रामकृष्ण ढकालको डिभोर्स, साँच्चै भएको हो र ? धेरैलाई आश्चर्यचकित बनाउने खवर थियो - गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीचको सम्बन्ध विच्छेद। ढकालको डिभोर्सको समाचार बैशाख जेठमा जंगलमा आगो फैलिएको झैं फैलिरहेको बेला रामकृष्ण ढकालले आँफ्नो फेसबुक मार्फत लेखे - No matter what others say our bond never dies❤️❤️❤️ .. उनको भनाइको नेपालिमा अर्थ हुन्छ - "अरुले जेसुकै भने पनि हामी बिचको बन्धन कहिल्यै सकिने छैन ❤️❤️❤️।" यो भनाइले - के ढकालको डिभोर्स भएको कुरा झुठो त होइन ? भन्ने प्रश्न जन्मायो । समाचारमा आएको भनाइ र ढकालको यो भनाइको आशय ठ्याक्कै बिपरित दिशामा लक्षित देखिन्छ। तर, डिभोर्सको कानुनि प्रक्रिया पुरा भएको कुरा शत प्रतिशत साँचो हो । यसको सम्पुर्ण बिवरण सहितको कागज नै प्राप्त भएको छ - तेसैले डिभोर्स भएको कुरामा कुनै शंका नै छैन । अनि ढकालले डिभोर्स भएको कुरा इन्कार पनि गरेका छैनन - उनले त सिर्फ सम्बन्धको कुरा मात्रै गरेका छन । अहिलेको अहं प्रश्न छ - आखिर यो जोडीले किन सहमतिमै बैबाहिक सम्बन्ध तोड्न पुग्यो त? खासमा गायक रामकृष्ण ढकालको वैवाहिक जीवनमा समस्या भएको जस्तो भने देखिंदैन थ्यो - सञ्चार माध्यममा बारम्बार दिएका अन्तरवार्तामा उनीहरुको माया-प्रेम देखिन्थ्यो । केहि पत्रकारहरुले ढकाललाइ सम्बन्ध् बिच्छेदको समाचारको बारेमा प्रश्न गरेका थिए तर, त्यस समाचारलाइ उनले ‘झूटो हो । हामीबीच त्यस्तो केही भएको छैन । हामी सँगै छौं ।’ भनेको भन्दै अनलाइन खवरले लेखेको छ । डिभोर्स पेपर र ढकालको कुरा एकै ठाउँमा राखेर बिष्लेषण गर्दा, कागजि प्रक्रिया र निर्णय जे सुकै भए पनि उनिहरु बिचको सम्बन्ध सकिएको छैन । तर, सम्बन्ध नै सकिएको छैन भने - अदालतमा गएर सम्बन्ध बिच्छेद गर्नुको के मतलव हुन सक्छ त ? https://www.youtube.com/watch?... डिभोर्सको समाचार सुन्ने बित्तिकै बनाएको भिडियो यो हो : https://www.youtube.com/watch?... कारण के हो ..
AnandNepal · Dec 25, 2019 8:50 PM · 8,906 views
मुख्य कुरो : डिभोर्स भएको हो कि होइन दुबै ले केहि भनेका छैनन ! गलत अफवाह नफैलाउ - भनेका छन - गलत के हो, सहि के हो केहि भनेका छैनन ! सबै पढेर तपाइँ नै भन्नुस !! Neelam Shah says: I, Neelam R. Shah would like to make a public statement about all the rumors going around.We have been happily married for over a decade now and will continue to be married for a very long time. We are a small but a happy family and we would really appreciate it if the media and individuals stopped attacking our family constantly. We are constantly being harassed by the media all across social media and all news outlets and this fire is fueled by the hateful individuals and their comments. The audacity of such people to speak of my family, my family’s reputation, mental health and well-being is beyond cruelty. I see these people as opportunists who continually try to ruin a good family and their good name by connecting them with individuals that could never happen! I understand we live in a society where everything seems to be everyone’s business but it is not. These are instances that you would not want your family to be involved in, talked about, so why do it to others? These are baseless, emotionless and completely ridiculous lies being spread by people who are not our family’s well-wishers. This is harassment, mental abuse; cyber bullying and I will continue to defend my family. *** Ram Krishna Dhakal says: मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु। पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन। आशा छ तपाईहरुको माया रहिरहने छ। सबैको दिन शुभ रहोस!
AnandNepal · Dec 26, 2019 4:14 PM
एउटी नारि समान्नीय हुन्छिन तर मुजी भालु रन्डीहरुको के कुरा गर्ने ! थुक्क !
Nas · Dec 26, 2019 8:48 PM
> हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन। Teso bhaye kina divorce deko ta?
pepsi · Dec 26, 2019 9:06 PM
भालु & रन्डी Aren't they synonymous. Any differentiating factors?
cp21 · Dec 28, 2019 7:11 AM
@Nas - ब्यक्तिगत कुरा त मलाइ थाह भएन @pepsi - तलको भिडियो हेर्नुहोस छर्लंगै हुन्छ ऋण को चक्कर मा फसेको बारेमा तथ्य केलाउँदा यस्तो भिडियो बन्यो (१५ घण्टामा ४ लाख भ्यु कटेको हुनाले - यो मेरो च्यानलमा अहिले सम्मको सबै भन्दा छिटो र धेरै हेरिएको भिडियो बन्यो) स्क्रिप्ट को केहि भाग तल छ https://www.youtube.com/watch?... गायक रामकृष्ण ढकाल लाजिम्पाटस्थित र्याडिसन होटल पछाडिपट्टि बस्थे । उनलाई बंगलो खालको घर लिने रहर भयो । अनि ललितपुरको हात्तीगौंडास्थित कोलोनीमा सरे । एक त अलि टाढा, त्यसमाथि अलि ठूलो घर । डेढ/दुई वर्षमै उनको रहर पुग्यो । कोलोनीको घर भाडामा दिएर हामी कतै भाडामा बस्ने परिवारमा सल्लाह भयो । घरबाट महिनाको करिब ५०/६० हजार रुपैयाँ भाडा आउने अनुमान थियो । कतै फ्ल्याट लिएर बस्दा आधा रकम पर्याप्त हुने अनि करिब आधा रकम जोगिने उनको हिसाब थियो । रामकृष्ण घरको रेखदेखका लागि त्यहाँ नजिकै बस्न चाहन्थे । तर आफन्त र नातेदार नजिक हुने भएकाले भैंसेपाटीतिर फ्ल्याट खोज्न थाले । ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका एक जना सञ्चालकसँग रामकृष्णको चिनजान थियो । सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उनलाई ‘ज्वाइँ साप’ भनी नाता लगाउने गर्थे । सुरेन्द्रले उनको निवासमा आएर ‘भैंसेपाटीमा घर छ, यो हाम्रो हो’ भनेर भाडामा बस्न अफर गरे । रामकृष्णको परिवार करिब ६ महिना त्यही घरमा भाडामा बस्यो । एक दिन सुरेन्द्र घर मिलाइदिने प्रस्ताव लिएर रामकृष्णकहाँ पुगे । उनी रेकर्डिङका लागि बारम्बार मुम्बई जाने आउने गरिरहेका थिए । श्रीमती नीलमले गएर घर हेरिन् । उनलाई ठीकै लागेछ । लालीगुराँसकै भण्डारीले लोन मिलाइदिने भए । ९ आनामा बनेको साढे दुई तले घर लालीगुराँसको १ करोड ८० लाख रुपैयाँ लोनसहित २०६६ फागुन ४ गते नीलमका नाममा पास भयो । गायक ढकालले कान्तिपुरलाई सुनाए, ‘मसँग करिब २५/३० लाख रुपैयाँ थियो । हामी मिलाइदिन्छौं भनेर उहाँ (भण्डारी) ले भन्नुभयो । मैले १ करोड ८० लाख रुपैयाँ त्यहाँबाट लिएँ । घरको मूल्य करिब २ करोड २५ लाख रुपैयाँ थियो । पास, मर्मत सम्भारमा अलिअलि खर्च भयो ।’ घर लिएपछि रामकृष्णले ऋण तिर्न थाले । करिब १७ प्रतिशत ब्याज र अन्य खर्च गर्दा मासिक करिब ३ लाख रुपैयाँ बुझाउनुपर्ने भयो । रामकृष्णलाई ऋण तिर्न हम्मे पर्न थाल्यो । ऋण र त्यसको ब्याज नतिर्दासम्म घरजग्गा फुकुवा हुँदैनथ्यो । जिल्ला अदालतको अभिलेखमा २०६८ वैशाख २९ गतेसम्म उनले ३० लाख २४ हजार बुझाएको देखिन्छ । रामकृष्ण भन्छन्, ‘दुई वर्षमा मैले ब्याजसमेत गरेर करिब ४८ लाख रुपैयाँ तिरेको छु ।’ उनले कुनै ग्राहक खोजेर घरजग्गा बेच्ने र सहकारीमा तिर्ने अनि बाँकी ऋण बैंकमा सार्ने योजना बनाए । सहकारीको १७ प्रतिशतको तुलनामा बैंकको ब्याज सस्तो हुन्थ्यो । उनकै भनाइमा जरिवाना अनि ब्याजको स्याज तिर्दा ३६ प्रतिशत हुन लागेको थियो । ..
AnandNepal · Dec 28, 2019 6:03 PM
Next on the series:रामकृष्ण ढकालको जिवनकथालाइ प्रस्तुत गर्ने क्रममा गोपाल कर्माचार्य खुबै चाखलाग्दो पात्र (खोजविन चल्दैछ - कर्माचार्यको बारेमा थाह हुने ले रिप्लाइ गरिदिए आभारि हुने थिएँ) गोपाल कर्माचार्यले एक सडकमा गाउने बालकलाइ चर्चित बनाए अनि स्थापित पनि बनाए । खासमा गोपाल कर्माचार्यले एक ब्यापारि थिए । कर्माचार्य २०४२ सालमा इलामबाट काठमाण्डौं आएका थिए जागिरको सिलसिलामा। त्यसको अर्को बर्ष नै उनले रामकृष्णलाइ सडकमा गाउँदै हिँडेको भेटेका थिए । दुबै एक अर्काको लागि परिपुरक भए - रामकृष्ण लाइ सहारा चाहिएको थियो अनि गोपाल कर्माचार्यलाइ ब्यवसाय। दुबैले एक अर्काको आवश्यकता पुर्ति गरे - र यो एक Win-Win सिचुएसन बन्यो। In the mean time, I prepared a couple of very interesting TKVs - Biography of Ramkrishna Dhakal & latest news: https://www.youtube.com/watch?... And latest news: https://www.youtube.com/watch?...
AnandNepal · Dec 30, 2019 4:58 PM
कसैको रोदन कसैको लागि हासो ! एक को गुमाई अर्काको लागि कमाई ! आफ्नो घाटी हेरेर हाड निल्नु पर्ने भाग्यले डोर्याए पछि दिमाग ले काम गर्न छोडछ भनेको यही हो कि ?
logan · Dec 30, 2019 6:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion