मिस नेपालले वाई वाई बाँड्दै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वाइवाइ र झण्डा मिस नेपालको उपहार मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड प्रतियोगितामा भाग लिँदै गर्दा उनको सातौं दिन उनको प्रशिक्षण कार्यक्रम थियो। सो कार्यक्रममा अनुष्काले नेपालबाट लगेको वाइवाइ चाउचाउ उनका साथि प्रतिस्पर्धिहरुलाइ बाँडेकि थिइन । तेस्तै, अनुष्काले मिस वर्ल्ड प्रतियोगितामा उनले बनाउने नयाँ साथिहरुको लागि भनेर एक बिशेष उपहार पनि लिएर गएकि छिन - उनको आँफ्नै फोटो भएको एक पोष्टकार्डका साथ साथै संसारमा कहिँ पनि नभएको डबल त्रिकोणात्मक नेपालको झण्डा । अनुष्काले आँफ्नो पोष्टकार्डमा सबैलाइ नेपालि भाषामा "धेरै माया" भनेर पनि लेखेकि छिन । यसरि उनले नेपाल र नेपालिको बारेमा बिश्वभरिका सुन्दरिहरुलाइ जानकारि बाँडि रहेकि छिन, बिश्वलाइ नेपाल चिनाइरहेकि छिन । Day 7 https://www.youtube.com/watch?... I am following her in Miss World 2019 contest - यो उनको परिचय भिडियो हेरेपछिको रेस्पोन्स https://www.youtube.com/watch?... मिस नेपालका आमाहरुको बारेमा https://www.youtube.com/watch?... त्यसपछि : https://www.youtube.com/watch?... लण्डन पुगेपछि https://www.youtube.com/watch?... अनि छैठौं दिनको भिडियो .. https://www.youtube.com/watch?... चाखलाग्दो कुरा भयो भने अर्को भिडियो पनि आउनेछ - नभए यत्ति !!

AnandNepal · Nov 27, 2019 9:14 PM · 19,445 views

11 Replies

हन के भन्छ यो आनन्दे, मिस नेपाल त त्यो क्यति बिरोद खतिवडा को छोरी हैन? फेरी कैले change भयो ?

Samrat Singh Karki · Nov 27, 2019 9:41 PM

@ Samrat Singh Karki ... मिस नेपाल पनि सँधै एउटै भै रहनु ? खतिवडा भन्दा खत्रा नयाँ मिस नेपाल छिन .. ले हेरौं कस्तो खतरा प्लान छ देश बिकास गर्ने !! https://www.youtube.com/watch?...

AnandNepal · Nov 29, 2019 9:05 PM

It's time to vote ... नेपालिहरु भोट गर्न त सँधै अगाडि थिए .. आज चैं पछि भएछन .. जे होस -- हतार हतार नेपालिमा उल्था गरेको छु -- नमिलेमा रिप्लाइ ठोक्दिम है ! मिस वर्ल्डको हेडटु हेड च्यालेन्ज मा मिस नेपालको अन्तरवर्ता प्रकाशित भएको छ। उक्त अन्तरवार्तालाइ हेरेर दिइएको भोटकै आधारमा मिस नेपाल अनुष्का दोश्रो राउण्डमा प्रवेश गर्ने नगर्ने निर्धारण हुन्छ । मिस वर्ल्ड प्रतियोगिताकै को सबै भन्दा पपुलर बिधा हो किनकि अघिल्लो बर्ष सन् २०१८ मा हेड टु हेड च्यालेन्ज भिडियोले मात्रै १ बिलियन भ्यु पाएको थियो भनेर मिस वर्ल्ड ले भन्छ । यो बर्ष हेड टु हेड च्यालेन्ज बर्तमान मिस वर्ल्डा भेनेसा पोन्सले नै संचालन गरिरहेकि छिन। अघिल्लो बर्ष हेड टु हेड च्यालेन्ज र मिस वर्ल्ड नै जितेकि भेनेसालाइ थाह के प्रश्न गर्ने र कस्तो उत्तर ले जित्न सक्छ भन्नेमा फर्ष्ट ह्याण्ड अनुभव छ। ल अब नेपाललाइ भेट्ने समय भयो भन्दै भेनेसाले मिस नेपालको परिचयात्कम भिडियो प्रस्तुत गर्छिन । यो त्यहि भिडियो हो जुन अघि भाइरल भएको थियो - ५ दिनमा नै मिलियन भ्यु कटिसकेको थियो - त्यसबाट मुख्य मुख्य र राम्रा राम्रा कुराहरु लिएर यसलाइ अझ छोटो र मिठो बनाइएको छ। भिडियो हेरेपछि प्रभावित भएकि भेनेसाले भन्छिन - मिस नेपाल्, यो भिडियोमा भएका दृष्यहरु अति नै सुन्दर छन । यसको जवाफमा मिस नेपाला भन्छिन - "धेरै धेरै धन्यवाद। यो भिडियो लिंदा देशका बिभिन्न भागको अन्बेषण गर्दा मैले म आँफै भित्र पनि अन्बेषण गरें। खासमा मैले पछाडि देशका अति आकर्शक दृष्य हरु देखाएर आँफ्नै कथा बताएकि हुँ । अझ भिजिट नेपाल २०२० को शुरुवात हुँदै गर्दा म र मेरो एउटा सानो टिमले धेरै स्थान भ्रमण गरेको थियो । त्यसको यो परिणामले मलाइ गौरवान्वित बनाएको छ। हामिले ५ दिनमै १० लाख भ्यु कटेका थियौं।" अनुष्काको भनाइलाइ काट्दै भेनेसाले भन्छिन "त्यहि त म भन्दै थिएँ। तिम्रो अति ठुलो फलोइन्ग छ। कति धेरै भ्यु रे फेरि एक पटक।" भेनेसा नेपालिहरुको यस्तो चाखले अचम्मित हुँदै भन्छिन - यहि मौकालाइ छोपेर मिस नेपालले एउटा अति नै महत्वपुर्ण कुरा गरेकि छीन - नेपाल सानो देश हो। बिश्व परिवेशमा यसको कुनै महत्व छैन भन्ने सोच्ने हरुको लागि उनले एक राम्रो जवाफ दिएकि छिन । अनुष्का भन्छिन - "म अति नै खुशि छु हामिले गरेको दुख मानिसहरुले मन पराइदिए । तपाइले भनेको जस्तो हाम्रो फलोइन्ग भब्य छ । आकारको हिसावले नेपाल सानो देश भए पनि हाम्रा नेपालिहरु देश बिदेश सबै तिर फैलिएका छन । मलाइ एकदमै खुशि लागेको छ नेपालमा बस्ने नेपालि मात्रै नभएर बिश्व भर फैलिएका नेपालिहरुले अर्को एक नेपालि, मलाइ सपोर्ट गरिरहेका छन। यसले म अति नै कृतज्ञ भएकि छु । " भेनेसा भन्छिन - "देश नै उर्लिएर सपोर्ट गर्दा अति नै खुशि लाग्छ होला होइन ? " अनुष्का भन्छिन - हो अब, तिम्रो बिउटि विथ अ पर्पोज के हो । जज यसरी प्रभावित भइन नै भोट गरौं अनुष्का भन्छिन् - "मेरो बिउटि विथ अ पर्पोज चाँहि क्षमता बिकास संग सम्बन्धित छ । हामि एउटा सानो र बिकट गाउँमा एक पाइलट प्रोजेक्टमा काम गरिरहेका छौं । १४० घर धुरि भएको गाउँमा प्रतेक घरमा हामिले आमा र उनका बच्चाहरुमा केन्द्रित भएर शिक्षाको पहुँच पुय्रान प्रयास गरिर्हएका छौं । स्कलरशिप दिने, शिक्षक थप्ने, शिक्षण सामाग्रि, शिक्षकलाइ तालिम दिने काम गरिरहेका छौ>ण् । तर हामिलाइ के पनि थाह छ भने यो सहयोग दिगो र दिर्घकालिन रुपमा दिइरहन सम्भव हुँदैन । तेसैले हामिले बच्चाहरुका बाउ आमालाइ नै आय आर्जन गर्न सक्षम बनाएर ति सबै काम आँफै गर्न सक्ने मोडल तयार गरेका छौँ । हामिले उनिहरुमा क्षमता बिकास गरेर उनिहरुले उत्पादन गरेको बस्तुहरुको लागि बजार पनि खोजिरहेका छौँ । जस्तो कि कार्पेट बुन्ने, इटा बनाउने लगायतका क्षमता बिकास गरेर अन्तमा उनिहरु आँफैले आँफ्नो बालबच्चाको शिक्षामा आँफै लगानि गर्न सक्ने बनाउन सकुन। भेनेसा भन्छिन - "भनेपछि तिमिले उनिहरुलाइ माछा कसरि मार्ने भनेर सिकाउँदै छ्यौ।" हो ठ्याक्कै त्स्तै "मेरो बिचारमा यो अति नै सुन्दर कुरा हो, नेपाल " https://www.youtube.com/watch?... अनि हिजोको भिडियो https://www.youtube.com/watch?...

AnandNepal · Dec 1, 2019 10:18 AM

लण्डनमा मिस नेपालको अर्को सफलतता, शृंखला ले फेरि ठोकुवा गरिन मिस वर्ल्ड अनुष्का नै हुन भनेर (स्क्रिप्ट भिडियोको तल) https://www.youtube.com/watch?... मिस नेपाल २०१८ शृंखला खतिवडाले दोश्रो पटक "अनुष्का श्रेष्ठले मिस वर्ल्डको टाइटल जित्छिन" भनेर ठोकुवा गरेकि छिन। शृंखला लेख्छिन - "यो अलि चाँढै भयो, तर, यो बर्ष अनुष्काले क्राउन लिएर आउँछिन कि जस्तो लागिरहेको छ। यि तीक्ष्ण युवती लण्डन पुगे देखि नै चम्किरहेकी छिन। पहिला अडिसन राउण्ड बाट अक्स्फोर्ड युनिभर्सिटिमा बोल्न पाएकि थिइन, अहिले फेरि बेलायतको पार्लियोमेन्ट द हाउस अफ लर्डमा एसिया महादेशलाइ नै प्रतिनिधित्व गरेकि छिन यो शक्तिशालि रातो ड्रेसमा। मिस वर्ल्डमा मेरो अनुभव अनुसार, यस्ता अवसर पाउनु अति नै महत्वपुर्ण अवसर हुन। श्रिंखलाले अंग्रेजिमा ह्युजलाइ क्यापिटल अक्षरमा लेखेकि छिन -- मिस नेपलले साँच्चिनै बिश्वको ध्यान आँफु तिर पारि सकेकि छिन भन्दै शृंखला लेख्छिन, प्रिय अनुष्का, यस्तै भावनाको साथ अघि बढिरहनु। मैले त मन मनै तिम्रो टाउकोमा मिस वर्ल्डको मुकुटलगाएको चित्र बनाइ सकें। हेड टु हेड, मल्टिमिडिया र बिउटिविथ अ पर्पोज सबै जितेर, त्यो सपना घर लिएर आउनु। अन्त्यमा श्रिंखलाले शेयर गरेको फोटोमा उनलाइ खुबै राम्रो देखिएको र रातो उनलाइ सबै भन्दा सुहाउने रंग भएको बताएकि छिन । यस अघि श्रिंखलाले अनुष्काको बिउटिविथ अ पर्पोज भिडियो हेरेपछि - उनले पक्कै पनि मिस वर्ल्ड जित्छिन भनेर ठोकुवा गर्दै यस्तो भनेकि थिइन।

AnandNepal · Dec 3, 2019 12:08 PM

जति सुकै भोट दिए पनि .. मंगोलियाले जित्ने सम्भावना बढि नै छ मेक्सिको दुइ बर्ष दोश्रो भएको -- अहिले पहिलो हुन के बेर मल्टिमिडिया अवार्डका प्रबल दावेदारको पहिचान भयो मिस वर्ल्ड प्रतियोगितामा एउटा अवार्ड - मल्टिमिडिया अवार्डको बिजेता तिन सुन्दरिहरु मद्धे एक हुने प्रष्ट भएको छ । तेसैले ति तिन जनालाइ प्रस्तुत मिस वर्ल्ड प्रतियोगित आयोजकले एक भिडियो रिपोर्ट बनाउन तयारि गरेको अनुष्काले बताएकि छिन - इन्स्टाग्राममा अनुष्का लेख्छिन "तपाइहरुलाइ धन्यवाद, सोसल मिडियामा सबै भन्दा राम्रो प्रदर्शन गर्ने हरु - मेक्सिको, मंगोलिया र म शुटिंग गरिरहेका छौं" यसरि सोसल मिडियामा सबै भन्दा राम्रो प्रदर्शन गर्ने मद्धेमा एक जनाले मल्टिमिडिया अवार्डका साथ साथै टप ४० मा आँफ्नो स्थान सुनिष्चित गर्ने छ । प्रस्तुत छ यसरि मल्टिमिडिया अवार्डको लागि छानिएका सुन्दरिहरुको छोटो परिचय: https://www.youtube.com/watch?...

AnandNepal · Dec 5, 2019 10:06 PM

full time job yehi ho hajurko ?

sugareeka · Dec 5, 2019 10:08 PM

@sugareeka आजकल अलिक बढि नै फुर्सद हुन थालेको छ । And, it is interesting time-pass .. It's like traveling to places and finding out strange and interesting things ... before I started making the following video, I had no idea - building the crown involved such an incredible amount of thoughts and efforts. I feel amazed every now and then !! https://www.youtube.com/watch?...

AnandNepal · Dec 8, 2019 1:58 AM

भोटले जितायो अब आँफ्नो क्षमताले जित्ने हो कि होइन दुइ निराशा पछि - आशाको किरण देखियो - मिस नेपाल अनुष्का श्रेष्ठ हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरिन । नेपालले अब मिस इन्डोनेशिया संग प्रस्तिस्पर्धा गर्नु पर्नेछ । मिस नेपाल र मिस इन्डोनेशिया बिच जसले स्बै भन्दा राम्रो प्रस्तुति दिन सक्छ उसैलाइ मिस युनिभर्समा प्रदिप्ता अधिकारि कम्तिमा पनि टप २० मा पुग्छिन कि भन्ने आशा थियो तर सकिनन । तेस्तै मिस सुप्रा नेशनलमा रोज लामा पनि टप २५ मा पुग्न सकिनन । यि दुइ निराशा लगत्तै, मिस नेपाल अनुष्का श्रेष्ठ हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरेको खवर आउनु पक्कै पनि शुखद अनुभुति हो । अघिल्लो बर्ष शृंखला खतिवडा पनि हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा प्रबेश गरे पनि त्यस बाट अघि बढ्न सकेकि थिइनन । उनले बिउटि विथ अ पर्पोज टाइटल नै जित्न सफल भएको प्रोजेक्टलाइ पनि राम्रो संग प्रस्तुत गर्न नसकेको हुनाले हेड-टु हेड च्यालेन्जमा दोश्रो राउण्ड जित्न सकिनन् । यो बर्ष अनुष्का श्रेष्ठ को प्रोजेक्ट पनि अति नै उत्कृष्ट छ - तर उनले हेड टु च्यालेन्जमा त्यसलाइ कति आकर्षक रुपमा प्रस्तुति दिन सक्छिन् त्यसैको आधारमा उनले जित्ने नजित्ने निर्धारण हुने छ । https://www.youtube.com/watch?...

AnandNepal · Dec 9, 2019 12:33 PM

https://www.youtube.com/watch?... हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा मिस नेपाल अनुष्का श्रेष्ठको प्रतिस्पर्धा हुँदै छ मिस इण्डोनेशिया प्रिंसेस मेगानोण्डोसंग हुँदै छ । यसै सन्धर्वमा हेड टु हेड च्यालेन्जको समुह ९ कि बिजेता मिस इण्डोनेशिया को हुन भन्ने चर्चा । मिस इण्डोनेशिया यस्ति भाग्यमानि सुन्दरि हुन जसले सानै देखि लण्डन जान चहान्थिन् - भाग्यले उनलाइ मिस इण्डोनेशिया बनाएर देशकै प्रतिनिधत्व गर्दै लण्डन भ्रमण गर्ने अवसर जुराएको छ। यो अवसरलाइ मिस इण्डोनेशिया एउटा पिकनिक भन्छिन जसमा संसारभरका सबै मानिसहरु जम्मा भएका छन । सबैमा फरकफरक ब्यक्तित्व छन, सबैमा आँ-आँफ्नै मौलिकता छन । यसलाइ उनि अनौठो, अचम्मै पार्ने घटना बताउँछिन । मिस इण्डोनेशियाले आँफ्नो बिउटि विथ अ पर्पोज को बारेमा दिने प्रस्तुतिको आधारमा नै उनले जित्ने वा नजित्ने निर्णय हुने छ - उनको प्रोजेक्ट बालबालिका र महिलाको बारेमा छ । उनले एक गाउँका साना साना बालबालिका हरु सामान बेचिरहेको थाह पाइन । ति किसानका छोरा छोरिहरुले घरको आर्थिक बोझ उठाएको देख्दा उनको मन रोयो। कमाउन पनि उनिहरुले जम्मा २ डलर भन्दा पनि कम कमाउँदा रहेछन। उनको उद्धेश ति बालबालिकालाइ उनिहरुको बालककाल दिनु रहेको छ । मिस इण्डोनेशियाको बिउटि विथ अ पर्पोज र मिस नेपालको बिउटि विथ अ पर्पोज उस्तै उस्तै भए पनि मिस नेपालको प्रोजेक्ट अति नै बिशाल र दिर्घकालिन छ । मिस इण्डोनेशियाले बालबालिकाको आर्थिक स्तर बढाउन सहयोग गर्ने अल्पकालिन उपाय गर्ने बताएकि छिन भने मिस नेपाललए गाउँकै आर्थिकस्तर उकासेर गाउँकै बिकास गर्ने, र दिगो रुपमा नै सामाजिक रुपांतरण गर्ने कार्य गरिरहेकि छिन । मिस नेपालको प्रोजेक्ट उच्च स्तरको छ, तर सन २०१८ मा श्रृंखलाको प्रोजेक्ट पनि उनकि प्रतिद्वन्दिको भन्दा उच्च स्तरको थियो । तर त्यहि कुरा श्रृंखलाले बयान गर्नमा भने चुकिन। मलाइ डर छ अनुष्काले पनि श्रृंखलाकै गल्ति दोहोर्याउने सम्भावना अति नै धेरै छ । किनकि अनुष्काले हेडटु हेड प्रोजेक्टमा प्रस्तुत गरेको उनको परिचय भिडियोमा ठुला ठुला कुरा गरेकि छिन - आँफ्नो परिचय नै दिएकि छैनन, आँफ्नो घर, परिवार समाज, उनले समाजमा दिने योगदान जस्ता मुख्य मुख्य कुराको बारेमा केहि पनि बोलेकि छैनन -

AnandNepal · Dec 9, 2019 10:17 PM

इतिहास दोहरियो -- अझै राम्रो रुपमा यो बर्ष पनि मिस नेपालले मल्टिमिडिया अवार्ड जितेको छ - नेपालिहरुको अद्वितिय भोट र सपोर्टका कारण मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड सुन्दरि प्रतियोगितामा मल्टिमिडिया अवार्ड जितेकि छिन । अघिल्लो बर्ष मिस नेपाल श्रिंखला खतिवडाले मल्टिमिडिया अवार्ड जितेकि थिइन भने यो बर्ष इतिहास दोहरिएको छ । अघिल्लो बर्ष नेपालले बिउटि विथ अ पर्पोज पनि जितेको थियो भने यो बर्ष पनि नेपाल त्यस अवार्डको प्रबल दावेदार रहेको छ। मैले टप १० मा भएका सबै सुन्दरिको बिउटि विथ अ पर्पोज को बिष्लेषण गरेर भिडियो नै बनाएको छु। https://www.youtube.com/watch?... यो बर्ष अघिल्लो बर्ष जित्न नसकेको हेडटु हेड च्यालेन्ज समेत जितेको हुनाले मिस नेपाल ले दुइ दुइ वटा उच्च अवार्ड जितेको हुनाले अब नेपाल टप २० मा पुग्ने सुनिष्चित नै भएको माने पनि हुन्छ। यति ले नै उनि मिस वर्ल्डको प्रवल दावेदार बनिसकेकि छिन

AnandNepal · Dec 12, 2019 10:45 AM

Probably the last post in the thread (If Nepal wins -- will update for sure) https://www.youtube.com/watch?... https://www.youtube.com/watch?...

AnandNepal · Dec 14, 2019 10:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion