परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फूल्चोकी मिडियाका सञ्चालक र विवादास्पद मोडल परी तामाङ पक्राउ ५ चैत, काठमाडौं । विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो । परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ । - Onlinekhabar https://www.youtube.com/watch?...

AnandNepal · Mar 19, 2019 4:07 PM · 4,164 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion