अमेरिका नेपालीका लागि सपनाको देश बन्दै आएको छ।के बालबालिका, के किशोर, के युवा, के वृद्ध- सबै उमेरका नेपालीमा एकपटक अमेरिका हेर्न पाए हुन्थ्यो भन्ने सोचको विकास भएको छ।आएपछि बस्ने अवस्था मिले फर्कनेको भन्दा बस्नेकै संख्या बढ्दो छ।अहिले त अमेरिकाका हरेक राज्यमा थुप्रै संख्यामा मिनी नेपाल बनेका छन्, बन्ने क्रम जारी छ। लाखौं नेपालीले सपनाको देश बनाइसकेको अमेरिका आउने पहिलो नेपाली को होला ? धेरैको मनमा यो प्रश्नले घर बनाएको हुन सक्छ। त्यही प्रश्नको उत्तर लिएर आएको छ यो आलेख। अमेरिका आउने पहिलो नेपाली थिए- पद्मसुन्दर मल्ल। भक्तपुरे मल्ल राजाका सन्तान पद्मसुन्दरको जन्म सन् १८९० मा भक्तपुरको खौमा टोलमा भएको थियो। उनको परिवारपछि काठमाडौंको असनमा बसाइ सर्यो। त्यसपछि उनी दरवार हाइस्कूलमा भर्ना भएर पढ्न थाले। जब उनले एकजना जापानी वौद्ध भिक्षु र जापानी नागरिक एकाइ कावागुचीलाई काठमाडौमा भेट्टाए, उनलाई जापान गएर उच्च शिक्षा लिने रहर जाग्यो। तर, नेपालको तत्कालिन राणा शासनकालमा रैतीका छोरालाई त्यसो गर्न छुट थिएन। भनाइ नै छ नि, जहाँ ईच्छा त्यहाँ उपाय।पद्मसुन्दरले पनि एउटा उपाय निकाले। सन् १९१६ मा उनी आफ्ना दाजु जगतसुन्दर मल्ललाई लिएर कलकत्ता गए। त्यहाँबाट जहाज चढेर जापान पुगे।उनलाई टोक्यो इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना गरेर अध्ययनको चाँजोपाँजो मिलाएपछि दाइ जगतसुन्दर भने त्यही बाटो भएर गुपचुप नेपाल फर्के। विज्ञानमा स्नातक गरेपछि उनी केही जापानी साथीसँग मिलेर सन् १९१९ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका हानिए।यो मितिका आधारमा हामी के भन्न सक्छौं भने सन् १९१९ मा अमेरिकामा पहिलो नेपाली पाइला टेकियो।अमेरिका पुगेर पद्मसुन्दर मिचिगन राज्यको प्रतिष्ठित युनिभर्सिटी अफ मिचिगनमा इलेक्ट्रिकल इन्जिनियरिङमा भर्ना भए। उनले त्यहीबाट सन् १९२२ मा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे। यसरी उनी अमेरिकामा पहिलो पाइला टेक्ने नेपाली मात्र भएनन्, नेपालकै पहिलो इलेक्ट्रिकल इन्जिनियर पनि भए। नेपालको पहिलो इलेक्ट्रिकल इन्जिनियर भएर पद्मसुन्दर १९२५ मा नेपाल फर्के। तर, राणा सरकारको अनुमति नलिई विदेश गएको भनेर उनलाई नेपाल प्रबेश गर्न नै दिइएन। त्यसपछि उनी भारतको दार्जिलिङ नजिकै खर्स्याङमा निर्वासित भए। उनले आफ्नो पहिलो योजनाका रूपमा फाजी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट स्थापना गरे र खर्स्याङमा बिजुलीबत्ती बाले। सन् १९३९ मा भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस शासकले उनलाई मोरङ हाइड्रोइलेक्ट्रिक कम्पनीको चिफ इन्जिनियर बनाएर नेपाल पठायो। उनले विराटनगर जुट मिलका लागि पावर स्टेसन बनाए। पछि उनले धरान र वीरगन्जमा पनि पावर स्टेसन डिजाइन गरेका थिए। नेपालमा राणा शासन पतन भएपछि सन् १९५० मा पद्मसुन्दर काठमाडौ फर्के र सन् १९७४ मा स्वर्गबास हुनुअघि उनले बाँकि जीवन नेपालमै बिताए। उनलाई नेपाली हाइड्रोपावरका जनक अर्थात् फादर अफ नेप्लिज हाइड्रोपावरका रूपमा सम्मानित गरिदै आएकोछ । यसरी पद्मसुन्दर मल्लका पाइला पहिलो नेपाली पाइलाका रूपमा अमेरिकामा टेकिएको इतिहास पाइन्छ। इतिहासको यो पहिलो पानाले के देखाउँछ भने आजभन्दा १०० वर्षअघि एकजना स्वप्नजीवी नेपाली अवसरको खाेजी गर्दै अमेरिका आइपुगेका थिए। उच्च शिक्षा हासिल गरेर आफ्नै मातृभूमिको सेवा गर्न फर्कदा पनि ऊ त्यो अवसरबाट बञ्चित हुनुपरेको थियो।आज परिस्थितिमा आनका तान फरक भएको छ।पद्मसुन्दरको पदचाप पछ्याउँदै लाखौं नेपाली पद्मसुन्दर अमेरिका आइसकेका छन्।तर, दुर्भाग्य फरक के छ भने अहिले नेपाल फर्कन पाए पनि अझै नेपाल फर्कने वातावरण चाँहि बनिसकेको छैन। ती महान स्वप्नद्रष्टा पद्मसुन्दर मल्ल जसले अमेरिकामा पहिलो नेपाली पाइला टेके र लाखौ नेपाली पाइलाका लागि गोरेटो कोरिदिए, उनी नेपालीका लागि कोलम्बस थिए भन्दा पनि अत्युक्ति नहोला। https://nepali.breaknlinks.com...
ktmpost · Mar 29, 2019 2:19 PM · 17,145 views
thanks for sharing this information sir!
TPS bahadur · Mar 29, 2019 2:51 PM
Makes sense. All the brilliant Nepali guys I have met in US say they are from Bhaktapur. As the foundation was set by someone from there. Bhaktapur indeed maybe the most educated and culturally, economically rich town in the entire Nepal. Last edited: 02-Apr-19 01:18 AM
AdrianDaju · Mar 29, 2019 9:13 PM
Adrian, with due respect to Engineer Padma Sundar Malla and people from Bhaktapur, I have stated my comments for all your points respectively. I would appreciate if you could elaborate with numbers for your following statements: >At least one youth from every family in Bhaktapur is in US: Please let Sajhaites know why being in the US is important and what is the source of this information? > All the brilliant Nepali guys I have met in US say they are from Bhaktapur: I presume everyone will say the same about their district. Do you have a figure? > Bhaktapur indeed maybe the most educated and culturally, economically rich town in the entire Nepal: Most educated ? Doubtful. Culturally? Yes., Economically? Maybe....
The Thamelean · Mar 30, 2019 11:38 PM
@The Thamelean Chill and enjoy your Thamel nightlife. Sajha doesn’t need an elaboration. Your mind is your source of information and your keyboard is your mouth.
AdrianDaju · Mar 31, 2019 1:50 AM
@adrian Growing up in Katmandu, Bhaktapur was the relatively backward town in the valley, no offense. As thamelian said, maybe culturally bhaktapur is in par with ktm and lalitpur. But education and other indicators are still behind comparatively.
shahi baba · Mar 31, 2019 6:59 AM
Thank you Adrian. You proved that you don't have a figure to support your bragging. Well said @ Shahi Baba.
The Thamelean · Mar 31, 2019 10:46 PM
I don’t belong from either of the places. I don’t care which is the best. As an outsider I think Bhaktapur is well managed and definitely showcases the true meaning of Nepal- Historic and Religious. In Patan, Kathmandu and Lalitpur these days all you see are typical Nepali village people migrated from four corners of the country. Nothing looks religious and historic except Red plaid shirt and choose pant that Nepali Village guys wear as a national dress. Last edited: 02-Apr-19 02:47 PM
AdrianDaju · Apr 2, 2019 12:37 AM
good story, Usually i am not good reader but this one I did.
gaulejetho · Apr 2, 2019 4:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion