पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ, प्रहरी परीसर सिंहदरवार लगिदै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गोरखापत्र अनलाइन काठमाडौं असोज १९ गते । पूर्व सभामुख तथा सासंद कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाइ प्रहरी परीसर सिंहदरवा लगिएकाे छ उहाँलाई पक्राउ गर्न डीएसपीको कमाण्ड एक टोली खटिएको थियो । सो कुरा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उतम सुवेदीले जानकारी गराउनुभयो । महरालाइ सभामुख निवास बालुवाटारमा प्रहरीले केही समय अघि नै नियन्त्रणमा लिएकाे भए पनि सडकमा सवारी भएकाे र कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेकाे थियाे । उहाँलार्इ साँभ ६ः१५ बजे तिर निवासबाट बाहिर लगिएकाे थियाे ।  पक्राउ गर्नु अघि सभामुखकाे सरकारी निवासमा अघि ठूलाे संख्यामा प्रहरी परिचाल गरिए थियाे । प्रहरीले उहाँलार्इ नियन्त्रणामा लिए पनि कहाँ राख्ने भन्ने विषय तथा केही अन्य कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेकाे प्रहरी स्राेतले बतायाे  । उहाँलाइ उहाँले नै प्रयाेग गर्ने राताे कारमा राखेर प्रहरीले बाहिर लगेकाे थियाे  ।  https://gorkhapatraonline.com/...

ktmpost · Oct 6, 2019 9:38 AM · 1,323 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion