को पशुपति शर्मा ? म कुनै लाेक गायक चिन्दिन: मन्त्री बाँस्काेटा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ माथि सरकारले प्रतिबन्ध लगाएकोप्रति आफूलाई जानकारी नरहेको बताएका छन्। मन्त्री बाँस्काेटाले पशुपति शर्मालाई नचिनेकाे भन्ने समाचार देशसञ्चारमा प्रकाशित गरिएकाे छ । मन्त्री बाँस्काेटाले भनेका छन्, ‘को पशुपति शर्मा ? म चिन्दिन। तपाईले आफैं सोध्‍नुस् न बरु ।’ उनले आफूले कुनै पनि लोक दोहोरी गायकलाई नचिनेको भन्‍दै यसबारेमा प्रश्‍न नगर्न अनुरोध गरेका छन्। ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहीबार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेपछि एकाएक चर्चामा आएको थियो। देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतिशर्माले गीतमा निकै मार्मिक रुपले समेटेका थिए। पशुपति शर्माका प्राय गीत जनचेतनामूलक र व्‍यंग्यात्मक हु्न्छन्। उनले यो गीतमार्फत पनि सरकारलाई गतिलो झटारो प्रहार गरेका थिए। हुन त .... राजतन्त्रको बेलामा नारायण गोपालका गित पनि प्रतिबन्धित हुन्थे (भिडियो हेर्न मन नलाग्नेको लागि भिडियो भित्र भएको जानकारि) गितकार रत्न शम्शेर थापा सम्झन्छन - ‘त्यो खोलाको सङ्लो पानि...’ गित अश्लील भयो भनेर गोरखापत्रले सम्पादकिय नै लेख्यो र रेडियो नेपालले प्रतिबन्ध लगायो । .. गितमा "सर्बहारा" भन्ने शब्द भएकै कारणले गित प्रतिबन्ध गरिएको गितको कुरा । https://www.youtube.com/watch?... भएको के थियो भन्ने मेरो भिडियो रिपोर्ट : (माथिको पढिसकेकाको लागि भिडियो हेर्नै पर्दैन !) https://www.youtube.com/watch?...

AnandNepal · Feb 17, 2019 11:33 AM · 1,801 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion