बसमा आपत्तिजनक हर्कत गरेको भिडियो भाइरल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । सार्वजनिक सवारीभित्र हस्तमैथुन गर्दै युवतीको कपालमा विर्य स्खलन गर्ने पुरुषको प्रहरीले खोजी थालेको छ । केही समयदेखि काठमाडौं उपत्याका सार्वजनिक सवारीमा चढेर अश्लिल क्रियाकलाप गर्दै आएका पुरुषको महानगरीय अपराध महाशाखाले खोजी थालेको हो । सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरु सार्वजनिक भएपछि प्रहरीले उनको खोजीकार्य थालेको हो । उक्त अश्लिल कार्यबाट त्रसित महिलाहरुले प्रहरीमा उजुरी दिएका थिए । केही महिला अधिकारकर्मीले प्रहरीमा दिएको उजुरीको आधारमा ति पुरुषको खोजीकार्य सुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । ‘भिडियो हेर्‍यौँ। तर को हो ? गाडी कहाँको खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौँ। सार्वजनिक सवारीमा यस्तो गतिविधि गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछ।‘ उनले भने । एसएसपी सिंहका अनुसार ति पुरुषको खोजीका लागि एउटा प्रहरी टोली नै खटिएको छ । उनले ति पुरुषबारे जानकारी भए प्रहरीलाई सहयोग गर्न आग्रह गरे । पोर्न साईटमा करिब तीन महिना अगाडि एउटा भिडियो अपलोड गरिएको छ । २ मिनेट २० सेकेन्डको भिडियोमा एक अनुहार नदेखिएका पुरुषले रोकिराखेको बसमा चढेर हस्तमैथुन गर्छन् । आफ्नो सिटभन्दा अगाडि बसेकी युवतीको कपालमा विर्यपात गराईदिन्छन् । त्यसपछि उनी त्यहाबाट बाहिर निस्किन्छन् । तर युवतीले आफ्नो कपालमा विर्यपातबारे जानकारी पाउँदिनन् । त्यस्तै अन्य भिडियोमा पनि यस्तै हर्कद देखिएका छन् । यतिबेला ति भिडियोहरु सामाजिक सञ्जालमा भाईरल बनेका छन् । धेरैले आक्रोश समेत व्यक्त गरेका छन् । महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले उपत्यकामा सेफ्टी पिन स्टिङ अपरेसन सञ्चालन गरिरहेको छ । सेफ्टी पीन नाम दिईएको अभियानका क्रममा सादा पोशाकमा प्रहरीहरु विभिन्न सार्वजनिक सवारीमा हुन्छन् । अश्लिल हर्कत गर्नेलाई नियन्त्रणमा लिन्छन् । र कारवाही अगाडि बढाउँछन् । तर ति भिडियोले महिलामाथि थप सुरक्षा चुनौती बढेको छ । मुलुकी अपराध संहिता अनुसार सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ । १० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचार प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन तथा अश्लील इशारा गर्न पाईदैन् । यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। बसमा आपत्तिजनक हर्कत गरेको भिडियो भाइरल, प्रहरी भन्छ– ‘कुनै उजुरी परेको छैन’ काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाईरल बनेको छ । सार्वजनिक यातायातमा महिला तथा बालिकामाथि हुने यौन हिंसा कम गर्न भन्दै प्रहरीले विभिन्न अभियान सञ्जालन गरेपनि उक्त भिडियोबारे प्रहरी मौन छ । काठमाडौंमा सञ्चालित सार्वजनिक सवारीमा एक युवती सिटमा बसेर यात्रा गरिरहेकी हुन्छिन् । ति युवतीको पछाडिको सिटमा एक जना युवक बस्छन् । ति पुरुषले हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्दै युवकले अगाडि बसेकी युवतीको कपालमा बिर्य स्खलन गरिदिन्छन् । र सवारीबाट बाहिर निस्किन्छन् । तर ति युवतीले आफुमाथि गरिएको उक्त हमलाबारे जानकारी पाउदिनन् । यो भिडियो अहिले सामाजिक संजालहरुमा निकै भाईरल बनेको छ । उक्त सवारीमा यात्रु कति थिए भन्ने पनि एकिन भएको देखिदैन् । उक्त कार्य गरेको भिडियो ति युवकले नै खिचेका हुन् कि जस्तो पनि देखिन्छन । यो कुन ठाउँमा भएको भन्ने ठम्याउन सकिने अवस्था छैन् । ति पीडित युवतीले अहिलेसम्म प्रहरीमा उजुरी दिएकी छैनन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले अहिलेसम्म कुनै उजुरी नआएको बताउँछन् । काठमाडौंका कुनै पनि प्रहरी कार्यालयमा उक्त घटनाबारे उजुरी नआएको र आएको खण्डमा अनुसन्धान गरिने उनको भनाई छ । उजुरी आएको खण्डमा प्रहरीले अनुसन्धान गर्ने बताउँदैं एसएपी लामा भन्छन्, ‘बिना उजुरी कसरी हामीले अपराधी पत्ता लगाउने ? पहिलो कुरा त भिडियोमा देखिएको कुरा के हो ? त्यसको लागि पीडित भनिएकी युवतीले प्रहरीमा उजुरी दिनुपर्‍यो । उजुरीको आधारमा मात्र हामी अगाडि बढ्न सक्छौं ।’ सार्वजनिक सवारीमा महिलामाथि हुने यौन दुव्र्यवहारका घटना राक्ने प्रहरीले विभिन्न अभियानहरु सञ्चालन गरेको छ । अहिले काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौन हिंसा नियन्त्रण गर्न प्रहरीले ‘सेफ्टी पीन’ अभियान नै सञ्चालन गरिरहेको छ । महानगरीय प्रहरीले सञ्चालन गरेको ‘सेफ्टी पीन’ अभियान अन्तर्गत सादा पोशाकका प्रहरी विभिन्न सार्वजनिक सवारीमा खटाईएका छन् । उनीहरुले दुव्र्यवहारविरुद्ध अवलोकन गर्दै महिला सुुरक्षा प्रदान गरिरहेका छन् । अति गोप्य र आकास्मिक रुपमा सञ्चालन हुने यस्तो अभियानले सवारी साधनमा महिलामाथि हुने सबै किसिमका हिंसा नियन्त्रण गर्न केही हदसम्म टेवा मिलेको देखिन्छ । तर यस्ता घटनाले महिलाहरु थप सशंकित भएका छन् । उक्त भिडियो भाईरल बनेपछि महिलाहरुले चर्को विरोध जनाएका छन् । उनीहरुले दोषी पत्ता लगाएर कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् । (फोटो प्रकाशन गर्न असमर्थ छौं : सम्पादक) https://kendrabindu.com/post/4... Last edited: 30-Jan-19 03:03 PM

ktmpost · Jan 30, 2019 3:02 PM · 3,593 views

1 Reply

"यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।" Wow. So you can get away with Sexual Assualt for $40 in Nepal? What a joke.

sajhamitra · Jan 30, 2019 5:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion