ShareTweet दाङ्गको तुलसीपुरका सर्बसाधारण बीच निकै चर्चित रहेकी १६ वर्षे सुन्दरी माता पहिलो पटक मिडियामा आएकी छिन्। सर्बसाधारणले निकै तारिफ गरे पछि अन्तर्वार्ता लिन आएको भन्दै अन्तरबार्ता लिएको थियो। माताले पनि आफुले पाएको सक्ति र जान्न खोजेको सबै कुरा खुलेर बताइन। भर्खर १६ बर्ष मात्र पुगेकी सुन्दर माता हुन् रोजना खड्का। माताले आफु बिद्यालय समेत जाने गरेको बताइन। तर बिद्यालयमा अरु भन्दा फरक ठाउँमा बस्ने गरेको भिडियो अन्तर्वार्तामा बताएकी हुन्। चर्चित रहेकी यी माताको घरमा सर्बसाधारण र भक्तालु हरुको निकै घुइचो हुने गरेको उनले बताए। भुत भबिस्य र बर्तमान बारेमा पत्ता लगाउदै आएकी माताले भनेको अधिकांस मिलेको सर्बसाधारणको ठम्याई छ। कसैले समस्या लिएर आउदा माता रोसना ले बताइदिएको उपाय धेरै हद सम्म मिल्ने गरेको स्थानियको भनाइ रहेको भिडियो मार्फत प्रस्ट हुन्छ। साथीहरु लेख्ने पढ्ने रमाउने गरेको समयमा आफुलाई देबी देउताहरुले दिएको सक्तिको प्रयोग गरि अरुको सहयोग मा लागेको माताले बताइन। आफुलाई देबी देउताले छोएको २ बर्ष भएको र हेराउन थालेको १ बर्ष भएको बताइन। १ बर्षकै छोटो अन्तरालमा उनको चर्चा यति धेरै भयो कि आसपास का जिल्ला बाट समेत हेर्न हेराउन आउने गरेको छ। कक्षा ११ को परिक्षा दिएर १२ को तयारि मा रहेकी रोशनाले आफ्नो काम पनि गर्न पर्यो भन्दै पढाइलाइ निरन्तरता दिन बिचार मा छिन्। माताले धेरै को भलाइ गरेको भन्ने प्रतिक्रिया धेरै ले दिए। एक जनाको हराएको छोरा समेत भेताइदिएको सम्म बताए। अन्तर्वार्ता लिनेको समेत अधिकांस कुरा हरु मिलाइदिएको भन्दै आफुले यस अघि बिस्वास नगरेपनि अब बिस्वास अलि बढेको बताए। हेर्नुस यस्तो छ १६ बर्षे माता https://www.youtube.com/watch?... http://www.thikthaktv.com/?p=1... Last edited: 06-Jun-19 01:57 PM
ktmpost · Jun 6, 2019 1:55 PM · 2,435 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion