फेस्बुक चलाउदा दिप्रेसन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अहिले धेरैजसो मान्छे सामाजिक सञ्जालमा जोडिएका हुन्छन । त्यही माध्यामबाट हामी आफन्त, साथीभाईसँग भलाकुसारी गर्छौं । एकअर्काको हालखबर बुझ्छौं । तर, यतिमा मात्र पनि सीमित छैनौं । सामाजिक सञ्जालमा हामी यति लिप्त भएका छौं कि, मानौं त्यही नै हाम्रो संसार हो । त्यही हाम्रो खुसी हो । त्यही नै हाम्रो जीवन हो । जबकी सामाजिक सञ्जालकै कारण हामी धेरै कुरा गुमाउँदैछौं । यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पुर्‍याइरहेको छ । भनिन्छ, अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल डिप्रेसनको कारण बनीरहेको छन । लगातार एकै प्रकारको काम गर्छौ भने त्यसको हामीलाई लत बस्छ, त्यसले हामी जीवनको कुन गन्तव्यमा पुग्छौं भन्ने कुरा निर्धारित गर्छ । हाम्रो राम्रो बानीले हामीलाई खुशी, सन्तुष्ट, स्वस्थ र सफल बनाउँछ भने नराम्रो बानीले यी सबैको उल्टो असर गर्छ । त्यस्ता केही बानी जसले हाम्रो प्रतिकूल ढंगले प्रभावित गर्न सक्छ । हामीलाई एक्लोपन र दुःखको बाटोमा डोहोर्‍याउने गर्छ । सधैं अनलाइन रहने बानीजब हामी दुःखी र तनावग्रस्त महसूस गर्छौ, त्यसैले आफुलाई रिल्याक्स गर्नका लागि प्रायः फेसबुक, इन्स्टाग्राम अथवा व्हाट्सऐप जस्ता सोसल मीडियातर्फ आकषिर्त हुन थाल्छौं । यसको प्रयोगले हाम्रो ध्यान तनाव उत्पन्न गराउने कुराहरुबाट हट्छ भन्ने सोचाई राख्छौं तर धेरै सर्वेक्षणबाट सोसल मीडियामा धेरै समय बिताउनाले, अरुको जीवनको रमझम, उनीहरुको रमाइलो र खुशीको तस्वीरहरु र अपडेट्सहरु देखेर तपाई आफ्नो बाँचिरहनु भएको जीवनप्रति झन् दुःखी बनाँउछ। एउटा अनुसान्धान अनुसार जुन व्यक्ति हप्ताको ७० घण्टा भन्दा बढि समय कम्प्यूटर अथवा मोबाइल हेरेर बिताउने गर्छ, उसलाई डिप्रेशन हुने, निद्रा नलाग्ने र अरुसंगको संवादले झर्को लाग्न थाल्छ । यदि यहि क्रममा धेरै समय अनलाइन हुुनुहुन्छ भने तपाई एक्लोपन र जीवनमा असन्तुष्ट महसुस गर्ने सम्भावना झन बढि हुन्छ । यी सबै डिप्रेसन हुने शुरुआती लक्षणहरु रहेको छन ।कसरी बच्ने :यदि तपाईंलाई कुनै कुराको तनाव भएको छ र ध्यान अन्तै लगाउन चाहानु हुन्छ भने सोसल मिडियाको सहारा लिनु भन्दा किताबहरु पढ्नुहोस् । यस बाहेक भर्चुअल जीवन भन्दा वास्तविक जीवन जिउने कोशिस गर्नुहोस् । यदि तपाईंलाई किताब पढ्दा पनि तनावको महसूस भैइरहेको छ भने कति घुम्न निस्कनुहोस् । कतै बगैँचामा घुम्न जाने अथवा साथीभाईहरुसंग भेटघाट गर्नुहोस् । यी सबै कुराको एउटा मात्र अर्थ तपाई स्वयं वास्तविक जीवनसंग जोडिनुहोस, यसबाट टाढा नभाग्नुहोस । https://sindhulisaugat.com/mai...

ktmpost · Sep 26, 2019 10:19 AM · 15,656 views

3 Replies

👍🏻

AdrianDaju · Sep 26, 2019 12:12 PM

chini pani bahdi khaae tito huncha, If you spend time excessively on any web site including this freaking Sajha, gives you lot of headache. One of the headache is called depression. Some will develop wired attitude called "HAWALDARI" behavior.  Last edited: 26-Sep-19 09:12 PM

Logan · Sep 26, 2019 12:32 PM

साझा चलाउदा चलाउदा depression भैसक्यो आफुलाई.

dhoti_prasad · Sep 26, 2019 2:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion