हुण्डी गरेर नेपालबाट पैसा ल्याउन खोजि राख्नु भएको ? यो समाचार अवस्य पढ्नुहोला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

५ जेठ, काठमाडौं । प्रहरीले ३४ लाख ८९ हजार २ सय रुपैयाँसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई छन् । महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार चाबहिलको दीर्घायु हस्पिटल पछाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो । ‘त्यहाँ कोठा भाडामै लिएर उनीहरुले हुण्डी कारोबार गरिरहेका रहेछन्’, उनले अनलाइनखबरसँग भने, ‘विशेष सूचनाको आधारमा पक्राउ गरेका हौं ।’ बोगटीका अनुसार उनीहरुको साथबाट हुण्डी कारोबार उल्लेख भएको कागजपत्र र पैसा गन्ने उपकरण पनि बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ । https://www.onlinekhabar.com/2...

ktmpost · May 19, 2019 3:28 PM · 2,150 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion