Rayo ko Saag (mustard green curry) is wildly popular, super healthy, nutritious and very easy to make. I am simply demoing how to make authentic Nepali Duku Wala Rayo ko Saag. It also goes well with roti (tortilla, naan), Try it today and let me know. https://youtu.be/mflUvmJOsVo
Lahure Nepali · Mar 1, 2019 9:24 PM · 21,486 views
ओ अन्टी, यो दुकूवाला रायो भकेको चै के हो? यो रायो धेरै प्रजाति हुने रैछ, मैले अम्रिकामा रोपेको रायो नेपाली फील आएन , तपैले पकाको रायो हो मैले खोजिरा
ssk · May 27, 2020 4:18 PM
डुक्कु कि डुकु ? यो शब्द पनि कुन क्षेत्रका बासिले प्रयोग गरेका छन तेस्मा भर पर्ने हो ? कि यो यूत्युब मा टास्नेले गल्ती स्वरुप डुक्कु शब्द प्रयोग गरेको हो ? डुकु शब्द् को प्रयोग नाकारात्मक रुपमा पनि प्रयोग हुन्छ तेसैले डुक्कु लेखेको हो कि ? पुर्बेलिले खोर्सानी भन्छन भने पस्चिमेलिले खुर्सानी भन्छन | पस्चिमेलिले पिरो हुने हुनाले अलिक लयालु शब्दमा खुर्सानी अनी पुर्बेली हरु माझ किरातको हावा सँग मिल्ने खोर्सानी भन्न् पुगेका होलान ? डुक्कु भन्दा अलिक लेग्रो तानिने हुनाले अबस्य पनि पस्चिमेलि नै हो कि भन्ने मेरो अनुमान छ
logan · May 29, 2020 12:34 PM
हुन सक्छ, दुकु संग लंठक जोडिएर आयो भने नराम्रो सब्द हुन्छ तर यो दुकु चै राम्रै सब्द होला
ssk · May 29, 2020 2:26 PM
घर परिवार पाहिलो स्कुल हो भने छर छिमेकी देखी स्कुल अनी सङ्त आदी इत्यादीले हरेकको जीबनमा गहिरो छाप लामो समय सम्म पर्छ र पार्छ | यो पनि घर घरका कहानि हुन किन्की कसैले" खुदो पल्ट्यो "मै बिशेष जोड देला अरु कसैले "सुनमा सुङन्ध"को प्रयोग गर्ला | लन्ठक शब्द नजोडे पनि वाक्यमा कसरी प्रयोग गरेको छ तेस्ले आफ्नो अर्थ जनाउदछ | "यो डुकु होमवर्क गर्न छोडेर कहाँ डुलेर आयो "? डुकुले होम वर्क गरेन भन्ने बुझ्यौकी ? अर्को उदाहरण ला खा ला खा तिम्लाई आमाले खाना बोलाउला र सहपाठी ले खेली रहेको बेला प्रयोग गर्दा के बुझ्छौ ? "ला खा" ले खाना दिदा भनेको मात्रा होईन लोप्पा ख्वाउन पनि प्रयोग हुन्छ , बुझेका छौ कि छैनौ | I wanna make love, श्रीमतीलाई तिम्ले कसरी भन्छौ ? मलाई चिँkn मन लाग्यो ? Think twice before we open our mouth. Last edited: 02-Jun-20 11:06 AM
Logan · May 30, 2020 9:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion