अमेरिकाको बोष्टनमा म्हः पुजा नेपाल सम्बत ११४० कार्यक्रम सम्पन्न सुरेन्द्र नापित बोस्टन नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्यु ईङ्गलैण्ड च्याप्टर बोष्टनद्धारा अक्टोबर २९, २०१९ मंगलबारका दिन म्यासाच्युसेट्स राज्यको बर्लिङ्गटन सहरमा नेपाल सम्वत ११४० को उपलक्ष्यमा आयोजित म्हः पुजा कार्यक्रम धुमधामसंग सम्पन्न भयो । उक्त कार्यक्रममा म्यासाच्युसेट्स राज्यका विभिन्न ठाउंहरुबाट धेरै नेपालीहरु एकै ठाउंमा भेला भई म्हः पुजा र नेपाल सम्बत ११४० हर्षोल्लासपूर्ण मनाए । उक्त कार्यक्रममा एक आपसमा नेपाल सम्बत ११४० को शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रम शुरु गर्नु अगाडि संस्थाका अध्यक्ष राजुमान श्रेष्ठले पानसमा बत्ति बालि बिभिन्न देबी देबताको पुजा गरी सहभागी सबैलाई स्वागत र धन्यबाद ब्यक्त गर्नुका साथै नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना दिनु भएको थियो। त्यसपछि महिलाहरुको समुहले मंदको पूजा गर्नुको साथै टिका लगाई दिएर सगुन प्रसाद दिने काम गरेका थिए। उक्त दिन नेवाः समुदायका मानिसले आफ्नो आत्मा पुजा गरि म्हः पुजा मनाउने परम्परा छ । संस्थाका सचिब बुद्धरत्न महर्जनले कार्यक्रम संचालन गर्नुभएको थियो। यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नको लागि संस्थाका अध्यक्ष राजुमान श्रेष्ठ, उपाध्यक्ष खिल नारायण श्रेष्ठ, सचिब बुद्धरत्न महर्जन, कोषाध्यक्ष डा. निराजन मणि, सदस्यहरु क्रमशः रुप शाक्य, सुरेन्द्र नापित, रवि राजकर्णिकार, रबिन बज्राचार्य र तिनीहरुका परीवार तथा साथीहरुले सहयोग गरेका थिए । संस्थाबाट खोलिएको भाग्यशाली उपहार पुरस्कारहरु प्रथम देखि सातौंसम्म क्रमशः सुशान्त श्रेष्ठ, लोना श्रेष्ठ, ओमिका नापित, विशेष श्रेष्ठ, ब्रशेश महर्जन, निर्भिक र आलेकाले जितेका थिए। त्यसैगरी नम्रता राजकर्णिकार, अल्बिना नापित र अल्बिन नापितबाट संयुक्त रुपमा खेलाइएको बिङ्गो खेलमा ओमिका नापित र विशेष श्रेष्ठले फुलहाउस पुरस्कार जितेका थिए। वहाँहरूलाई दामासाहीले पुरस्कार बितरण गरिएको थियो। यसैगरी छोटो मनोरंजन कार्यक्रममा संगीतारा राजकर्णिकार र सुरेन्द्र नापितले क्रमशः नेवारी र नेपाली गीत गाउनु भएको थियो । यो च्याप्टरले हरेक बर्ष म्हः पुजाका साथै बिभिन्न चाडपर्व र कार्यक्रमहरु संचालन गर्दै आएको छ । आफ्नो भाषा संस्कृति र परम्परालाई बिदेशमा रहेर पनि नयां पुस्तालाई सिकाउने उद्देश्यले कार्यक्रमको आयोजन गरीएको नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्युईङ्गलैण्ड च्याप्टर, बोस्टनका पदाधिकारीहरुले बताए। कार्यक्रमको अन्त्यमा रात्रिभोजको आयोजना गरीएको थियो । फोटोः सुरेन्द्र नापित Last edited: 20-Nov-19 03:11 PM
Sajha Info · Nov 20, 2019 3:11 PM · 12,924 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion