tps लिनेको परिवार लाई visa कडाई महावाणिज्यदूतावासमा सरुवा कार्कीलाई दिएन अमेरिकाले भिसा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा वाणिज्यदूतका रुपमा सरुवा भएका जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको खुलासा भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका शाखा अधिकृत जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा नदिएको जनाइएको छ । कार्कीलाई कुटनितिक राहदानीमा समेत भिषा दिन अस्विकार गरेपछि न्युयोर्कको महावाणिज्यदूतावासमा वाणिज्यदूतको पद झण्डै दुईमहिनादेखि रिक्त रहेको छ । यसअगाडि उक्त पदमा शाखा अधिकृत कृसु क्षेत्री कार्यरत रहेका थिए । कार्की नासु हुंदा वासिङटनस्थित नेपाली दूतावासमा कार्यरत रहेका थिए । कार्कीका परिवारका सदस्यले टिपिएसमा आवेदन दिएका कारण उनको भिषा अस्विकृत भएको दुताबासले जनाएको छ / Advance Parole लिएर नेपाल आएका उनका पारिबारिक सदस्य  समेत अमेरिका प्रवेश बाट बन्चित भएका छन् अमेरिकाको भिसा नपाएपछि कार्कीले अमेरिका बाहेक अरु देशमा जानको लागी पहल गरिरहेको जनाइएको छ । हाल कार्की परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका छन् । Last edited: 04-Sep-19 11:27 PM

Hem Narayan Chhantyal · Sep 4, 2019 11:20 PM · 5,847 views

1 Reply

this is sad . people need to understand tps is not a status its a temporary adjustment only

Manko Sathi · Sep 6, 2019 2:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion