आश्विनी:- सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर । भरणी:- सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति पत्नी भल संयमित यौन जीवन । कृतिका:- कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन । रोहिणी:- उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन । मृगशिरा:- परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन । आद्रा:- पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन । पुनर्वसु:- सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपर्ण । पुष्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन । अश्लेषा:- महाकामी ९क्भहथ० क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपुर्ण । मघा:- विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन । पूर्व - फाल्गुणी:- अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने । उत्तरा फाल्गुणी:- संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् । हस्ता:- परस्त्रीगामी, कल्हपर्ूण्ा दाम्पत्य जीवन, प्रायः सन्तानहीन । चित्रा:- निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान । स्वाती:- ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् । विशाखा:- वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन । अनुराधा:- उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन । जेष्ठा:- सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन । मूल:- हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान । पुर्वाषाढा:- गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध । उत्तराषाढ:- रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान । श्रवण:- अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी । धनिष्ठा:- परिवारमा कुकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान । शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान । पुर्वभाद्रपद:- सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख । उत्तर भाद्रपद:- अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन, पुत्रवान् । रेवती:- सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता । ज्योतिशिय जानकारी को लागि ९८४१३८८७५८ kamal.kattel1 skype Last edited: 04-Jul-19 04:16 PM
Kamal Kattel · Jul 4, 2019 4:13 PM · 13,983 views
कट्टेलजीहाम्रा साझाका धेरै जसो ठिटालाइ नक्षत्र भनेको कुन चरीको नाम होला अलिक बुझ्ने गरि लेखि दिनु भएको भए हुन्थ्यो | भने पछि यी नक्षत्र हुने लाइ कसैले छोरी नदिए हुन्छ | मृगशिरा:- परस्त्री, उद्वेगमय यौन आद्रा:- पापी, चरित्रहीन, स्वार्थ यौन जीवन पूर्व - फाल्गुणी:- अनेकौँ प्रेमीप्रेमिका हस्ता:- परस्त्रीगामी विशाखा:- वेश्यागामी मूल:- हिंस्रक मैथुनप्रिय शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी Last edited: 07-Jul-19 11:23 AM
Logan · Jul 7, 2019 10:12 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion