पारस फुटपाथमा, जोगिहरु संग मस्ति गर्दै; हिमानी छोरालाइ लिएर समाज सेवा गर्दै, रक्तदान गर्दै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुर्व राजपरिवार जनता बिच (यो तल एट्याच गरेको भिडियोको स्क्रिप्ट हो) आजकल बिभिन्न बहानामा पुर्व राजपरिवार जनताहरु बिच गइरहेको छ, समाचारमा आइरहेको छ। यसै बिच पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदेयन्द्रलाइ लिएर समाजसेवा कार्यमा सक्रियता देखाएकि छिन । उनले यहि शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयमा पुगेर त्यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकि हुन । हिमानिको साथमा छोरा हृदेयन्द्र का साथ साथै पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरु पनि स्कुलमा पुगेर शैक्षिक सामग्री वितरण गरेका थिए । सो कार्यक्रममा नेपालि मुलकि बलिउड अभिनेत्रि मनिषा कोइराला पनि उपस्थित भएकि थिइन । लायन्स ब्लब अफ काठमाडौँ युनिट र हिमानी कोषको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान र स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो । हिमानि यसरि सामाजिक कार्यमा सक्रिय हुँदा उनका पति पुर्व युवराज पारस भने पोखरामा जनसाधारणहरु संग घुलमिल भइरहेका छन। राजतन्त्रको अन्त्यपछि हिमानिको सक्रियतामा स्थापना गरिएको हिमानी कोष त्यस पश्चात बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएको छ । हिमानिले आँफ्नो सामाजिक अभियानमा बिगतमा आँफ्ना छोरिहरु पुर्णिका र कृतिकालाइ सहभागि गराउने गरेकि थिइन भने आजकल उनले छोरा हृदयन्द्रलाइ पनि सक्रिय गराउन थालेकि छिन । पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानि कोमल यो कोषको संरक्षक हुन । यसै बिच पुर्वराजा ज्ञानेन्द्र शाह केहि दिनमा भैरहवा जाने खवर पनि आएको छ । निजी भ्रमणको सिलसिलामा केही दिनका लागि भैरहवा जान लागेको बताइए पनि थप जानकारि दिइएको छैन। भारतले नेपालको भुभागा आँफ्नो भन्दै एक नक्सा प्रकाशित गरे पछि देशमा भएको बिरोधको स्वर हरु बिच पुर्व राजपरिवारको सक्रियतालाइ अर्थपुर्ण रुपमा हेरिएको छ । पुर्वराजाको भ्रमण अनि, हिमानिको सामाजिक कार्यले राजकाज गुमेका राजपरिवारमा सहानुभुति मिल्नुको साथ साथै दिन दुखि र सहयोगको आबश्यकता भएका मानिसहरुको आबश्यकता पनि पुर्ति भएको छ। पुर्वराजपरिवारमा पुर्वयुवराज र पुर्वयुवराज्ञिले आँ-आँफ्नो तरिकाले जनताहरु बिच घुलमिल हुनुलाइ तपाइले के भन्नुहुन्छ कृपया कमेन्टमा भनिदिनुहोला https://www.youtube.com/watch?... Last edited: 25-Nov-19 08:27 PM

AnandNepal · Nov 25, 2019 4:00 PM · 10,506 views

7 Replies

Could you please leave Paras and Himani alone. These people have their own personal lives. Please let them live.

ujl · Nov 25, 2019 8:13 PM

How would he leave them alone? Washing their dirty linen in public is a way for him to make money. I used to think that Anand Nepal was bringing the plight of the victims to the surface, like in case of Shreesha Karki. But i was mistaken, he was only interested in making money out of someone else's misery.

chicagoan · Nov 26, 2019 6:43 AM

अब assylum file गरेर खाको भयो पो गाली गर्ग्नु, हाम्ले तिरेको tax ले , ebt घोटेर खाए पो गाली गर्नु, धोति को consultancy बाट नक्कली IT expert बनेर h1 लेको भए पो गाली गर्नु, अब आफ्नै मेहेनत ले अलि अलि पैसा कमाएर बाल बच्चा पालेको छ, गरि खान देओ न यार, अब त्यो मुजी गजेडी कै प्रचार भै रा छ, आनन्दे ले नि अलि अलि छापी रा छ, peace

Samrat Singh Karki · Nov 26, 2019 9:41 AM

Nepalko ko thulo vubhaag khawappa khayera dhotilai dine Suputra haruko Santan jasle अमेरिका ko native lai सखाप पारे त्यो भन्दा त ali कम नै होला यी गाली गर्ने कुरोहरु कि कसो।

Keyser Söze · Nov 26, 2019 10:12 AM

@ujl - You saw only one side of the picture. It is actually Himani, Paras and the team who benefit from these reports. The free publicity they get is good for their popularity.... I talk about them because most of my viewers demand to know more about them. @chicagoan Everything I do is for my personal pleasure. I love learning new thing and these videos help me know a lot of new things - there is no strategy, no plan and nothing ... and, I have no idea what I will do tomorrow... If you enjoy what I talk about, you are free to enjoy it, else, मलाइ कुनै गुनासो पनि छैन। Thank you. @Samrat Singh Karki - Thanks. @Keyser Soze Thank you. एउटा कुरो चाँहि प्रष्ट पारिदिउँ - मेरो भिडियोले कसैलाइ कुनै पनि प्रकारको समस्या भयो (घर झगडा भयो, गर्लफ्रेण्ड रिसाइ, बाउ आमाले पकेटमनि दिन छोडे .. ) भनेर कसैले गुनासो गर्यो भने - यदि भिडियोकै कारणले त्यसो भएको निश्चित भएमा - यसो उसो केहि नभनि त्यो भिडियो मेटिदिने गरेको छु (यस अघि ८ - १० वटा त्यस्ता घटना भएका पनि छन)। पारस र हिमानिले तेस्तो कुनै गुनासो गरेका छैनन । They seem to enjoy the popularity. Thanks.

AnandNepal · Nov 26, 2019 2:36 PM

It's the other way around. Your stupid YouTube channel gets more click when you link your stupid videos with popular figure like Himani and Paras. Get a life. Their popularity is already established. Your stupid videos won't make any difference in their popularity. Paras's downfall has a cause; you don't need to take advantage of that and advertise your stupid channel. Invest your time and energy in good journalism. Go to remote village of Nepal and document the struggle of ordinary people. Copying and pasting photos of popular figure like Paras and Himani and making stupid videos will not take you anywhere! Good luck!

ujl · Nov 26, 2019 7:33 PM

Ujl can we expect same from you. Are you already in village or even in Nepal? Anyone could suggest u the same if they knew what you do or where u live. You are doing what you like and he is doing the same

Keyser Söze · Nov 26, 2019 9:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion