सचिब अर्जुन दाईको श्रीमती को हत्या भएछ ( दुखद )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ssk · Feb 10, 2020 10:39 AM · 8,582 views

6 Replies

कुनै बेला लप्टन कार्कीकी श्रीमती को अहिले सचिब कार्कीकी श्रीमतीको असमायिक निधन | दिबंगत आत्माले शान्ती पाओस , बिधुरले सहन शक्ति पाउन| अमेरिका तिर यस्तो घटना मा पहिलो चरणमा शंका spouse तिर लक्ष्य गर्छ हैन !

logan · Feb 10, 2020 6:21 PM

जनआस्था लेक्छ- कामदारमा महिला अंगप्रतिकाे आशक्ति- प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्याको कारण। सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए। फर्किंदा पत्नी मुना रगताम्य भएर भान्सामा ढलेकी थिइन् भने कामदार विजय चौधरी अर्कातिर लमतन्न परेका थिए। सीसीटीभी फुटेजअनुसार विजयले मुनालाई प्लास्टिकको पिर्काले टाउकामा आक्रमण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए। विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अस्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ। त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन्। बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिन्छ। निस्कनुअघि नै विजयले मुनालाई प्लास्टिकको पिर्काले आक्रमण गर्दा उनी ढलेकी थिइन्। तर प्लास्टिकको आक्रमणले मान्छे ठहरै मर्न भने सक्दैन। फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दुर्व्यहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ। नाइलनको डोरीले आफ्नो घाँटीमा पासो लगाए पनि विजयको मृत्यु डोरी चुँडिएर भुइँमा बजारिँदा टाउकामा चोट लागेपछि भएको छ। मुनाको भने श्वासप्रश्वास अवरुद्ध पार्दै हत्या गरिएको छ। विजयको अन्डरवेयरभित्र वीर्य स्खलित छ भने रगतको डाम पनि छ। मुना महिनावारी भएको देखिन्छ। मुनाको टाउको र गालामा गहिरो चोट छ भने आँखामा नीलडाम छ। विजयको भने हातमा चोट र अन्डरवेयरमा फोहोर भेटिएको अनुसन्धानरत प्रहरीले जनाएको छ। मुनाको शव अध्ययन गर्दा उनको देब्रे स्तनमा दाँतको डाम रहेको अनुसन्धानकर्मी प्रहरीले बताए। प्रहरीको अनुमानअनुसार महिनावारीका कारण मुनाको शरीर शिथिल थियो। त्यस्तो अवस्थामा विजयले उनको अंगमाथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही असमझदारी भएको हुनुपर्छ। त्यही असमझदारीको आवेशमा विजयले उनको हत्या गरे। अनुसन्धान क्रममा प्रहरीले छरछिमेक र आफन्तहरूसँग सोधपुछ गर्दा मुना र पति अर्जुन र पति अर्जुनबीच असझदारी बढेको पाएको थियो। तर सोमबारको घटनामा अर्जुनको उपस्थिति थिएन। उनी सधैं बिहानै उठेर घरबाट निस्कने, खाना खान जाने र दिउँसो फेरि निस्कने गर्थे।

SSK · Feb 12, 2020 9:25 AM

सीसीटीभी फुटेज चै सुटुक्क आफैले मात्रै हेरेको जस्तो ।

Keyser Söze · Feb 12, 2020 4:07 PM

साभार : सुलसुले

logan · Feb 12, 2020 5:53 PM

लोगन ब्रो त्यो क्रिप्टीक भास कसले बुझ्ने

Keyser Söze · Feb 12, 2020 6:26 PM

भात खाने ले बुझी हाल्छन , स्पागेटी खानेको को लागि whistleblower अनुबाद गर भन्नु पर्ला? संका कार्की मै जान्छ , श्रीमती अर्को संग सुतेको थाहा पाए पछि दुबैलाई परमधाम पुर्याई दिएको वा कसैलाई सुपाडी दिएको हुनु पर्छ ? आजभोली १-२ लाख पनि चाहिदियन रे | सुपाडी किन्ने फाला फाल पईन्छा रे ?  साझामा जाबो २/४ ओटा कुरा लेखाईमा अजात शत्रु झैँ ब्यबहार गर्छन भने ७/२४ घरमा भएको नाठो लाई शुरो छेत्रीले पौरख देखाकै होला ?  Last edited: 13-Feb-20 06:11 PM

logan · Feb 13, 2020 1:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion