यौन क्षमता बढाउन खानुहोस् घरमै पाइने यस्ता खानेकुरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ ।यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ । यौनक्षमता कम हुँदै जानुमा शरीरमा हर्मोनको कमी मुख्य कारण रहेको चिकित्सकहरू बताउँछन् । यौन क्षमता बढाउनका लागि खानपान, शारीरिक व्यायाम आदीलाई विशेषा ध्यान दिन जरुरी रहनेछ । दुई पार्टनरलाई सनुष्टि हुनका लागि यौन क्रियाकलाप हुन सकेन भने त्यसले सम्बन्धमा समेत समस्या ल्याउन सक्ने हुँदा यौन क्षमतालाई ध्यान दिन जरुरी हुन्छ । यदि हामीले आफ्नो दैनिक आहारमा सन्तुलन मिलाउन सकेको खण्डमा त्यसैअनुरूप यौनक्षमता सधैँ सुन्तुलित रहन्छ । यहाँ यौनक्षमतावर्धक ८ वनस्पतिजन्य आहारबारे जानकारी दिइन्छ, जुन सबै मानिसको पहुँचमा छन् र सबै हिसाबले स्वस्थकर छन् । १.गाँजरगाँजरमा भिटामिन ‘ए’ पाइन्छ । यसको सेवनले पुरुषमा शुक्रकीट बढाउँछ । गाँजरको सेवन निरन्तर गर्नाले पुरुषको यौनक्षमतामा वृद्धि हुन्छ । २. भिन्डीभिन्डीमा विभिन्न किसिमका भिटामिन पाइन्छन् । यसको नियमित सेवनले सम्भोगसम्बन्धी समस्यामा कमी आउँछ । साथै, यसले यौनक्षमतामा वृद्धि ल्याउँछ । ३. गोलभेँडागोलभेँडामा पाइने लाइकोपिन तत्त्वले मानिसमा यौनइच्छा बढाउँछ । यसको सेवनबाट पुरुषमा प्रोस्टेट क्यान्सरको खतरासमेत न्यूनीकरण हुन्छ । ४. लशूनलशूनमा कामोत्तेजक गुण हुन्छ । लशूनको सेवनले रक्तप्रवाहलाई राम्रो बनाउँछ । ५.प्याजप्याज स्वास्थ्यका लागि लाभदायी छ । प्याजको सेवनले यौनांगको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौनइच्छा तीव्र बनाउँछ । ६. काउलीकाउलीमा पाइने पौष्टिक तत्त्वले पनि यौनक्षमतामा वृद्दि ल्याउँछ । ७. गान्टेमूलागान्टेमूलाबाट नाइट्रेट तत्त्व प्राप्त हुन्छ । यसको सेवनले यौनांगमा रक्तप्रवाहमा सुधार आउनुका साथै यौनक्षमता वृद्धि हुन्छ । गान्टेमूलाको सेवनले हर्मोनमा सन्तुलन ल्याउँछ । ८. पालुंगोको सागपालुंगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा वृद्धि ल्याउनुका साथै यौनांगमा रक्तप्रवाहसमेत बढाइदिन्छ । तर, उच्च रक्तचाप हुने व्यक्तिले नियमित मालुंगोको साग खान नहुने बताइन्छ । ९ .एभोगार्डो फोलिक एसिड र विटामिन बी६ दुबै एक स्वस्थ सेक्स ड्राइव का लागि आवश्यक छ । फोलिक एसिड शरीरलाई ऊर्जा के साथ पंप गर्न सहयोग गर्छ । जबकि विटामिन बी ६ले हार्मोनलाई स्थिर बनाउँछ । https://www.khabarhub.com/2019... Last edited: 28-Jan-20 04:14 PM

ktmpost · Jan 28, 2020 4:12 PM · 2,663 views

1 Reply

यिनै खानेकुरा दैनिकी खाएकाले होला नागाहरु गर्दभ मैथुन तिर लागेका होलान ? ब्रो टास्न त टास्यौ आफुले कत्त्तिको पालना गरि राखेका छौ ? आफ्नो अनुभब टास्न नबिर्स ! Last edited: 28-Jan-20 08:33 PM

logan · Jan 28, 2020 8:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion