अब चाँहि प्रचण्ड पक्राउ पर्छन कि ..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"१७ हजार नभएर ५ हजार मारेको जिम्मा लिन्छु" भने पछि प्रचण्ड जेल जानु पर्ने होइन? (भिडियोको सम्पुर्ण स्क्रिप्ट तल छ) https://youtu.be/TQJzwrLoHX8 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आँफु माथि जनयुद्धकालमा मारिएका १७ हजार को ज्यान मारेको आरोप लाग्ने गरेको कुरा सत्य होइन भन्दै गर्दा त्यहाँ उपस्थित मानिसहरुले "हो हो " भन्दै हल्ला गरेका थिए । यो घटना थियो माघ १ गतेको - टुँडिखेलमा आयोजित थारू राष्ट्रिय माघि महोत्सवको अवसरमा प्रचण्डले बोल्दै गर्दाको । उनको तर्क अनुसार ति सबै अभागि मृतक नेपालिहरुलाइ माओबादिले नै नमारेको नभएर धेरैलाइ सत्ता पक्षले पनि मारेको प्रचण्डको दावि रहेको छ। तेसैले प्रचण्डले १७ हजार मध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका छन्। प्रचण्डको जस्तो दावि आए पनि उनका बिरोधिहरुले भने उनले जनयुद्ध शुरु नगरेको भए ति मद्धे कसैको पनि हत्या हुने थिएन भन्ने तर्क गर्छन । प्रचण्डले मृत्यु हुने १७ हजारमध्ये १२ हजार तत्कालिन राजाले मारेको भन्दै प्रचण्ड भन्छन : 'मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ। यो सत्य होइन', उनले भने, 'सामन्ती राजाहरुले १२ हजार मारेका हुन्। ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर राजाहरुले, हिजोको राज्यले मारेको १२ हजारकोचाहिँ कुरा नहुने तर राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने न्याय हुँदैन।' उनले आफूले युद्धको जिम्मा लिने बताए। त्यसका साथै उनले टिकापुर हत्याकाण्डका प्रमुख आरोपि रेशम चौधरिलाई पनि केहि समयपछि छुटाइने बताए। 'सभामुख, पार्टी र सरकारलाई भनेर रेशमको सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म नै हुँ।' भन्दै उनले सभामुखमा आँफ्नो मानिस राख्नको लागि गरिरहेको कसरत कस्तो उद्देश्यको लागि हो भन्ने प्रष्ट पारे। उल्लेख्य कुरा, प्रचण्डले भाषणमा आँफुलाइ चोख्याउने, पार्टिका आरोपित कार्यकर्तालाइ उन्मुक्ति दिने कुरा गरे पनि देशका जल्दो बल्दो समस्या - एमसिसि, अनि बिवादास्पद बिधेयक हरुको बारेमा भने केहि पनि बोलेनन । उनले दावि गरे "टिकापुरको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताए। केहि साथीहरु छुटेका छन्। रेशम लगायतका केही छुट्न बाँकी छन्, छुटाइन्छ। हेर्नुहोला, केहि समयभित्र यसको परिणाम निक्लिन्छ।" यस अघि माओबादिको बहुमतको सरकारहुँदा - देशकै सबै भन्दा ठुलो पार्टि हुँदा पनि जनताको मन जित्ने कार्य गर्न नसकेका प्रचण्डको पार्टि त्यस लगत्तैको चुनावमा नराम्रोसंग पराजित बन्दै कांग्रेस र एमाले पछिको तेस्रो पार्टि बन्न पुगेको थियो। प्रचण्डको यस्तो कुराले इतिहास फेरि नदोहोरियोस् शुभकामना छ।

AnandNepal · Jan 15, 2020 2:49 PM · 9,195 views

1 Reply

आनन्द ब्रो ले अझै कति भिडियो बनाउनै बाकि छ पर्चनडे को काँ अहिले जेल जान्चन बाइ ! धन्दा चौपट हुन्छ नि ब्रो को फेरि !

makar rashi · Jan 16, 2020 9:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion