चुम्बन .. अनि हिराको हार .... जन्मदिनको यो भन्दा गज्जव उपहार के हुन सक्छ (भिडियो हेर्नु पर्दैन तल लेखेको स्क्रिप्ट पढे हुन्छ) https://youtu.be/aNA5pkgGITw पुर्वयुवराज पारसले सोनिका रोकायालाइ उनको जन्मदिनको अवसर पारेर एक हिराको हार उपहार दिएका छन । यहि फेब्रुअरि १६ मा आँफ्नो २५ औं जन्मदिन मनाएकि सोनिका र पारस बिगत केहि महिना देखि संगै देखिन थालेका हुन । सोनिकाले शेयर गरेको जन्मदिनको भिडियोमा पारसले सोनिकालाइ चुमेको पनि देखिन्छ । पारशले हार उपहार दिएपछि सोनिकासो तुरुन्तै सो हार लगाएकि थिइन् । गत डिसेम्बरमा पारसले सोनिका रोकाया संग बसेको फोटो आँफ्नो फेसबुक प्रोफाइल बनाएर उनिहरु बिच निकट सम्बन्ध रहेको संकेत गरेका थिए। त्यस पश्चात सोनिकाले पारस संग घुम्दै गरेका भिडियोहरु शेयर गरिरहने गर्दछिन। यस अघि आँफु बिग्रेको र पारस संग भेट भएपछि सप्रिएको, देश को बारेमा चिन्ता गर्न थालेको दावि गर्ने सोनिका रोकाया सो पार्टिमा आफुलाई सम्हाल्न नै नसक्ने अबस्थामा पुगेका दृश्यहरु भएको भिडियोमा उनि आँफैले शेयर गरेकि हुन। सो पार्टिमा उनले आँफ्ना निकट मित्रहरुलाइ मात्रै निमन्त्रणा गरेकि थिइन। जन्मदिन पार्टि मा सोनिका र पारस खुबै हर्षित मुद्रामा देखिएका थिए । पारसको बर्थ डेमा सोनिका र सोनिकाको बर्थडेमा पारस - अनि पारसको चुम्बन गत डिसेम्बरमा पोखरामा मनाइएको पारशको जन्मदिनमा सोनिका हर्ताकर्ता देखिएकि थिइन । पारसका छोराछोरि उपस्थित भएको सो जन्मदिन पार्टिमा सोनिकाको भुमिका उल्लेख्य थियो भने अहिले काठमाण्डौं को क्लक टावर लाउण्जमा भएको सोनिकाको जन्मदिन पार्टिमा पारसको उपस्थिति उल्लेख्य थियो । पारशले सो पार्टिमा सोनिकालाई अंगा लेर चुम्बन समेत गरेका थिए उनि सो पार्टिमा खुबै हसिलो मुद्रामा देखिएका थिए । तेस्तै सोनिकाले पनि पारशलाई विशेष महत्व दिंदै जन्मदिनको केक सबै भन्दा पहिला पारशलाई ख्वाएकि थिइन् । भन्न चाँहि सोनिकाले उनिहरुको सम्बन्ध "बाहिर भएको हल्ला जस्तो नभएको तर उनिहरु नजिकका साथी मात्रै भएको बताउएन् गरेकि छिन। पारसले यो बारेमा अहिलेसम्म केहि नबोले पनि उन्ले आँफ्नो प्रोफाइल पिक्चरमा सोनिकालाइ राखेका छन। घर परिवार बाट टाढा रहेका पुर्वयुवराज पारस को छवि जनताहरु बिच पनि त्यति राम्रो नभएको समयमा सोनिका रोकायाले पारसलाइ खुबै सपोर्ट गरिरहेकि छिन । सोनिकाले पारसको प्रेरणाले आँफु देश भक्त बनेको सप्रेको आदि भन्ने गर्दछिन - जन्मदिनको पार्टिमा पनि उनले यसरि पारस्को सपोर्ट गरेकि थिइन । फेब्रुअरी १६, १९९५ मा बझाङमा जन्मिएकि सोनिका रोकायालाइ जन्मदिनमा आनन्द नेपालको धेरै धेरै शुभकामना । उनको आगामि बर्ष अझ सफल र सुखद रहोस धेरै धेरै शुभकामना । तपाइको शुभकामना कमेन्टमा दिनुहोला धन्यवाद।
AnandNepal · Feb 18, 2020 10:41 AM · 2,820 views
What did you do? Last edited: 19-Feb-20 12:38 PM
logan · Feb 18, 2020 1:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion