अमेरिका, सेप्टेम्वर १२ । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिएका छन् । काठमाडौ बालाजु स्थायी घर भएका ३७ वर्षीया कपिल पौडेल बाल्टिमोरको ओइगमिल्समा बस्दै आएका थिए । पारिवारिक सदस्यका अनुसार बुधवार विहान कामबाट घर फर्किएका पौडेल दिउँसो ओछ्यानमा नै मृत भेटिका हुन् । साथिहरूले प्रहरीलाई खवर गरे पछि पोष्टमार्टमका लागि लगिएको थियो । पौडेललाई ह्रदयघात भएको आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । कृष्णचन्द्र पौडेल र शर्मिला पौडेलका कान्छा छोरा कपिल सज्जन प्रकृतिका र कम बोल्ने स्वभावका थिए । झण्डै एक दशक देखि अमेरिका बस्दै आएका कपिलले नौ महिना अगाडि मात्र नेपाल गएर विवाह गरेका थिए । उनकी धर्मपत्नी निशा अमेरिका आउने तयारीमा थिइन । कपिलका दुई दाजुहरू छन् । http://www.durbinnepal.com/arc...
ktmpost · Sep 13, 2019 10:24 AM · 13,842 views
Seems let 20s or early 30s, it must be the stress that took his life. More stressful and sorrowful life will be lived by his newly wedded spouse. दिबंगत आत्माले शान्ति पाओस |
logan · Sep 13, 2019 10:48 AM
RIP.
Deke · Sep 14, 2019 4:44 PM
पैसा हैन पासो छ परदेशमा... कपिल पौड्याल को आत्माले चिर शान्ति पाओस ।
AdrianDaju · Sep 14, 2019 7:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion