https://nepalipatrika.com/2019/06/26/4244/?fbclid=IwAR3BQ0YbGE4Ist2cl6r6Iz_XjL_DLb1wfgENollFs3_aH7HbioeS4fDe1dY#

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ल बधाई छ। बिधिसा जि लाई। लगभग एक दशक अगाडि सपनाको देश अमेरिकाको राजधानी वाशिंगटन डि.सी.मा पहिलो पाईला टेक्दा ललितपुरकी बिनिशालाई लागेको थियो, “अहा, स्वर्ग भनेको अमेरिका नै रहेछ।” सपनाको देश अमेरिकाको बारेमा पढे सुनेकी बिनिशा त्यतिबेला अझ दंग परिन् जतिबेला आफ्नै आँखाले जता हेर्यो त्यतै बिकासै बिकासको चरम उत्कर्ष देखिन्। प्रकृतिको सुन्दरता मात्र देखेकी उनले मान्छेको उत्कृष्ट कला र बिज्ञानको चमत्कारले आफ्नो यात्रा क्लान्ति चटक्कै बिर्सिन्। बिज्ञान,प्रबिधि र सुशासनको उत्कृष्ट नमूना, लोक कल्याणकारी राज्य ब्यवस्था, ब्यस्त जीवनशैली, काम अनुसारको दाम अनि रहरलाग्दो शहर।यत्ति भएपछि के चाहियो र? ध्यान जति सबै अमेरिकामैँ एकाकार भयो। बिनिशालाई लाग्यो: ‘वाह ! अमेरिका त अमेरिका नै रहेछ ! सबै जसो बलिउड र कलिउडका सम्वादमा कतै न कतै अटाउने अमेरिका नेपालका उच्च पदस्थ ब्यक्तिहरुको पनि किन रोजाई बन्दो रहेछ भन्ने कुरा बिनिशाले बुझिन्। ग्वाटेमाला र मेक्सिकोको मृत्युपथ हुँदै किन मान्छे अमेरिका छिर्छन् भन्ने देखि नेपालबाटअमेरिका छिरेका सेलिब्रिटीहरु समेत अमेरिकामैँ हराउँछन् भन्ने रहस्य अब रहस्य रहेन उनलाई। सपनाको देशमा उनी बिपनाकै पात्र बन्दाको खुशी त कुन तुलोले नाप्नु र? समय रोकेर रोकिन्नथ्यो। आफ्नै रफ़्तारमा चलिरह्यो निरन्तर। तर बिनिशालाई बिस्तारै खास खास बेला आफ्नै शास रोकिएको जस्तो लाग्न थाल्यो। जीवनमा बाहिर देखिने कान्ति बिस्तारै भ्रान्ति बने जस्तै भान पो हुन थाल्यो। मानवीय स्वभाव नै हो रहेछ,आफूसंग जे छ त्यो क्रमश: कम प्रिय लाग्नेरहेछ, बिनिशालाई केही बर्ष अघि देखेका सुन्दर चिजहरु बिस्तारै फिका लाग्न थाले, हरेक हप्ता बैंक खातामा आईरहने मनग्गे डलरले पनि उनको खुशी किन्न सकेन। डलरको खोजीमा अमेरिका आए पनि त्यो डलरले खुशी किन्न सक्दैन भन्ने कुराबुझिन् अमेरिकाको माटोमा आफ्नो सुगन्ध पाईनन् बिनिशाले। आफ्नो आँखा वरपर नभएका आफ्नै मातृभूमिका सपना र सम्बन्धहरु मिठा लाग्न थाले। आफ्नी आमा र आफ्नो जन्मभूमि स्वर्ग भन्दा पनि प्रिय लाग्छन् भनेर श्रीरामचन्द्रले त्यसै भनेका रहेनछन् भन्ने लाग्यो उनलाई। वैभव, अर्थ र यौवन भनेका भ्रम रहेछन्,जीवनको सार्थकताका लागि माटोको सुगन्ध र आफन्तहरुको साथ बिना सम्भव हुदैन भन्ने लागिरह्यो बिनिशालाई।आफ्नै आठ बर्षे छोराका बालापनका नाना भाँति प्रश्नले डराउन थालेकी उनको मनमा धेरै कुराहरु खेल्न थाले। छोराको बालापनका चालाहरु बिश्लेषण गर्दै जाँदा बिनिशाले निकट भविष्यमै आउनसक्ने मन अमिलो हुने दृष्यहरु आँखाको ढकनी वरपर देखिन्। सन्तानको खुशीका लागि अमेरिका भाँसिनु https://nepalipatrika.com/2019...

Lishur · Jun 28, 2019 8:42 PM · 27 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion