बडादशैको टिकाको दिन भानु नगरपालीका तनहुका ४ बर्षिय आशिष बानिँया अन्य दुईजना साथीसंग नजिकै रहेको टौवामा पिंङ खेल्न गए । साँझको करिब ५ः३० बजे तिर चितुवाले आशिषमाथी अक्रमण गर्यो र पीङबाट माथी जंगलतिर घिसारेर लग्यो । बाँकी रहेका दुईजनाले चतिुवाले लगेको देखेपछि नजिकैको घरमा भन्न गए, बाहिर निस्केर हेर्दा चितुवाले आशिषलाई जंगलतिर लादै थियो । गाउँलेहरु जम्मा भए जंगलमा खोज्न गए तर आशिषलाई भने नजिकै बारिको कुन्हामा छोडेर गएको रहेछ । करिब ३० मिनेटपछि बेहोस अवस्थामा फेला परेका आशिषलाई डुम्रेको लक्ष्मी अस्पतालले मृत घोषित गरेको थियो । भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यसअघि पनि भानु क्षेत्रमा पटक–पटक चितुवाले आक्रमण गर्दै आइरहेको छ । भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आर्थिक वर्ष पनि चितुवाको आक्रमण परी ४ जना बालबालिकाको ज्यान गएको थियो । जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्थानीयहरु त्रसित हुन पुगेका छन् । https://www.youtube.com/watch?... Last edited: 13-Oct-19 10:47 PM
Khaobaadi_Netaa · Oct 13, 2019 10:46 PM · 5,225 views
sad news
Manko Sathi · Oct 14, 2019 4:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion