चन्द्रागिरिमा मान्छेलाइ आक्रमण गरि मारेपछि राँगालाई प्रहरीले गोलि हाने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१४ फागुन, काठमाडौं । राँगाको आक्रमणमा परी घाइते भएका नायव सुब्बा कान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-५ महाँदेवस्थानका ५२ वर्षीय श्रेष्ठ  शनिबार (फागुन ११ गते) चन्द्रागिरि-९ मच्छेगाउँमा राँगाको आक्रमणबाट सख्त घाइते भएका थिए । उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । श्रेष्ठको मंगलबार नै अन्त्येष्टि गरिएको छ । घाइते मध्ये चन्द्रागिरि नगरपालिका-४ त्रिभुवन पार्ककी ४५ वर्षीया देवि राना र वडानम्बर ९ का ८० वर्षीय काजी महर्जन भने डिस्चार्ज भएका छन् । राँगाको आक्रमणमा प्रहरी हवल्दारसहित आधा दर्जन मान्छे घाइते भएका थिए । आक्रमणमा ७० वर्षीय मानवीर महर्जनको शनिबार नै मृत्यु भएको थियो । आक्रमण गर्ने राँगोलाई प्रहरीले दहचोकमा गोली हानेर मारिसकेको छ । https://www.onlinekhabar.com/2...

ktmpost · Feb 26, 2019 10:16 AM · 1,454 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion