मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका पूर्व युवराज पारश शाहलाई साँझ पख जनरल वार्डमा सारिएको छ। दिउसो ललितपुरस्थित शिवपार्वति मन्दिर र हिरण्यवर्ण महाविहार पुगेपछि आफ्नो निवास फर्केका शाहको अपरान्ह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पताल लगिएको थियो। पूर्व युवराजको सार्वजनिक कार्यक्रममा सहयोग गर्दै आएका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतका भनाईमा, स्वास्थ्यमा सुधार आएपछि जनरल वार्ड सारिएको हो। ‘पूर्व युवराजको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ, चिन्ता लिनुपर्ने अवस्था छैन’ , ‘एन्जिओप्लाष्ट गरिएपछि उहाँलाई जनरल वार्डमा सारिएको हो।’ स्रोतका अनुसार, स्वास्थ्यमा समस्या देखिएपछि पारश भान्जा पर्ने एकजना नातेदारसँग नर्भिक अस्पताल पुगेका थिए। अहिले उनको रेखदेखमा बहिनी प्रेरणा छिन्। पत्नी हिमानी भने अस्पताल पुगेकी छैनन्। बिगत केही समययता सार्वजनिक जीवनमा नदेखिएकी हिमानी नेपालमै छिन् वा विदेशमा– त्यो एकिन हुन सकेको छैन। पारश–हिमानीका दुई छोरीहरु भने अध्ययनका लागि थाइल्याण्डको राजधानी ब्याङ्ककस्थित एक कलेजमा भर्ना गरिएका छन्। त्यसैले हिमानी अक्सर उतै रहने गर्छिन्। छोरा पारशको स्वास्थ्यमा समस्याका कारण अस्पताल भर्ना गरिएपछि आमा एवं पूर्व बडामहारानी कोमल बाराको सिमराबाट सोमबार साँझ काठमाडौँ प्रस्थान गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाह भने सिमरामै छन्, आइतबार (१३ माघ) सपत्नी सिमरा गएका उनी पारशको स्वास्थ्यमा उल्लेख्य सुधार नआए भोलि नै काठमाडौँ फर्कनेछन्। पूर्व युवराज पारसको उपचार नर्भिकका चिकित्सक डा.यादवकुमार भट्टको टोलीले गरिरहेको छ। नर्भिकको कोठा नम्बर २००० मा राखेर उपचाररत उनको स्थिति ‘क्रिटिकल र स्थिर’ रहेको अस्पतालले जनाएको छ। ‘मुटुको भल्भ खोलेर स्टेन राखेको छ। अक्सिजन दिइरहेका छौं’, अस्पतालका चिकित्सक डा.भट्टले सञ्चारकर्मीसँग भने, ‘अझै कम्तिमा दुई दिन अस्पतालै बसेर उपचार गर्नुपर्छ।
kale dai · Jan 28, 2019 8:24 PM · 3,608 views
The hell is wrong with you? He has all he needs here, with his parents and all the followers. Himani is probably taking care of her children. She is entitled to his riches by lawand doesnt need to be scheming. Nepalese just love generalizing. If she came back you'd probably be writing she left her children for the drugged up husband! Get a life.
maxpayne · Jan 28, 2019 8:41 PM
mr max....first get urself a proper name...c might be ur princess-your royal hiness` yubaragi sarkar n so on bt 4 me jus a friends formal wife.. an indian... who jus ruined my friends life jus 4 sake of fortune...as a commoner wat u writing is not an offence...ur forgiven as im replying u for the first n last time
kale dai · Jan 28, 2019 8:52 PM
lol k.
maxpayne · Jan 28, 2019 8:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion