पारस–हिमानी डिभोर्सको अन्तिम तयारीमा, ज्ञानेन्द्र्ले के भने?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं नेपालमा राजतन्त्रको अन्त्य घोषणा हुनासाथ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध पनि करिब– करिब अन्त्य नै भएको अनुमान लगाइएको थियो । कारण, पारसको अतिरिक्त अफेयर र विदेश पलायन । पारसको लागु औषध लिने चरित्र, थाइल्यान्डकी प्रेमिका कन्निका चाइयर्सनसँगको सम्बन्धका कारण हिमानी टाढा भइन् । पारिवारिक रूपमा उक्त विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन । पारस लामो समय थाइल्यान्ड बसे, कन्निकासँगका अनेक अफेयरका विवरणहरू बाहिर आउन थाले । उनले लागुऔषधको प्रयोग पनि गरेका कतिपय विवरण बाहिर आएका थिए । सोही क्रममा प्रेमिकासँग उनको सम्बन्धमा केही खटपट आएका समाचार आइरहेका थिए, यता हिमानी भने सामाजिक कामका लागि हिमानी ट्रष्ट खोलेर बसेकी थिइन् । पारस–हिमानीको सम्बन्ध राम्रो थिएन, त्यसको कारण थिइन् कन्निका । ‘कन्निकासँगको प्रेममा पारस उतै भुलिएपछि पारिवारिक रूपमा उनको सम्बन्ध हिमानीसँग राम्रो भएन, नेपालमै रहँदा पनि कतिपयसँगको विवादमा मुछिएपछि थाइल्यान्ड पलायन भएका थिए’, निर्मलनिवास स्रोतले भन्यो,‘यसपछि पूर्वराजपरिवारले उनलाई त्यति ध्यान पनि राखेको थिएन ।’ उनीहरूको सम्बन्धमा कन्निकाको प्रत्यक्ष हस्तक्षेप थियो भन्ने उदाहरण पनि सतहमा आयो । पारस नेपाल आएर थाइल्याण्ड नफर्किएपछि कन्निकाले सामाजिक सञ्जालमा एक बालकलाई प्रस्तुत गर्दै उनी पारसका छोरा भएका दाबी गरिन् । यसले परिवारमा झन् खटपट बढायो । यतिमात्र होइन, पारस–हिमानीको सम्बन्धमा प्रत्यक्ष असर पार्नेगरी कन्निकाले हिमानीको तस्विर पोष्ट गर्दै सार्वजनिक रुपमै गालीगलौज गरेकी थिइन् । सामाजिक सञ्जालमा हिमानी, पारसप्रति आक्रोश पोख्ने गरेकी कन्निका पछि पारसलाई भेट्न नेपाल पनि आइन् । सतिशविक्रम शाहकी छोरी स्तूती शाहको विवाह पार्टीमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा कन्निका सुरक्षागार्ड र छोरासहित पुगेकी थिइन् । स्रोतका अनुसार सो दिन कन्निका र पारसले पार्टीमा सहभागिता जनाइसकेपछि पूर्वराजा ज्ञानेन्द्र राति साढे ९ बजे मात्र पुगेका थिए, ज्ञानेन्द्र आउँदा कन्निका र पारस त्यहाँबाट हिडिसकेका थिए । पार्टी भने साँझ ६ बजेबाट सुरु भएको थियो । कन्निका र पारसलाई सँगै विवाह पार्टीमा देखेका केही शाही परिवारका सदस्यले फोटो खिच्न खोजे पनि कन्निकासँगै रहेका बाउन्सरहरुले रोक लगाएका थिए । यसले पारस–हिमानी सम्बन्ध अझ भद्रगोल अवस्थामा पुगिसकेको थियो । सम्बन्ध सुधारको परिघटना पारस लागुऔषध प्रयोग गरेको अभियोगमा थाइल्यान्ड जेलमा परेका थिए । उनलाई छुटाउनका लागि हिमानी आफैं त्यहाँ पुगेकी थिइन् । यसपछि उनीहरूबीचको सम्बन्धमा केही सुधार आएको अनुमान गरिएको थियो । यो सम्बन्ध अझ नजिक भएको ठहरचाहिँ कन्निकासँग पारसको अफेयर टुटेपछि गरियो । अहिले पारस–कन्निकाको कुनै सम्बन्ध छैन, बरु हिमानीसँग नजिक भएको छ । पारसबाहेक पूर्वराजपरिवारको राजधानी बाहिरको भ्रमणका क्रममा छोराछोरी भेट्नका लागि पारस निर्मलनिवास छिर्न थालेपछि अझ सम्बन्ध बलियो हुन थालेको बताइयो । यसपछि पारिवारिक भोज, रात्री भोजमा पारस परिवारसँगै देखिन थाले । अझ, पारस–हिमानीको सम्बन्धको निकटता छोरा हृदयेन्द्रको ब्रतबन्धदेखि भएको निर्मलनिवास उच्च स्रोतले जनायो । यसपछि यो दम्पत्तीमा सम्बन्ध सुधारका अनेक उदाहरण देखा परे पनि हिमानीलाई माताले तत्काल पारसनजिक नहुनु भन्ने सुझाव दिएको खबर बाहिर आए । गोरखामा हिमानी ट्रष्टले गरेको कार्यक्रममा पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाह प्रमूख अतिथि थिइन् भने पारस विशेष अतिथि थिए । सो क्रममा पारस–हिमानीको सम्बन्धमा सुधार आएको अनुमान सार्वजनिक भएका तस्बिरहरूबाट धेरैले लगाएका थिए । तर लगत्तै, माता सविता सरु आचार्य भनेर परिचय खुलेकी एक युवतीले हिमानीलाई पारससँगको सम्बन्धमा टाढा रहनका लागि सुझाव दिएकी थिइन् । निर्मलनिवास स्रोतले भन्यो,‘धार्मिक विषयमा अधिक विश्वास गर्ने भएका कारण पारस–हिमानीको भौतिक दाम्पत्य जीवनचाहिँ नजिक हुन सकेको छैन, सम्बन्धचाहिँ अलिक नजिक भएको हो । सन्तानका कारण पनि सम्बन्धमा सुधार हुन थालेको हो ।’ http://www.hamrosandesh.com/20...

ktmpost · Jul 2, 2019 11:19 AM · 9,474 views

3 Replies

१. 'पारसका लागि निर्मलनिवासको ढोका बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन ।' २. 'छोराछोरी भेट्नका लागि पारस निर्मलनिवास छिर्न थालेपछि अझ सम्बन्ध बलियो हुन थालेको बताइयो ।' नेपाल पोस्ट मित्र, येस्ता अंतर्बिरोधि समाचार चाही अलि पचेन है सोम!

The Thamelean · Jul 2, 2019 11:27 PM

Hoina hola

cp21 · Jul 3, 2019 7:45 AM

laadai sitti. mile pani thikai namile k ghanta garne hamiley. Paras k nai ho ra nepal ko lagi. [Disallowed String for - use not allowed] 3 , 3 wota bachha ko bau bhayera pani [Disallowed String for - bad words] lai arko chahiyeko. Napadheko gwach bhaye euta kura . Mula , justo beu ropyo tyastai fal lagne ho rukh ma. kukarma gare pachhi tyasko fal ta bhognai paryo ni, bachha ho ra.

robwin · Jul 3, 2019 11:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion