अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई २०७६ पुस २८ गते सोमबार प्रहरीले पक्राउ गरेको छ । रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र पोर्नसाइटमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजालमार्फत नै गालीगलौज गरेका थिए । त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २/३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले प्रहरीले बताएको छ Via SSK news
Samrat Singh Karki · Jan 14, 2020 9:24 AM · 9,215 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion