्ताव राखिन्। उनको यही प्रस्तावमा अनिलले आफ्नो गायन कला र गलालाई तिलान्जली दिए। नयाँ ठाउँमा घरजम गर्ने कथा बुन्दै दुवै जना अस्ट्रेलिया हानिने निर्णय गरे। अस्ट्रेलिया आए, आफूले काम गरे र श्रीमतीलाई पढाए। श्रीमतीको जब पढाई सकिन थाल्यो, गुनासो पनि बढ्न थाल्यो। काम, पैसा, पिआरको चक्करमा अनिलको गायन मात्रै होइन, श्रीमतीबाट विश्वास पनि टाढियो। पढाइ सकेर टिआरमा बस्ने बेला श्रीमतीले आफ्नो भिसामा श्रीमानलाई नराख्ने बताइन् र छुट्टै बस्न थालिन्। अनिल अहिले ‘खाउँ भने दिनभरीको शिकार, नखाउँ भने कान्छाबाउको अनुहार’ भनेझैं निन्याउरो अनुहार लिएर पीडा पोख्दै हिँडेका छन्। श्रीमतीले अनिलको नाम पिआरमा समावेश नगरे संभवत उनी अर्को महिना अवैधानिक बन्नेछन्। अनिलले भने ‘हामीबीच डिभोर्स भएको छैन, तर उनले त्यस्तो भनेपछि म पीडामा छु।’ यस्ता कहानीहरु अहिले अस्ट्रेलियाको नेपाली समाजमा प्रशस्त घट्न थालेका छन्। पुरुष मात्रै नभएर महिला हिंसाका घटनाक्रम पनि उत्तिकै छन् अस्ट्रेलियाको नेपाली समाजमा। पुरुष चाँडै खुलेर आउन सक्छन्, तर महिला सहजै बाहिर आउन सक्दैनन् र चाहँदैनन् पनि। अस्ट्रेलियामा पहिले सानो संख्यामा थियो नेपाली समाज, घटनाक्रम पनि सानै थिए। अहिले त्यो संख्या लाखौंमा पुगेको छ र घटना पनि ठूला हुन थालेका छन्। सिड्नीका वकिल खिलेन्द्रराज तिम्सिना पछिल्लो समयमा अस्ट्रेलियामा नेपालीको डिभोर्स घटना बढेको बताउँछन्। धेरै घर झगडाका मामिला आफूकोमा आउने गरेको उनी बताउँछन्। ‘यहाँ महिलाहरुलाई अधिकार सम्पन्न मानिन्छ, पुरुषप्रधान समाजबाट आएका हामीलाई यस्ता घटना अचम्म लाग्न सक्छन्। ‘विदेश आएपछि बेग्लै शैलीमा आफूलाई प्रस्तुत गर्दा पनि केटाकेटी बीच मनमुटाव हुने गरेका छन्, जसले कालान्तरमा उनीहरुलाई सम्वन्ध बिच्छेदसम्म पुर्याउने गर्छ’ तिम्सिनाले भने। https://www.setopati.com/globa...
ktmpost · Feb 18, 2020 1:14 PM · 4,116 views
बाठी बिहे गरेर मोज गरौला भन्ने धोको कहिलै नपुग्ने भयो | अर्को बिहे गर बाबु |
logan · Feb 18, 2020 7:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion