आजकल नेपालका कोठीमा रुसी अनि चिनिया युवतीहरु कार्यरत भएको अवस्था

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शुक्रबार, १५ चैत २०७५, ०७ : २६ |  शुक्रवार विभिन्न प्रलोभनमा पारेर नेपाली युवतीलाई भारतीय यौन कोठीमा पुर्याउने मात्रै हैन, अहिले खाडी र अफ्रिकी देशमा कामको लोभमा पुगेका नेपाली युवतीहरु समेत जबर्जस्ती यौन बजारमा बेचिने गरेका छन् । मानव तस्करले अफ्रिकी देशमा पु¥याएर त्यहाँका डान्सबार र होटलमा नेपाली युवतीलाई यौनकर्मीको रुपमा प्रयोग गरिरहेको पटक–पटक खुलासा भइसकेको छ । यो त भयो विदेशको कुरा । नेपाली यौन बजारमा पनि प्रशस्तै नेपाली यौनकर्मी छन् । ४० हजार हाराहारीमा नेपाली यौनकर्मी रहेको दाबी सुनिने गरे पनि यकिन तथ्यांक कतै भेटिँदैन तर फस्टाएका हरेक शहरमा सहजै भेटिने नेपाली यौनकर्मीको संख्याले यसको बढ्दो माग भने देखाउँछ । नेपाली मात्रै हैन, अब नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन् । पर्यटकको आवरणमा नेपाल आएर यौन बजारमा सक्रिय चिनियाँ, रुसी र अफ्रिकी कलगर्लको फेहरिस्त यसअघि पनि शुक्रवारले सार्वजनिक गरेको छ । पछिल्ला तथ्यले नेपाल आएका विदेशी यौनकर्मी काठमाडौंमा मात्र नखुम्चिएको देखिएको छ । उनीहरु पोखरा, इटहरी, बुटवल, नेपालगञ्ज, वीरगञ्जसम्म फैलिइसकेका मात्र छैनन्, नेपाललाई सेक्स ट्रान्जिट बनाउँदै भारतसमेत पुग्ने गरेको देखिएको छ । पछिल्लो समय नेपाली यौन बजारका सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पुर्याउने गरेका छन् । नेपाली यौन बजारमा अफ्रिकी यौनकर्मीसमेत फेला पर्ने गरे पनि भारत पुग्नेमा भने चिनियाँ र रुसी मूलका युवतीको संख्या बढी देखिएको छ । रात्रीकालीन नेक्सस्बारे जानकार एक स्रोतले चार महिनाअघि पर्यटकको आवरणमा नेपाल आउने चिनियाँ र रुसी यौनकर्मीहरु नेपाल–भारत सीमावर्ती क्षेत्रका होटलमा बसेर अवैध रुपमा भारतका विभिन्न शहर जाने र नेपाली भिसा सकिन लागेपछि उस्तै गरी अवैध रुपमा भारतबाट नेपाल फर्किने गरेको सूचना दिएका थिए । खोजीका क्रममा एक अनुभवी भेटिए, जो दुई महिना अगाडि बुटवलको एक घरमा सञ्चालित अवैध कोठी पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी । साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज दिन पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी युवतीहरु थिए जो, भारतको मुम्बई जाने तयारीमा बुटवलको सो घरलाई सेल्टरका रुपमा प्रयोग गरिरहेका थिए । तिनलाई बुटवलका यौन दलालले छोटो अवधिमा यतै धन्दामा लगाएका थिए ।  उनले कुन अवस्थामा उनीहरुलाई भेटे, कस्तो माहोल थियो कोठीको ? उनकै शब्दमाः   ‘चाइनिज कन्टिनेन्टल एन्ड रसियन स्विट्स’ बुटवलमा मेरो एकजना घनिष्ठ मित्र विवेक हुनुहुन्छ, उहाँले मलाई र मेरो साथीलाई दुई महिनाअघि विवाहको कार्यक्रममा निमन्त्रणा गर्नुभयो । म र साथी जोन निमन्त्रणा मान्न बुटवल पुग्यौं । साथी विवेकको दम्पतिलाई शुभकामना दिएर रोल्पा हान्निने योजना थियो हाम्रो तर बेहुलाले मानेनन् । उनले आफ्ना अन्य तीन जना साथीलाई हाम्रो जिम्मा दिँदै भने, ‘हुन्न यार, आज यतै बस्नुपर्छ । म चाइनिज कन्टिनेन्टलको व्यवस्था गरिदिन्छु ।’ मलाई लाग्यो, उनले खानाको कुरा गरिरहेका होलान् । मैले जवाफमा भनेँ, ‘चाइनिज हैन यार, हामीलाई त टिपिकल नेपाली नै मन पर्छ ।’उसले हाँस्दै भने, ‘अरे यार तेरो नाम मात्र बेबी होइन, दिमाग पनि बेबी नै छ । चुप् लाग्, सरप्राइज दिन्छु ।’लौ त भनेर पुलाउ खानतिर लागियो ।विदेशतिर एकाध पटक चिनियाँ खाना खाएको थिएँ । त्यत्ति मीठो लागेको थिएन । त्यसैले सकेसम्म चिनियाँ खाना खान नपरोस् भन्ने लाग्छ ।पुलाउ खाने बेलामा मैले फेरि ‘चाइनिज त नखाने’ भनेँ । अन्य तीन जना साथी गलल्ल हाँसे मात्र । .................साँझ ८ बज्यो । ती तीन जना साथीहरुले हामीलाई जाउँ भन्ने इशारा गरे । जाने बेलामा ६ जना भयौं । साथीहरुले २ वटा मोटरसाइकल मिलाएका रहेछन् । ३–३ जना बस्यौं । बुटवलको ट्राफिक चोक पुगेपछि बाइक दायाँपट्टि मोडियो । वरिपरि फेन्सी पसल र केही होटल थिए । केही भित्र पुगेपछि च्यानल गेट भएको एउटा घर अगाडि बाइक रोकियो ।  घर हेर्दा असाधारण देखिन्थ्यो । भित्र गार्ड रहेछन् । उनी आएर पल्याकपुलुक हेरे र गेट खोले । मोटरसाइकल कम्पाउण्डमा छिराएलगत्तै गेट लगाइहाले । गार्डको व्यवहार देख्दा त्यही बेला कस्तो–कस्तो लागेको थियो ।  चौथो तलामा पुगेपछि मात्र त्यो घरमा पनि मान्छे रहेछन् भन्ने अनुभव भयो । चौथो तलामा संगीतको धुन सुनियो । ढोकामा पुग्दा अगरबत्तीको बास्ना पनि आयो ।  ‘कतै काठमाडौंको ठमेलतिरझैँ बारमा ल्यायो कि क्या हो !’ भन्ने लाग्दालाग्दै भित्र छिरियो । हो रहेछ त ! ठमेलतिरकोझैँ भव्य बियर बार देखियो । भित्र क्याबिनहरु थिए । हामीसँगै गएकाहरु बारका परिचित ग्राहक रहेछन् । जानासाथ काउन्टरमा बसेका कर्मचारीसँग हाई, हेल्लो गर्दै हात मिलाउन थाले । हामी दुई जना भने नौला थियौं त्यहाँ । उनीहरु जता जान्थे, त्यतै पछि लाग्थ्यौं ।भित्र क्याबिनै क्याबिन देखियो । ओपन स्पेसमा त्यत्ति ग्राहक थिएनन् । हामी ६ जना त्यस्तै एउटा कोठामा छिर्यौं । हामी बसेलगत्तै एक जना वेटर आइन अर्डर लिन । वेटर निक्कै राम्री थिइन् । साथीहरुले बियर, तास, बंगुरको बार्बिक्यु लगायत अर्डर गरे । वेटर मुसुक्क हाँस्दै अर्डर लिएर गइन् ।एकछिनमा ६ वटा बियर र सितन लिएर ६ जना नै युवतीहरु आए । उनीहरुको बनावट मंगोलियन थियो । उनीहरुले बियरको बिर्को खोलेर गिलासमा आफैं राखिदिए । प्रायः काठमाडौंतिर हिजोआज ग्लासमा बियर राखेपछि जान्छन् तर त्यहाँ त सँगै मात्रै हैन काखमा पो बस्न आए !  साथीहरुले सहजै काख दिए । मलाई भने केही अप्ठेरो लाग्यो । एक त मेरो काखमा बस्न खोेज्ने युवती अलि मोटी नै थिइन्, किचिदेली भन्ने डर ! हेर्दा त राम्री नै थिइन् तर केही नबोल्ने ।  ‘हुन्न’ भन्दा पनि फेरि काखमा बस्न खोजेपछि एटिट्युड देखाउँदै नेपालीमा हल्का अंग्रेजी मिसाएर गाली गरेँ तर उनको कुनै प्रतिक्रिया आएन । उनीहरु सँगैकी अर्की युवतीले उनलाई सम्झाउन थालिन् । अनि मात्र उनी नजिकै सोफामा बसिन् । ती युवतीलाई उनको साथीले सम्झाउन प्रयोग गरेको भाषा नेपाली थिएन, अंग्रेजी पनि हैन । जापानी, चिनियाँ वा कोरियालीझैँ केही थियो, जुन मैले पहिले कहिल्यै सुनेको थिइनँ । ‘यिनीहरु त नेपाली हैनन् कि क्या हो ?’ यो घरसम्म ल्याउने साथीलाई मैले सोधेँ । साथीले जवाफ दियो, ‘अघि विवेकले भनेको चाइनिज कन्टिनेन्टल यिनीहरु नै हुन्, यार मोज गर्नुस् ।’नेपालमा चिनियाँ र अफ्रिकी युवतीहरु यौनकर्मीको रुपमा सक्रिय रहेको सुनेको थिएँ । काठमाडौंका नाइट क्लब, लाउन्ज र बारमा भेटिने पनि गर्थे तर बुटवलमा पनि उनीहरु आइपुगेको देखेर म छक्क परँे । बोल्दै नबोल्ने लाटीसँग त के बस्नु ! साथीसँग बसेकी अलिअलि नेपाली र अंग्रेजी बुझ्ने कोही छ भने यता पठाइदेऊ भनेँ । साथीले उसैको काखमा बसिरहेकी युवतीलाई मतिर पठाइदियो । मेरो छेउमा बसेकी अर्की युवती ऊतिर गइन् । ऊ पनि मेरो काखमा बस्न खोजी तर उसको तौल पनि मेरो काखले थेग्न सक्ने खालको थिएन ।........................... साथीहरु भने सक्रिय भइसकेका थिए । उनीहरुको हात र मुख दुवै व्यस्त भइसकेको थियो तर मेरो मुडै आएन । मदिराको मातमा मुड आउँछ कि भनेर युवतीलाई बियर पिउन अफर गरेँ । उनी राजी भइन् । तर साथीहरु यत्तिकैमा गायब पो हुन थाले त्यहाँबाट ।  ‘कहाँ गएका उनीहरु ? ’ ती युवतीले छ्यासमिसे भाषामा भनिन्, ‘काउन्टरमा १५ सय बुझाएपछि छुट्टै कोठा बस्न पाइन्छ ।’ साथीहरु काउन्टर हुँदै केटी लिएर कोठातिर गए । म उनीसँग कुरा गरेर बसेँ ।  नाम सोधेँ तर खास नाम उनले भनिनन् । नेपाली नाम राखिसकेको रहेछ उनको,  प्रीति । मसँग बस्दा पनि उसको हात भने चलिरहेको थियो । म भने काम भन्दा गफ गर्ने मुडमा थिएँ । उसलाई बियरमा कम्पिटिसन दिन थाले । उसले मस्त खाइन् । म पनि झ्यापझ्याप भएँ, उनी पनि झ्याप भइन् । झ्याप भएपछि त बोल्लिन् कि भनेर सोधेँ, ‘कहाँबाट आएको हो ?’ बल्ल उनी बोल्न थालिन् । उनको घर चीनको तिब्बत रहेछ । उनीसँगै त्यहाँ १७ जना तिब्बती युवती र तीन जना रसियन युवती रहेछन् ।कुरा गर्दागर्दै उनीहरु बुटवलमै बस्न नआएको खुल्यो । झन् छक्क परेँ । उनीहरु यहाँ केही समय मात्रै बस्ने रहेछन्, उनीहरुको लक्ष्य भने स्थलमार्ग हुँदै भारतको मुम्बई पुग्ने रहेछ ।उनले भनिन्, ‘भोलि सात जना तिब्बती साथी र तीन जना रुसी साथी मुम्बई जाँदैछन् । म अलि पछि जान्छु ।’ ती युवतीले दिएको जानकारीअनुसार उनीहरुलाई नेपाली र भारतीय नागरिक मिलेर नेपालको सीमा कटाएर दिल्ली र मुम्बईसम्म पुर्याउँछन् । नेपालको पर्यटकको भिषा नसकिएसम्म उनीहरु उतै काम गर्छन्, पासपोर्ट भने नेपाली बोर्डर क्षेत्रकै दलालसँग हुन्छ । उताको काम सकिएपछि नेपाल आउँछन् । भिषा थप्न सक्ने अवस्था भए भिषा थप्छन्, नभए आफ्नो देश फर्किएर फेरि केही महिनापछि पर्यटकको भेषमा नेपाल आउँछन् ।.................गफगाफ राम्रै जम्दै थियो, चिनियाँ कन्टिनेन्टल खान गएका साथीहरु फर्किए ।म पनि नेपाली बियर र चिकेन चिल्लीले झ्याप भइसकेको थिएँ । बाइक चलाउनसक्ने अवस्था थिएन । साथीसँगै नजिकैको गेस्ट हाउसमा गएर सुतेँ । ....................... विदेशी यौनकर्मी कसरी आउँछन् नेपाल ?  ( शुक्रवारले रिपाेर्टिगंका क्रममा काठमाडाैंमा भेटेकाे रसियन मुलका २ युवती जाे फ्ल्याट लिएर देहव्यापारमा सक्रिय थिए) अधिकांश विदेशी यौनकर्मी नेपालमा पर्यटक भिसामा आउने गर्छन् । केही भिसा म्याद सकिएपछि आफ्नो देश फर्केर पुनः नेपाल आउने गर्छन् भने केही विभिन्न बहानामा भिसा बढाएर यतै बस्ने गर्छन् । शुक्रवारको खोजमा नेपालमा आउने अफ्रिकी कलगर्लहरु ठमेलका गेष्ट हाउसहरुमा रुम लिएर बस्ने गरेको फेला परेको थियो । रुसी मुलुकका युवतीहरु त अपार्टमेन्ट नै भाडामा लिएर बस्ने गर्छन् । आफूले विश्वास गर्ने ग्राहकहरुलाई उनीहरु अपार्टमेन्टमै बोलाएर धन्दा चलाउँछन् ।  धेरैजसो विदेशी यौनकर्मी नेपाली ग्राहकलाई हत्तपत्त विश्वास गर्दैनन् । प्रहरीको सुराकी हो कि भन्ने डरले उनीहरु नेपालीलाई आफ्नो ग्राहक बनाउन डराउँछन् । धेरैजसो उनीहरुको ग्राहक नेपालमा घुम्न आउने विदेशी नागरिक नै हुन्छन् ।  केही महिनाअघि शुक्रवारकर्मीले भेटेको दुई रुसी यौनकर्मीले आफ्नो धेरैजसो ग्राहक भारतीय नागरिक हुने गरेको बताएका थिए । उनीहरुले एकपल्टको १० हजार रुपैयाँदेखि होल नाइटको ३०–४० हजार रुपैयाँसम्म लिने गरेको खुलाएका थिए ।   ग्राहक खोज्न क्यासिनोउनीहरुले ग्राहक खोज्न क्यासिनोलाई टार्गेट गर्ने गर्छन् । कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेशमा प्रतिबन्ध छ । त्यसैले टार्गेटअनुसारको ग्राहक खोज्न उनीहरुलाई क्यासिनो नै सहज हुने गर्छ ।उनीहरू त्यताबाट ग्राहक लिएर आफ्नै फ्ल्याट र अपार्टमेन्ट लैजान्छन्, कतिपय होटलमै समेत बस्छन् । क्यासिनोपछि उनीहरुको कार्यक्षेत्र नाइट लाइफ मौलाएको काठमाडौंको ठमेल र दरबारमार्ग तथा ललितपुरको झमेलसमेत हो । उनीहरु होटलको बार क्षेत्रमा समेत भेटिन्छन् । किन जान्छन् भारत ? नेपाल आउने धेरैजसो रुसी, चिनियाँ र अफ्रिकी यौनकर्मी धन्दा राम्रो हुने र ग्राहक धेरै भेटिने हुँदा भारत जान सहमत हुन्छन् । प्रायः नेपालमा भेट भएका भारतीय ग्राहकको डिमाण्डमा समेत उनीहरु भारतीय शहर पुग्ने गरेको देखिन्छ । केहीले भने भारतको यौन बजारमा सक्रिय दलालसँग सम्बन्ध र सम्पर्क रहेका नेपाली दलालको सहयोगमा दिल्ली, मुम्बई र गोवासम्म पुग्ने गरेको देखिन्छ । रसियनमूलका, अफ्रिकी र चिनियाँ नागरिकका लागि भारतीय भिसा पाउन त्यत्ति गाह्रो हुन्न । तर उनीहरु प्रायः नेपाल आएर अवैध रुपमा खुला सीमा हुँदै भारत जाने गरेको देखियो । काठमाडौंको यौन बजारमा रहेका विदेशी यौनकर्मीको खोजीका क्रममा भेटिएकी एक रसियन मूलकी युवतीले हिन्दी भाषा बोलेकी थिइन् । कुराकानीमा उनले आफू यस्तो धन्दा गर्न भारतसमेत जाने गरेको बताउँदै सिधै भारत जाँदा भिसा समस्या हुने भएकाले नेपाल आएर स्थलमार्गबाट भारत जाने गरेको खुलाएकी थिइन् ।  https://shukrabar.nagariknetwo...

ktmpost · Apr 3, 2019 1:16 PM · 7,269 views

6 Replies

Please stop posting these kind of BS news/information on Sajha. Posts like these gives more rise to prostitution. Ktmpost your informative posts like the first Nepali on US are appreciated not like these. On this matter, till the guys like Itahariko don’t stop buying girls and have the mentality that girls are just sex toys, prostitution will never stop. More money Nepalese crooks earn, more demand for more girls and the need for new tastes never ends. Porn and Prostitution are the biggest mind changing materials that this world has ever produced. Drugs, Alcohol, Crimes, Nuclear war is nothing compared to Porn and Prostitution addiction. They give rise to all other problems. They will not just ruin your present life but ruin your soul and future for generations. Last edited: 03-Apr-19 02:32 PM

AdrianDaju · Apr 3, 2019 1:56 PM

@Adrian is running prostitution operation in his hometown in Nepal. He knows ad like this will ruin his business that is why he against such news. He is currently after another person trying to gain her information and trust in different post to start pimp game and make money thru her.

itahariko · Apr 3, 2019 3:36 PM

Itahariko you sound like the controversial singer Prakash Ojha from Itahari who knows everything about prostitution in Nepal and how to make Porn movies. He got arrested and served jail before too. He was famous as being from Itahari. And you are a proud guy as Itahariko. Maybe you are using Sajha crying behind bars as you can’t access your homemade movies sites from Jail. Good luck with your 10 years jail time Itahariko. http://kathmandupost.ekantipur... Last edited: 03-Apr-19 04:20 PM

AdrianDaju · Apr 3, 2019 4:19 PM

@Adrian🖕 I don't know whether to cry or laugh with your theory. If you believe in your theory that just coz I and Prakash Ojha is from same place we must be same person. Boii then I can just say u must be ruby, which btw you yourself called her dumb and hoe!! Both of you like you swallow on cucumber and seems like you get hurt when people call her hoe..so both ya must be same person🤔

itahariko · Apr 3, 2019 4:52 PM

Or maybe all guys from Itahari are like Prakash Ojha who only knows how to curse on every posts, thinks of making movies with minors and is a proud Itahariko.

AdrianDaju · Apr 3, 2019 8:18 PM

That is what you get if you open your mouth other than to swallow. Thinking of making movie with you, a goat and that dumb donut gurl.

itahariko · Apr 3, 2019 9:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion