बाहिर बिरोधै बिरोध, संसदमा निर्विरोध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हत्या आरोपित ब्यक्ति निर्विरोध सभामुख बन्छन : देश अनौठो छ .. https://youtu.be/XI3OrPgVWi8 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि सोमबारका लागि पेसी तोकिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आज पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले आज मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो । निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । प्रतिनिधिसभाले आज सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने भोलि सोमबारका लागि तय भएको छ । ..

AnandNepal · Jan 26, 2020 1:27 PM · 11,656 views

2 Replies

अहिले सब कुरो प्रस्ट भो ! एम सी सी पास गर्नलाइ कति हद सम्मको चल खेल भाको रहेछ ! महराले एम सी सीलाइ संसदमा पेश गर्न मानेका थिएनन् ! उहाको हाल के भो देखि हालेम ! अहिले एक हत्यारालाइ सभामुख बनाइयो ! अब एम सी सी पास पनि हुन्छ ! हेर्दै जानुस ! थुक्क सी आइ यी , थुक्क "र", थुक्क देश द्रोही !

Nas · Jan 26, 2020 7:50 PM

मने, १७००० हैन ५ हजार मारें भन्ने लाई अब अन्तर्राष्ट्रीय अदालत मा ल्याएर सँजाए तोकी दिने अमेरिकि रास्ट्रपति लाई मेरो भोट र समर्थन ।

atomic · Jan 27, 2020 10:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion