साझा का केही रुन्चे सदस्यहरु अनि My way or Highway मनोव्रिती

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथीहरु, 90s, early 2000s को अमेरिका होइन यो - सम्पूर्ण नेपाली को उस्ताउस्तै समस्या, लघभग उस्ताउस्तै विचार , अनि तुलनात्मक रुपमा अमेरिकी संस्क्रिती / समुदाय सित त्यति अन्तरघुलन नभैसकेको अवस्था । आजको अमेरिकामा थरी थरी का छन् नेपाली हरु - पारिवारिक संरचना, शैक्षिक स्तर, पेशागत, राजनैतीक आस्था आदी को हिसाबले | अनि त्यै अनुसार आफ्ना-आफ्नै समस्या, चासो, अनि आफ्ना-आफ्नै विचार र मान्यता | त्यै अनुसार विचार मा तल माथि मतभिन्नता देखिदा केहि सदस्यहरु हरु अलि बढी नै उत्तेजित भएको देखियो। पहिलो कुरा त नेपाली समुदाय ले चालेको जुन सुकै काम मा सबै बाट वाहवाही नै आउंछ भनेर आशा राख्नु अलि बढी नै महत्वकांक्षी होला। दोस्रो हालको टिपीएस् मुद्दा , फेक असाइलम को चलखेल जस्ता बिषय हरु विवादास्पद बिषय हरु नै हुन् | यसले समस्त नेपाली समुदायलाई फाईदा गर्छ अथवा नेपाल देश अनि नेपालीको छवि मा खराब असर पुर्याउछ भन्ने विषयमा पक्ष विपक्ष दुवैमा तर्क गर्न सकिन्छ। कसैले यसको विरुद्द तर्क सहित, कुनै hate speech प्रयोग नगरिकन, बोल्दा “एन्टाइ नेपाली सेन्टिमेन्ट फैल्यायो, लौन यसलाई प्रतिबन्ध लगाइदेउ भन्दै रुन्चेपना प्रदर्शन गर्ने हरुलाई प्रश्न” – Ever heard about freedom of speech? Boy!! are you at the wrong place !

soaltee · Feb 17, 2019 10:08 AM · 1,866 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion