काठमाडौं,चैत १५ – सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पोखरामा प्रहरीले गाँजा सेवन गरे नगरेको पनि जाँच गर्ने कार्यक्रम सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले पोमनपा-२७ स्थित डाँडाकोनाकमा पृथ्वीराजमार्गमा लामो तथा मध्यम दुरीमा चल्ने सार्वजनिक सवारी साधनको चालकहरूको स्वास्थय परिक्षण (मुत्र जाँच) गरी बिहिबारवाट लागुपदार्थ सेवन चेकिङ सुरु गरेको प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । बिहिबार जम्मा १९ सवारी चालकलाई चेक गर्दा त्यसमध्य पाँच जनाले लागुपर्दार्थ सेवन गरेर सवारी चलाएको भेटिएको थियो ।चेकिङवाट लागुपदार्थ सेवन गरेको पुष्टी भएका सबैलाई कानुनी कारवाही गरिने प्रहरीले जनाएको छ । चेकिङ गर्दा केहि चालक प्रयोग कर्ता रहेको र उनिहरुले ४- ५ दिन अगाडी खाएको देखिएकाले तारेखमा छाडिएको छ । यसरी गरिन्छ परिक्षणप्रहरीले गाँजा सेवन गरे नगरेको भन्ने बिषयमा चेकिङका लागि नयाँ प्रबिधि ल्याएसँगै अब सवारी चालकले दुई बर्ष अघि गाँजा खाएको समेत पत्ता लाग्ने भएको छ । बिगतका समयमा सवारी चालकको स्वास चेक गरेर मापसे गरे नगरेको पुष्टि गर्ने प्रहरीले अब चालकको पिसाव चेक गरेर दुई बर्ष अघि गाँजा खाएको कुरा समेत पत्ता लगाउने भएको हो । यो प्रबिधिमा चालकको पिसाब परिक्षण गरिन्छ । पिसाबको नुमना किटमा चुहाईन्छ । किट भरी पिसाब पुग्दा त्यसमा देखिने रेखाले लागुपदार्थ प्रयोग गरेको वा नगरेको जानकारी पाईन्छ । लागुपदार्थ प्रयोग गर्नेको पिसाबमा किटले एउटा रातो गाढा धर्सो देखाउछ भने प्रयोग नगरेकाहरुको पिसाबमा किटले २ वटा गाडा रातो धर्सा देखाउने प्रहरीले जनाएको छ । कुनै व्यक्तिले ४-५ दिन अघि लागुपदार्थ सेवन गरेको भए किटमा एउटा गाढा रातो धर्सा र अर्को एउटा फिका रातो धर्सा देखिने जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख मुरारी मिश्रले जनाए । झट्ट हेर्दा यो किट महिलाहरुले गर्भ रहे नरहेको जाँच गर्ने किट जस्तै देखिने गर्दछ । लागु पदार्थ सेवन गरेको वा नगरेको तुरुन्त देखिने भएकाले यसले लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकमा कमि आउने र दुर्घटना न्युनिकरण हुने प्रहरीको अनुमान छ । https://www.recentnepal.com/ne...
ktmpost · Mar 29, 2019 8:54 AM · 1,878 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion