सागमा स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं– सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, रजत विजेता खेलाडीलाई जनही ६ लाख र कास्य विजेता खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका हुन् । सागमा नेपालले नेपालले ५१ स्वर्ण पदक जित्दा, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक हात पारेको छ । https://www.khabarhub.com/2019...

ktmpost · Dec 11, 2019 9:53 AM · 1,432 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion