सवारी चालकले बिच सडकमै महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेको भिडियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कञ्चनपुरमा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन्। आज दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग ब्ुढथापाले बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको जानकारी दिए। उनले धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको बताए। चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ। भिडियो हेर्नुहोस:- http://www.chhuchchinanishow.c... https://www.youtube.com/watch?...

ktmpost · May 31, 2019 8:47 AM · 2,292 views

1 Reply

K ko durbyawahar ho yo? Pahila keti le haat uthako ho..aatma rakhshya ko lagi counter attack garnu aafno adhikaar ho . Keti he chappal le samet attack gareko dekhincha...driver le chup chap lagera sahanu parthyo? Kasaile malai ek mukka hanyo bhane tesko linga hernu ki aafno bachau garnu ? Driver le thik garyo !

khaikhok · May 31, 2019 8:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion