अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यादवराज जोशी अमेरिकामा रहेका नेपालीको सरदर वार्षिक आय २५ हजार तीनसय अमेरिका डलर रहेको छ । यो आम्दानी दक्षिण एसियाली राष्ट्र अफगानिस्तानभन्दा तीनहजार डलर बढी हो भने बंगलादेश र भारत भन्दा क्रमशः चारहजार डलर र ३९ हजार कम हो । अमेरिकी तथ्यांक विभागको तथ्यांक विश्लेषण गरी एक्जिम डटकमले तयार गरेको विश्लेषणमा अमेरिकामा बस्ने चिनियाको वार्षिक आय ४२ हजार अमेरिकी डलर छ । अमेरिकामा सबैभन्दा धेरै कमाउने आप्रवासीमा अस्ट्ेलियन छन् । उनीहरुले वार्षिक ८८ हजार एकसय अमेरिकी डलर कमाउछन् । सबैभन्दा कम १९ हजार अमेरिकी डलर बार्षिक आय साउदी अरबका अप्रवासीको छ । अमेरिकामा राम्रो आय मानिने बार्षिक ६० हजार अमेरिकी डलर कमाउने समुहमा इजरायल, क्यानडा, फ्रान्स, आयरल्याण्ड, बेलायत, अस्ट्रेलिया छन् । नेदारल्याण्डका आप्रवासीको आम्दानी बार्षिक ६० हजार छ भने एसियाली राष्ट्र ताईवानको आम्दानी ५८ हजार नौस्य अमेरिकी डलर छ । अमेरिकामा सबैभन्दा ठूलो आप्रवासी समुह मेक्सिकनको छ । उनीहरु एक करोड १३ लाख छन र सबैभन्दा कम कलेज डिग्री पनि यहि समुहको छ । केवल ६.७ प्रतिसत मेक्सिकनसंग कलेज डिग्री छ । कलेज डिग्री सबैभन्दा धेरै हुने समुहमा भारतीय छन् । २६ लाख भारतीयभध्ये ७८.६ प्रतिसतसंग कलेज डिग्री छ । १४ प्रतिसत बंगलादेशी र ३५ प्रतिसत अफगानीसंग कलेज डिग्री छ । सबैभन्दा राम्रो आम्दानी गर्ने समुह भएपनि केबल ६१.४ प्रतिसत अस्ट्रेलियनसंग कलेज डिग्री छ । दक्षिण अमेरिकी मुलकहरु एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरसका आप्रवासीको शैक्षित अवस्था निकै कम छ । एल साल्भाडोर र ग्वाटेमालाका लगभग २४ लाख आप्रवासीमध्ये केवल सात प्रतिसतसंग कलेज स्तरको शिक्षा छ । होण्डुरसका आप्रवासीमा यो संख्या नौ प्रतिसत छ । दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश, पाकिस्तान, नेपाल निम्न आय समुहमा पर्छन । यि तीन राष्ट्रमा पाकिस्तानका अमप्रवासीको सबैभन्दा धेरै बार्षिक ४४ हजार अमेरिकी डलर आम्दानी छ । बंगलादेशीको २९ हजार र नेपालीको बार्षिक २५ हजार तीनसय छ । लगभग ५६ प्रतिसत पाकिस्तानीसंग कलेज डिग्री छ भने बंगलादेशीमा ४४.८ प्रतिसत छ । ५७.५ प्रतिसत नेपालीसंग कलेज डिग्री छ । अमेरिकी सरकारका अनुसार नेपालीको संख्या एकलाख ५२ हजार सातसय छ । https://www.enepalese.com/2019...

ktmpost · May 27, 2019 9:09 AM · 25,359 views

9 Replies

धेरै ले cash मा काम गरेर होला , धेरै नेपाली 2 ठाउमा जागिरे देख्छु म त ! २५ हजार म़ा त कसरि चल्छ र खै ?

gaulejetho · May 28, 2019 4:13 PM

How much you make gaulejetho?? Last edited: 28-May-19 07:28 PM

Hanuman1 · May 28, 2019 7:28 PM

25 hajar bhaneyko student huda gas station ma yearly jack nahane kamaune salary ho .. hawako news.

200times · May 28, 2019 11:45 PM

Under the table kaam garne le Garda statistics ma asar pareko ho ! Check ma bhanda cash ma kaam garne le badi kamaulan..cash pani count garne ho bhane tyo average $60,000 pugcha....jhan Kati thau ma ta business owner Toyota ma employee chai BMW ma aako pani dekhya chu

khaikhok · May 29, 2019 11:34 AM

जाडव जी, नेपाल मा जस्तो चोरी चाकरी, धुर्तेइ, ठगि, भ्रस्टाचार, अरकाको स्वास्नी ताकी बिदेशमा भाको लोग्नेको पैसा लुट्ने सबै तरिका अपनाएर आफ्नो आय बढाउने सबै उपाय अमेरिकामा हुदैन, पुरा देश रेमित्तंस को भरमा चलेको भएपनि, कर्मचारी र राजनीतिज्ञ को तलब भत्ता नेपालमा जस्तो सरकारले नै तोक्दैन. अमेरिका मा तलब भत्ता पाउदा पनि, टेबल मुनिबाट हात राखेर अतिरिक्त चिया खर्च हान्न पौदैना. नेपाल को स्तान्दर्द कहाँ अमेरिका ले भेट्नु र. नेपाली हरु त नेपालमा खाली करोड को मात्रै कुरा गर्छन, कत्ति धनि मान्छेहरु हैन?

Khumbule · May 29, 2019 12:58 PM

यिनले २५००० मात्र भने अर्का गुरुपुत्रले 70-80K भने खोके | खुम्बुले ब्रो को कुरामा सात प्रतिसत सहमत छु |

Logan · Jun 5, 2019 10:22 AM

Exactly khumbule brother, Nepali haru ko tehi high standard le ta yesto cha halat. Goji ma sukko hunna, kam dham thegan chaina, Ghati ma jhundaunu parcha sablai DSLR bhaisi ko damlo jasto, chaincha sablai latest iPhone ra MacBook. Aruko k kura garnu, kahile kai aafnai natedaar ko demand dekhera ma chakka parchu.

Tea_talk · Jun 7, 2019 5:38 AM

ब्रो को आफ्नै टक्सार छ भनठाञ्छन जस्तो छ ? RayBan त्यो पनि Made in USA को पठाइदेउ दाई त भनेका छन् कि छैनन् ? सामान किन्दा अनि पठाउदा भारतमा बनेको बिर्सेर पनि नकिन है !

logan · Jun 10, 2019 11:01 PM

I am not surprised by this. The earnings must be about $25k per person, not per family. If it's per family then it must be so after adjusting for several other factors (which I am not aware of). Only handful of Nepalese are making good money now especially the ones who are in IT sector and second to that the ones in academia sector (who have minimum of graduate school education). While lots of Nepali students and family who come here belong to a middle class (upper, middle, lower) back in Nepal, they slid down to lower socioeconomic class as soon as they enter the land of USA. But, they do have a good prospect of skills (only mid level though, not too high) to pull and float about the lower middle class section of the overall USA society. Just in about a generation I expect to see two classes of these Nepalese immigrants - the ones (but only a handful) who succeeded economically to middle middle class of American society. This is mostly made possible due to the job opportunities in the IT sector and few from research academic and financial disciplines. While other will just float around the lower middle class or slide even lower as the new generation takes over. Here is a good article I would like to share: https://www.financialsamurai.c... Most of the people tend to have a very limited knowledge of the capacity of the person from Nepalese socio economic background. The national and global average of the skill of people from Nepal is very low to mid, but I think new generation will do better but still only a few handful will show the talent.

everestial007 · Jun 11, 2019 9:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion