सन्दीप लामिछाने : उमेर १९ net worth ५२ करोड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

क्रिकेटर सन्दीप लामिछानेले आलिसान बंगला किनेका छन्। उनले राजधानीको बुढानिलकण्ठमा झण्डै एक रोपनी क्षेत्रफलमा बनेको बंगला किनेका हुन्। अन्तराष्ट्रिय टी ट्वान्टी फ्रेन्चाइज प्रतियोगितामा सन्दीपले पछिल्लो समय लाखबाट करोडमा फड्को मारेका छन् । सन्दीप भर्खरमात्रै नयाँ घरमा सरेका हुन्। यसअघि उनको परिवार चितवनको सौराहा बस्दै आएको थियो। साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ। सन्दीपले पहिलो तल्लामा आफ्नो कोठा बनाएका छन्। माथिल्लो तल्लामा भने उनले परिवारका सदस्य र पूजा कोठाका लागि छुट्याएका छन्। घरको कम्पाउण्डमा बँगैचा छ। साथै चार वटासम्म गाडी अट्ने पार्किङ छ। सिटिङ रुममा सन्दीपले विभिन्न क्रिकेट प्रतियोगितामा जितेका ट्रफी र मेडलहरु सजाएका छन्। घरको मुल्य भने सन्दीपले खुलाएका छैनन्। सन्दीपका म्यानेजर रमन शिवाकोटीले घर किनेको सेतोपाटीलाई बताए। तर उनले मुल्य र क्षेत्रफलबारे खुलाएनन् । खेल जीवनमा सफलता पाएसँगै उनको जीवनशैलीमा समेत परिवर्तन भएको छ। उनले गत वर्ष टाटाको नेक्सन गाडी किनिसकेका छन्। त्यस्तै उनीसँग बिएमडब्लु र रोयल इन्फिल्ड बाइक पनि छ। लेग स्पिनर सन्दीप एकपछि अर्को विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा आबद्ध भइरहेका छन्। केही अघि मात्र उनी इंग्ल्यान्ड र वेल्समा आयोजना हुने 'द हन्ड्रेड' क्रिकेट प्रतियोगितामा आबद्ध हुन सफल भए। सन्दीपलाई ओभल इन्भिसिबल्सले १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाँ) मा भित्र्याएको हो। सँगै सन्दीपले कमाईमा लाखबाट करोडमा फड्को मारेका छन् । सन्दीप विदेशी लिगमा आबद्ध भएको यो सबैभन्दा ठूलो रकम हो। अप्रिल २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्समा २० लाख भारुमा आबद्ध भएपछि सन्दीपको चर्चा चुलिएको थियो। त्यसपछि सन्दीप विदेशी फ्रेन्चाइज लिगमा लगातार रोजाइमा परिरहेका छन्। सन्दीपले अहिलेसम्म विदेशी लिगका लागि १५ पटक सम्झौता गरिसकेका छन्। सम्झौता रकम ७ लाख अमेरिकी डलर भन्दा माथि पुगिसकेको छ। यसबाहेक उनले विभिन्न ब्राण्डको प्रायोजन मार्फत् पनि रकम पाउँदै आएका छन् । भारत, वेस्ट इन्डिज, क्यानडा, अस्ट्रेलिया, युएई, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, हङकङ लगायतका देशका फ्रेन्चाइज लिगमा सन्दीपले आफ्नो जादू देखाइसकेका छन्। आफ्नो खेल कौशलकै कारण सन्दीपको व्यवासायिक यात्रा पनि सफल बनिरहेको छ।

Aman Adhikari · Nov 6, 2019 9:58 AM · 9,409 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion