केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ्ग र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको छ । हिन्दी भाषाबाट आगन्तुक शब्दको रुपमा ‘होली’ नेपाली भाषामा भित्रिई जनजिब्रोमा बसेपछि शब्दमा मात्रै होइन, फागुपूर्णिमा पर्व मनाउने चलन र तरिकामा पनि परिवर्तन आउनुका साथै गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो । फागु पूर्णिमामा रङ्ग दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृति हराएको स्थानीय बुद्धिजीवीको भनाइ छ । आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमले खर्चिलो र भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढ्दै गएपछि सांस्कृतिक विरासत र धार्मिक महत्वका दृष्टिले पनि अत्यन्त गर्विला यस्ता पर्वमा विकृति भित्रिन थालेको हो । पहिलेपहिले फागु पूर्णिमा आउनुभन्दा दुई÷तीन दिनअघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैंजडीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो’, बेनी नगरपालिका–२ का ८१ वर्षीय वेदप्रसाद उपाध्यायले भने, ‘अहिले दुई÷चार दिनअघिदेखि नै लोला हान्ने र होलीको नाउँमा पानी र केके भरेर बन्दुक जस्तैबाट गोली हान्ने गर्छन् ।’ शहरबजारमा मात्रै होइन, गाउँघरमा समेत फागु पूर्णिमाको परम्परागत रौनक हराउँदै गएको छ । भाका हालेर होरी गाउने, हात गाँसेर नाच्ने, रचनाको रङ्ग प्रयोग गर्ने, केशरी र अबिर घोलेर रङ्ग लगाइदिने जस्ता प्रचलन हराउँदै गएको स्थानीय वृद्धवृद्धाहरुले बताएका छन् । ‘गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, शहरबजारको हावा गाउँमा छिरिसकेको छ’, पण्डित नीलकण्ठ आचार्यले भने, अब भक्तप्रल्हाद र फुपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रल्हादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।”उमेर ढल्केका र वृद्धवृद्धामा फागु पूर्णिमाको कुनै रौनक देखिँदैन । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ्ग खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन् । पहिले मनाइने ‘फागु पूर्णिमा’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाको भनाइ छ । ‘पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो’, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भने, ‘अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलुले हान्ने, फोहर पानी खन््याइदिने, होलीको नाममा जे गरे पनि हुने जमाना आयो । अहिले होली संस्कार, संस्कृति जोगाउने भन्दा पनि रमाइलो गर्ने, फ्रेस हुने, साथीभाइ भेटभएर वनभोज खाने पर्वको रुपमा मनाइने गरिन्छ’, २२ वर्षीय युवा धिरज घिमिरेले भने, ‘जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ, अहिलेका युवा त्यसैबाट छिटो प्रभावित भइन्छ ।’ http://sindhulisaugat.com/big-... Last edited: 20-Mar-19 12:19 PM
ktmpost · Mar 20, 2019 10:10 AM · 48,807 views
Those pictures are from India. Right?
andyshrestha · Mar 21, 2019 9:54 AM
https://pakmaza.wordpress.com/... Baklol journalism
oaksgang · Mar 21, 2019 10:04 AM
Looks like you are right. I saw this news in several Nepali websites so shared. Thesedays journalism is getting cheap.
ktmpost · Mar 21, 2019 10:23 AM
Ktmpost, and what are you trying to do posting these "cheap" journalism articles?
GwachAquarian · Mar 21, 2019 1:00 PM
Sorry guy, I try to share interesting things about Nepal that I see in the web when I am surfing. Things like this it's hard to verify. How did you guys know it was from india?
ktmpost · Mar 21, 2019 1:39 PM
Right click on image and hit search google for image. Also, may be stop posting from these "Syndhakalin" type sites, which only have click-bait articles.
maxpayne · Mar 21, 2019 2:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion