अमेरिकामा इन्जिनियरिङ, गाउँ फर्केर भान्से अमेरिकामा ५ हजार कमाएर २५ सय जोगाउन मुस्किल आफ्नो होटलमा पर्यटकीय मौसममा दिनमै एकदेखि डेढ–लाखसम्म कमाइ मंसिर २९, २०७५कान्तिपुर संवाददातालेखनाथ — अमेरिकामा मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवाको योजना के हुन सक्छ ? भरसक अमेरिकामै राम्रो जागिर खोज्ने । जिन्दगी उतै ‘सेटल’ गर्ने । कास्की घान्द्रुकका राहुल क्षत्री भने गाउँ फर्किए । बुबाको होटलमा भान्से बने । घान्द्रुक–घोरेपानी–पुन हिल पदमार्गमा पर्ने टाडापानीमा ८ होटल छन् । तीमध्ये होटल पानोरामा प्वाइन्ट राहुलको परिवारले चलाउँछ । उनी होटलमा खाना बनाउँछन् । पर्यटकसँग अर्डर लिन्छन् । वेटर आफैं बन्छन् । फोन उठाएर ‘बुकिङ’ लिन्छन् । भेटेजति काम गर्छन् । २८ वर्षीय राहुल इन्जिनियरिङ पढेर पनि होटल सम्हादै आएका छन् । घान्द्रुक मेलाचेका उनले एसईईसम्म पर्वतको कुश्मामा पढे । पोखराबाट विज्ञानमा ‘ए लेभल’ सकाए । उच्च शिक्षा अध्ययन गर्न विदेश नै जाने साथीसँग सल्लाह भइरहेको थियो । अस्ट्ेरलिया, न्युजिल्यान्ड र अमेरिकामध्ये एक देश जाने उनको इच्छा थियो । दुई वर्षपछि अमेरिकाको भिसा लाग्यो । इदाहो स्टेट युनिभर्सिटीमा ५० प्रतिशत छात्रवृत्ति पाएर मेकानिकल इन्जिनियरिङमा स्नातक गरे ।साढे ५ वर्ष अमेरिका बसेपछि उनलाई लाग्यो, ‘अब नेपालमै फर्किन्छु ।’ उनले आफ्नो होटलमा राम्रो कारोबार भएको देखेका थिए । पर्यटकसँग बोल्न पाउँदा उनलाई रमाइलो लाग्थ्यो । अन्नपूर्ण र माछापुच्छ्रे हिमालको छाया, गाउँका टारी खेत, पाखापखेरा खुब सम्झिए । बुबालाई नेपाल नै फर्किने योजना सुनाए । बुबाले पनि नाइँनास्ती गरेनन् । ६ महिना भयो उनी नेपाल फर्किएका ।होटलमा पाए जति काम गर्नु उनका दैनिकी बनेको छ । ‘यहाँ छरछिमेक, आफन्तले अमेरिका छोडेर किन आइस् भने गाली गर्छन् कि जस्तो लागेको थियो,’ उनले भने, ‘तर, त्यस्तो भएन । धेरैले सकारात्मक रूपमा लिनुभयो ।’ उनी स्वयंलाई पनि यहाँ आएकोमा कुनै पछुतो छैन । अमेरिकामा भन्दा गाउँकै होटलमा बस्दा कमाइ र सन्तुष्टि बढी भएको उनको अनुभव छ ।‘उहाँ कमाएअनुसार खर्च हुन्छ,’ उनले भने, ‘५ हजार डलर महिनाको कमाइ छ भने कर, स्वास्थ्य बिमा, खाना, फ्ल्याट भाडा, गाडीको करमा २५ सय सकिन्छ ।’ जोगाउन जाने नेपालको कमाइले जित्ने अनुभव उनी सुनाउँछन् । हुन पनि उनको होटलमा पर्यटकीय मौसममा दिनमै एकदेखि डेढलाख रुपैयाँसम्म कमाइ हुन्छ । गाउँ फर्किनुको पछाडि अर्को एउटा कारण पनि उनले खुलाए । अन्नपूर्ण गाउँपालिका ११, मेलाचेमा गाउँको लगभग आधा जग्गा राहुलको परिवारको नाममा छ ।तर ती जमिनको उपयोग हुन सकेको छैन । बाझो जग्गामा विदेशी जातका फलफूल खेती गर्ने उनको योजना छ । एभाकाडो र किबीको खेती गर्ने, उन्नत जातको बाख्रा पाल्ने, अर्गानिक तरकारी खेती गर्ने सोच बनाएका छन् । उनले भने, ‘आफूमात्र नभई अरू गाउँलेलाई पनि व्यावसायिक कृषिमार्फत सक्षम बनाउने योजना छ ।’ अमेरिका छँदा उनले पानी किनेर तरकारी खेती गरेर पनि पैसा कमाउने देखेका छन् । गाउँमा प्रशस्त पानी हुँदा पनि उपयोग हुन नसकेको देख्दा कहिलेकाहीँ विरक्तिन्छन् ।अमेरिका बस्दा गाउँघरको खानालाई उनले खुब ‘मिस’ गरे । वनको टुसा, निगुरो, सागपात खाएर हुर्केका उनलाई अमेरिकाको प्रशोधित खानाले उतिसारो तानेन । पदयात्रामा आउने पर्यटकलाई गाउँकै परिकार खुवाउँदा उनीहरूको मुहारमा झल्किने खुसीले अमेरिका बिर्साइदिने उनी सुनाउँछन् ।उनलाई गाउँमै फर्किन उनका बुबाले सहयोगी भूमिका खेले । गाउँका युवा विदेश पलायन हुन थालेपछि कामदार अभाव भएको बेला छोरालाई गाउँमै बोलाए । छोरालाई अमेरिकासम्म पढ्न पठाउन उनले कम्ता संघर्ष गरेका थिएनन् । ३५ वर्षअघि उनी पर्यटकको भारी बोकेर अन्नपूर्ण आधार शिविर ओहोरदोहोर गर्थे ।बाटोमा पर्ने होटलले मनग्गे कमाएको उनले देखे । तीन वर्ष भारी बोकेपछि उनले आफ्नै होटल खोल्ने सोच बनाए । घान्द्रुक–घोरेपानी–पुनहिल पदमार्गमै पर्ने देउरालीमा होटल खोले । १८ वर्ष चलाए । पर्यटक ओहोरदोहोर गर्दा कि टाडापानी कि घोरेपानी बास बस्न पुग्ने गरेपछि उनलाई स्थान परिवर्तन गर्न मन लाग्यो । देउरालीको होटल ज्वाइँ छोरीलाई बेचे । टाडापानीकी सीता गुरुङसँग होटल खरिद गरे ।होटलकै कमाइ उनको परिवारको जीवनस्तर फेरिएको छ । पोखराको लामाचौरमा घर बनाएर माइली छोरीलाई राखेका छन् । कान्छी छोरी न्युजिल्यान्डमा अध्ययन गर्छिन् । श्रीमती र कान्छा छोरा होटलमै खटिन्छन् । आठवटा भैंसी पालेका छन् । अर्गानिक तरकारीको आफ्नैं बगैँचा छ । तीनजनालाई रोजगारी दिएका छन् । बुबाको मिहिनेत देखेका राहुल उनकै बाटोमा छन् ।लेकसाइडमा पनि छिट्टै होटल खोल्ने योजना बनाएका छन् । इन्जिनियरिङ पढाको अनुभव अप्रत्यक्ष रूपमा प्रयोग भइरहेको उनी बताउँछन् । कमाइ र बचतबीच सन्तुलन मिलाउन सक्ने हो भने युवा विदेशिनु नपर्ने उनको बुझाइ छ । https://www.kantipurdaily.com/...
ktmpost · Jan 23, 2019 2:04 PM · 14,314 views
कुनै काम सानो या ठुलो हुन्दैन भन्ने सिकेर देश फर्केको केटो at the end of the day what matters is the turnover.
oaksgang · Jan 23, 2019 4:40 PM
amerika ma padeka engineer lay garne nai yehi ho.... 2 4 barsa dhoti ko consultancy bata QA/BA , fire huda huda wakka bhaye pachi nepal farkera ki momo pasal , ki bhada majne . thats it
kale dai · Jan 23, 2019 6:12 PM
Timi kati choti fire bhayau kale dai?Maileta apply nai gareko chaina QA/BA ma
Hanuman1 · Jan 23, 2019 6:23 PM
Dukha lagne tara nakarna nasakine bastabikta - ‘५ हजार डलर महिनाको कमाइ छ भने कर, स्वास्थ्य बिमा, खाना, फ्ल्याट भाडा, गाडीको करमा २५ सय सकिन्छ ।’ Amrika ma basxa vanne jasto matra dekhne, afu haina America sarkar ra yaha ko Company haru matra dhani hune. Na basne Nepali ko kei pragati na Nepal desh ko.
Taaremam · Jan 23, 2019 7:00 PM
He had good option in nepal. He went back. He is happy. No need to make very big deal out of it. A thing about someone with mechanical engineering from Amrika... many mechanical engineers from pulchowk campus have proved themselves to be in par with those from US colleges. So mechanical engineering degree from US is not a big deal. A thing about mechanical engineering in Nepal.. that there is no real mechanical engineering job in Nepal except for teaching, salesman or some officer. Many people in nepal do not even know the difference between a mechanical engineer and a mechanic. So for anyone with a degree in mechanical engineering or nuclear physics or "rocket science" running tourism related business is much better deal in Nepal : So chill. It sounds like the very hyped news of this nepali guy in USA who built his own aircraft ..The part that they never talked about was that it was built out of kit that one can buy.. Last edited: 23-Jan-19 11:48 PM Last edited: 23-Jan-19 11:49 PM
GwachAquarian · Jan 23, 2019 7:02 PM
Finally ma pani ma pani aba Nepal jaadai xu, Amrika ma Tax dherai tiriyo, aba afno desh ma hotel kholne ho, tourism promote garne ho, aafnai deshlai tax tirne ho. Jai Nepal 🇳🇵
Taaremam · Jan 23, 2019 7:04 PM
Not a biggie to return back, if one has up and running business, family support and half of land in village is owned by his family. Kathmandu ka dhani vanauda haru ko 6 anna jagga hunchha poaj vane arab pati jasto. And he is true about having almost zero saving for regular job holder. I doubt folks can save anything even if they make 10k, have kids and maintain decent lifestyle .
meraj · Jan 24, 2019 7:08 AM
He can do a lot more in Nepal and he returned. That's great. People with a lot of property in Nepal can think about such options. You can live a 'royal' life there.
_ · Jan 24, 2019 10:03 AM
अँ ,विनोद चौधरीको छोरोपनि फर्क्याथ्यो..... वाहियात! नेपालमा दिनमै लाखौं अाम्दानी हुने हरू किन बस्ने त अमेरिकामा ?! If all you are after is money, then certainly US is not the best place to be nowadays. US is not for the law abiding, hardworking people anymore at least. Last edited: 24-Jan-19 10:44 PM
soaltee · Jan 24, 2019 10:43 PM
We currently have IT job available for Data Analyst /Business Analyst and QA. We are also starting new batch on Data Analyst /Business Analyst and QA classes from 2nd week of February 2019. If interested, please feel free to contact us : info@aeryntech.com
suraj_k · Jan 25, 2019 2:08 AM
Live example of how dull life is in the US. This idiot up here is so desperate to find and take advantage of another naive, helpless F1......stealing someone else's post. Good example of how US is full of crooks like him. I bet the guy can't even write anything more in proper English besides this 'copy-paste' ad up here.
soaltee · Jan 25, 2019 7:22 AM
Last edited: 25-Jan-19 08:43 AM
soaltee · Jan 25, 2019 8:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion