Can somebody please help to find the news report - probably in some LA local newspaper ?? I tried and couldn't find it. फुटबलभित्र हेरोइन १९८४ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा भएको थियो । त्यहाँ हुने ओलम्पिकमा नेपालबाट खेलकुद परिषद्का संरक्षक धीरेन्द्र शाह, सदस्य-सचिव शरदचन्द्र शाह, धीरेन्द्रका एडिसी भरत गुरुङ, तेक्वान्दो खेलाडी जगत गौचन (शाहीकालका भौतिक योजना राज्यमन्त्री) गएका थिए । यो टोलीले फुटबलभित्र हेरोइन राखेर लगेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको ब्यागेज चेक-जाँच भएन । किनकि, पञ्चायतकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजपरिवार तथा राजपरिवार सदस्यको ब्यागेज चेक-जाँच गर्न पाइन्नथ्यो । त्यतिवेलाको कानुन नै त्यस्तो थियो । ओलम्पिकमा भाग लिन त्यता हिँडेका उक्त टोलीको ब्यागेज चेक-जाँच गर्न नपाइएपछि फुटबलभित्र लुकाएर लगिएको हेरोइन अमेरिका पुर्याउन गाह्रो भएन उनीहरूलाई । तर, अमेरिका ओर्लनासाथ शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ विमानस्थलमै समातिए । अमेरिकाका लागि तात्कालिक नेपाली राजदूत विश्व प्रधान जमानी बसेर शाहलाई तत्काल छुटाइए पनि श्रेष्ठ भने अहिले पनि अमेरिकामै जेल सजाय भोग्दै छन् । शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ समातिएको खबर अमेरिकाको स्थानीय एक पत्रिकामा छापियो । त्यो समाचार हाम्रो (विमर्श साप्ताहिक) पत्रिकाका एक पाठकले पढेछन् । समाचार पढ्नासाथ प्रकाशित समाचारको कटिङ उनले हामीलाई अमेरिकाबाट फ्याक्स गरिदिए । त्यही समाचार कटिङलाई स्रोत बनाएर हामीले समाचार छाप्यौँ । विमर्शमा छापिएको समाचारको कटिङ भूमिगत गिरोहका आफन्तले फ्याक्स गरी अमेरिका पठाएछन् । अमेरिकामा मात्रै नभएर उनीहरूले गर्दै आएका अवैध काम सारा नेपालीलाई थाहा भयो । त्यतिवेला हामीले एक हजारप्रति पत्रिका हुलाकबाट संसारभरि पठाउँथ्यौँ । तसर्थ, त्यो खबर देश-विदेशमा रहेका नेपालीले थाहा पाए । त्यसो भएपछि ममाथि उनीहरूले अपराध चिताउन बाध्य भए । so far, I have collected this much. https://www.youtube.com/watch?... Last edited: 18-Jan-19 10:10 AM
AnandNepal · Jan 18, 2019 10:08 AM · 17,661 views
That Nepali worded news is from Nayapatrika right? The article was around from 2010 looks like Is that guy mentioned in this article still in US jail? If that's the case we can definitely do something. Last edited: 18-Jan-19 12:16 PM
tpsadvoc · Jan 18, 2019 12:09 PM
Yes..@tpsadvoc The original article is not available now - I found the article in archive. https://web.archive.org/web/20... Sharad Chandra Shaha has already died ... I don't know about Krishnaman Shrestha
AnandNepal · Jan 18, 2019 12:47 PM
We should reach out to the journalist who wrote that article.
tpsadvoc · Jan 18, 2019 3:15 PM
http://meromalika.blogspot.com... यसकारण गोली हानियो मलाई : पदम ठकुराठी मूर्ति तस्कर पूर्वराजा ज्ञानेन्द्र ३६ को जनमतसंग्रहपछि नेपालमा आएको राजनीतिक खुकुलोपनको लाभ त्यतिवेलाका महापञ्च सूर्यर्बहादुर थापाले पनि लिए । सरकारबाट बहिर्गमन भएपछि र लोकेन्द्रबहादुर चन्दसँग दूरी बढेपछि थापाले एकप्रकारले राष्ट्रिय पञ्चायतमा विपक्षीको भूमिका निर्वाह गर्न थाले । यसै क्रममा उनले भूमिगत गिरोहको पर्दाफास गर्न थालेका थिए । पत्रकारिताबाट यसको नेतृत्व तत्कालीन पत्रकार पदम ठकुराठीले गरेका थिए । फलस्वरूप उनलाई भूमिगत गिरोहले हत्याको प्रयास गर्यो । २० भदौ ०४३ मा उनलाई गोली हानियो । यस गोलीकाण्डको पृष्ठभूमिबारे ठकुराठी यसो भन्छन्: राजनीति छाडेर पत्रकारिता राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिएको थिएँ, हारेँ । यो ०३८ सालको कुरा हो । मैले चुनाव हार्नुपछाडि भूमिगत गिरोह (कानुनी जिम्मेवारी नभएका, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने) को हात थियो । राजनीतिमा बन्दै गएको मेरो छवि मन नपराउनेहरू पनि थिए । रापंसमा हारेपछि राजनीतिप्रति मोहभंग भयो । त्यसपछि लागेँ- पत्रकारितातिर । यता आउनुका कारण थियो- दरबारियाले पञ्चायतलाई माध्यम बनाएर नेपाल र नेपालीको शोषण गरिरहेको छ, त्यसविरुद्ध जनमत नबनाएसम्म यहाँ परिवर्तन सम्भव छैन । त्यो काम सम्भव बनाउन पत्रकारितातिर लागेँ म । क्रमशः पत्रकारितामै रत्तिन थालेँ । राजनीतिमै भविष्य खोज्न प्रतिबद्ध म, भएँ पत्रकार । त्यतिवेला हाम्रो मिसन नै थियो- भूमिगत गिरोहविरुद्ध धर्मयुद्ध -जेहाद) छेड्ने । भूमिगत गिरोह भनेको कानुनी जिम्मेवारी नभएका या बोक्नु नपर्ने, तर जिम्मेवार व्यक्तिबाट गैरजिम्मेवार काम गराएर फाइदा लिने तत्त्वलाई हामी भूमिगत गिरोह भन्छौँ भनेर पत्रिकामै परिभाषा गरिदिएका थियौं । त्यसो भनेपछि भूमिगत गिरोह भनेको यिनीहरू रहेछन् भनेर सबैलाई थाहा भयो । भूमिगत गिरोहको षड्यन्त्र पञ्चायतकालमा राजा र राजपरिवार संविधानभन्दा माथि थिए । यसको दुरुपयोग गर्दै उनीहरूले व्यक्तिगत फाइदा उठाइरहेका थिए । त्यस्ता कैयौँ घटना मलाई थाहा थियो । ती कुरा पत्रिकाको माध्यमबाट सार्वजनिक गर्न थालेँ । त्यसो भएपछि उनीहरू तिलमिलाए । त्यसपछि मलाई उनीहरूले दुःख दिन थाले । धम्क्याए । पत्रिका सिज गरे । २५ पटकसम्म त जेल हाले । तर, म कति पनि विचलित भइनँ । किनकि म आफ्नो मिसनमा प्रतिबद्ध भएर लागेको थिएँ । उनीहरूले त्यसरी दुःख दिँदा मलाई एकखालको आनन्द लाग्थ्यो, किनकि म आफ्नो मिसनमा सफलता पाउँदै गइरहेको अनुभूत गर्थेँ । लाग्थ्यो- पत्रकारिताबाटै भूमिगत गिरोहलाई तह लगाउँछु म । पत्रकारिताको शक्तिमाथि म पूर्णतः विश्वस्त थिएँ । म भलिभाँती जान्दथेँ- कलमको तागत कति हुन्छ । जाँदा मूर्ति आउँदा सुन नेपालमा अब सक्कली मूर्ति बाँकी छैनन् भन्न सकिन्छ । पशुपतिनाथका चाहिँ भन्न सक्दिनँ । तीबाहेक सबै मूर्ति विदेश पुर्याइएका छन् । सक्कली मूर्तिका ठाउँमा प्रतिलिपि र प्रतिकृति स्थापना गरिएका हुन् । मूर्तिका साथै मन्दिरका टुँडाल र हस्तलिखित ग्रन्थसमेत विदेश पुर्याइएका छन् । विदेश पुर्याउने पूर्वराजा ज्ञानेन्द्र थिए । उनै हुन्- विदेशबाट आउँदा सुन र हेरोइन ल्याउने पनि । त्यतिवेला नेपाल र भारतमा एकतोला सुनको भाउमा तीन सय रुपैयाँको फरक थियो । तसर्थ, विदेशबाट ल्याइएका सुन भारत निर्यात गरिन्थ्यो । सुन भारत निर्यात गर्न धनगढीलाई उपयुक्त मानिन्थ्यो । किनकि, त्यहाँ धीरेन्द्रको लगानीमा लक्ष्मी कत्था उद्योग सञ्चालित थियो । सो उद्योगले सुनको बिस्कुट आकारकै कत्था बनाई कत्थाभित्र सुनको बिस्कुट हालेर भारत पठाउँथ्यो । त्यो जानकारी हाम्रो पत्रिकाको सूत्रले थाहा पाएपछि विमर्शमा समाचार छापियोे । समाचार छापिएपछि भूमिगत गिरोहले मलाई वाच गर्न थाले । मागेजति पैसा दिने प्रलोभन धीरेन्द्र शाहका एडिसी भरत गुरुङले मलाई फोन गरे । गुरुङले फोनमै भने, 'तपाईंले पत्रकारिता छाड्नुपर्यो । छाडेबापत जति माग्नुहुन्छ त्यति पैसा र पद-प्रतिष्ठा मालिकबाट दिलाइदिन्छु ।' त्यो प्रस्तावको ठाडो अस्वीकार गरेँ । प्रतिउत्तरमा मैले गुरुङलाई भनेँ, 'मलाई तिम्रो मालिकको पैसाको लोभ छैन । चाहिँदैन पद-प्रतिष्ठा पनि । मलाई पाठकले दिएको माया नै मेरा लागि अमूल्य सम्पत्ति हो ।' मैले पत्रकारिता छाडेमा उनीहरूको अवैध धन्धा निर्वाध चलिरहन्थ्यो । म त्यसको विपक्षमा थिएँ । बारम्बार मलाई उनीहरूले फकाउने प्रयास गरे । म उनीहरूको प्रलोभनमा परिनँ । मलाई निष्त्रिय पार्न खोजियो । म झनै सक्रिय बनेँ । भूमिगत गिरोहबाट आएका प्रलोभन मेरा लागि सक्रिय भएर पत्रकारितामा लाग्ने थप ऊर्जा बन्यो । कति गर्दा पनि उनीहरू सफल भएनन् । पत्रिका निरन्तर प्रकाशन भइरह्यो । उनीहरूले गरेका गलत कामको समाचार आउन पनि छाडेन । फुटबलभित्र हेरोइन सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो सत्ता हो । त्यही सत्ताको खोजीमा हुन्छन् उनीहरू । १९८४ को ओलम्पिक अमेरिकाको लसएन्जल्समा भएको थियो । त्यहाँ हुने ओलम्पिकमा नेपालबाट खेलकुद परिषद्का संरक्षक धीरेन्द्र शाह, सदस्य-सचिव शरदचन्द्र शाह, धीरेन्द्रका एडिसी भरत गुरुङ, तेक्वान्दो खेलाडी जगत गौचन (शाहीकालका भौतिक योजना राज्यमन्त्री) गएका थिए । यो टोलीले फुटबलभित्र हेरोइन राखेर लगेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूको ब्यागेज चेक-जाँच भएन । किनकि, पञ्चायतकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजपरिवार तथा राजपरिवार सदस्यको ब्यागेज चेक-जाँच गर्न पाइन्नथ्यो । त्यतिवेलाको कानुन नै त्यस्तो थियो । ओलम्पिकमा भाग लिन त्यता हिँडेका उक्त टोलीको ब्यागेज चेक-जाँच गर्न नपाइएपछि फुटबलभित्र लुकाएर लगिएको हेरोइन अमेरिका पुर्याउन गाह्रो भएन उनीहरूलाई । तर, अमेरिका ओर्लनासाथ शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ विमानस्थलमै समातिए । अमेरिकाका लागि तात्कालिक नेपाली राजदूत विश्व प्रधान जमानी बसेर शाहलाई तत्काल छुटाइए पनि श्रेष्ठ भने अहिले पनि अमेरिकामै जेल सजाय भोग्दै छन् । अमेरिकाबाट फ्याक्स शरदचन्द्र शाह र कृष्णमान श्रेष्ठ समातिएको खबर अमेरिकाको स्थानीय एक पत्रिकामा छापियो । त्यो समाचार हाम्रो (विमर्श साप्ताहिक) पत्रिकाका एक पाठकले पढेछन् । समाचार पढ्नासाथ प्रकाशित समाचारको कटिङ उनले हामीलाई अमेरिकाबाट फ्याक्स गरिदिए । त्यही समाचार कटिङलाई स्रोत बनाएर हामीले समाचार छाप्यौँ । विमर्शमा छापिएको समाचारको कटिङ भूमिगत गिरोहका आफन्तले फ्याक्स गरी अमेरिका पठाएछन् । अमेरिकामा मात्रै नभएर उनीहरूले गर्दै आएका अवैध काम सारा नेपालीलाई थाहा भयो । त्यतिवेला हामीले एक हजारप्रति पत्रिका हुलाकबाट संसारभरि पठाउँथ्यौँ । तसर्थ, त्यो खबर देश-विदेशमा रहेका नेपालीले थाहा पाए । त्यसो भएपछि ममाथि उनीहरूले अपराध चिताउन बाध्य भए । अन्ततः मार्ने योजना अन्ततः मलाई मार्ने योजना बनाइयो । त्यो पनि नेपालमा नभएर, अमेरिकाको लसएन्जल्समा । लसएन्जल्सको एक होटलमा बसेको छलफलमा धीरेन्द्र शाह, शरदचन्द्र शाह, भरत गुरुङ र दुई विदेशी सहभागी थिए रे । मलाई मार्न जगत गौचनलाई प्रस्ताव राखियो । गौचनले सो प्रस्ताव सहर्ष स्विकारे । ३० चैत ०४३ को रापंस चुनावमा म्याग्दीको शिख गाउँ विकास समितिको मूलपानी गोलीकाण्डमा हिराबहादुर पुन, हिरालाल फगामी र सुरेश सेर्बुजाको मृत्यु भयो भने आइमती पाइचाको आँखामा गोली लाग्यो, १० घाइते र ४० विस्थापित भएका थिए । सो गोलीकाण्ड तात्कालिक रापंस सदस्य भीमप्रसाद गौचनको निर्देशनमा भएको थियो भन्ने समाचार विमर्शमा छापिएको थियो । त्यसको रिस फेर्न चाहिरहेका थिए जगत गौचनले । जसको बदला लिन उनी आतुर थिए । धीरेन्द्र, शरद र भरत नेपाल र्फकनुअघि नै मलाई सिध्याइसक्नुपर्ने उर्दी जारी गरिएको रहेछ । आज्ञापालक जगत गौचनले ओलम्पिकबाट र्फकनसाथ काम कुरा अगाडि बढाए । पेस्तोल चलाउन तालिम थाहा पाएसम्म निरन्तर दरबार र दरबारियाको समाचार लेखिरहेँ । उनीहरूका बारेमा समाचार लेख्ोबापत म राजाविरोधी पत्रकार भएको थएँ । त्यसकारण म उनीहरूका लागि आँखाको कसिंगर भएँ । मेरो अस्तित्व रहेसम्म कसिंगर पन्छाउनु त्यति सजिलो थिएन । कसिंगर पन्छाउनु भनेको मेरो अस्तित्व सिध्याउनु हो । त्यसैअनुसार मलाई सिध्याउन उनीहरू लागिपरे । जगतले टंक गौचनमार्फत विकास गुरुङ फेलापारे । मलाई सिध्याउन विकासलाई तयार पारियो । गुरुङ स्याङ्जाको आँधीखोलामा एकजनाको हत्या गरी काठमाडौँ पसेका रहेछन् । त्यो मुद्दा जगतले जिताइदिन्छु भन्ने आश्वासन दिएपछि विकास मलाई सिध्याउन तयार भएका रहेछन् । मलाई खुकुरी प्रहार गरी मार्नु भनिए पनि गुरुङले नमानेपछि पेस्तोल तयार पारिएको रहेछ । तयार पारेपछि विकासलाई पेस्तोल चलाउने तालिम गराइयो । तालिम फर्पिङको हात्तीवनमा भएको थियो । गोली भने प्रदीपले नीरशमशेरका नाति विनयशमशेरबाट हात पारेका थिए । नरशमशेरको पेस्तोल विकास गुरुङले तालिममा चलाएको पेस्तोल नरशमशेरको थियो । नरशमशेरका छोरा प्रदीपशमशेर जगत गौचनका चेला थिए । मतलब गौचनले प्रदीपलाई तेक्वान्दो तालिम गराउँथे । उनै चेला प्रदीपमार्फत गौचनले नरशमशेरका पेस्तोल हात पारे । नाइन एमएमको सो पेस्तोल स्विट्जरल्यान्ड जाँदा त्यहाँका एक पेस्तोल कम्पनीले दुईवटा पेस्तोल उपहार दिएको रहेछ । त्यसमध्ये एउटा त्रिभुवनले राखे र अर्का नरशमशेरलाई दिएका थिए । २० भदौ ०४३ मा त्यही पेस्तोलले मलाई गोली हानियो । गोली हानेका थिए- उनै विकास गुरुङले । गोली हानेको ३५ दिनसम्म मेरो होस खुलेन । मेरो उपचार बंैककको समितिभेज अस्पतालमा भएको हो । दुई महिनासम्मको उपचारपछि म जाती भएँ । उपचारका लागि लगभग २५ लाख खर्च भयो । पाँच सय पाउन्ड मात्रै खर्च भयो मेरो । बाँकी आमनेपाली शुभचिन्तकको सहयोगले मेरो उपचार सम्भव भएको थियो । सात हजार सरकारले दिएका थिए । मलाई गोली हानिएपछि मेरा मित्रहरूले नेपाल टेलिभिजनबाट 'पदम ठकुराठी उपचार कोष' गठन भएको सूचना प्रवाह गरेपछि मेरो उपचारका लागि त्यतिविधि रुपैयाँ जम्मा भएको थियो । त्यतिवेला मागेजति रुपैयाँ र पद-प्रतिष्ठामा बिकेको भए आज म पदम ठकुराठी हुने थिइनँ । http://www.nayapatrika.net/new... प्रस्तुतिः दीपेन्द्र राई
ktmpost · Jan 18, 2019 9:11 PM
तस्विर: रवि मानन्धर - राजकुमार बानियाँ घरबाट निस्केपछि तारन्तार ‘नमस्ते’ पाउन थाल्छन्, पदम ठकुराठी, ६९ । गणना गर्ने हो भने यो संख्या दैनिक ३०–४० सम्म पुग्छ । परिचितको पनि नमस्ते ! अपरिचितको पनि नमस्ते ! नमस्ते फर्काउनुको विकल्पै छैन । उनलाई धेरैले चिन्छन्, उनले केहीलाई मात्र । ठकुराठीलाई थाहा छ– त्यो नमस्कार ३१ वर्षे बोनस जिन्दगीलाई हो । त्यो नमस्कार भ्रष्टाचार र अनियमितताविरुद्धको जनमत हो । र, साहसी पत्रकारका लागि कोटिकोटि पुरस्कार पनि । ठकुराठीको दाहिनेपट्टि निधारको लाम्चो खाल्टो अनि प्लास्टिकको आँखाको अन्तर्कथा बेग्लै छ । नेपालका लागि ‘वाटरगेट स्क्यान्डल’का बब उडवर्ड र कार्ल बर्नस्टिनजस्तै विशेष पत्रकार हुन् ठकुराठी । “मलाई चर्चित बनाइदिएको पत्रकारिताले नै हो,” उनी स्वीकार्छन्, “अझ बढी चर्चित भने गोली खाएपछि भएको हुँ ।” उनी कति चर्चित छन् भने पोखरामा डाइलेन्टिन नामक औषधि किन्न जाँदा पसलेले ठम्याइहाले, ‘तपाईं पदम ठकुराठी हो ?’ पसलेले आफ्नो कुर्सी छाडिदिए र भने ‘बसौँ हजुर ।’ र, अर्को पसलबाट औषधि खोजेर ल्याइदिए । पैसासमेत लिन मानेनन् । डडेल्धुरा सदरमुकाम खलंगा (हाल: अमरगढी)मा जन्मेहुर्केका ठकुराठीका पिता भारतबाट कपडा ल्याएर डोटीको सिलगढीमा व्यापार गर्थे । अमरगढीको महेन्द्र हाई स्कुलबाट ०२१ मा एसएलसी गरेपछि उनी काठमाडौँ आए । त्यतिबेला दुईवटा कलेज थिए पब्लिक साइन्स र त्रिचन्द्र । साइन्सको फारम भर्न सेकेन्ड डिभिजन चाहिने । ठकुराठीको गान्धी डिभिजन मात्रै । विवश भएर आईए पढे त्रिचन्द्रमा । इन्जिनियर बनाउन चाहेका जेठा छोरालाई पिताले झपारे, ‘किन आट्स पढेको ?’ बेलिविस्तार सुनेपछि उनी सोझै पुगे, आफ्ना मित्र शिक्षामन्त्री पुष्करनाथ उप्रेती (डडेलधुरा)कहाँ । मन्त्रीलाई पिताले ‘कन्भिन्स’ गरेछन्, ‘मास्टर नै नपाउने दुर्गम ठाउँमा कसरी ल्याउने सेकेन्ड डिभिजन ?’ मन्त्रीले तोक लगाइदिए– थर्ड डिभिजन भए पनि साइन्स पढाइदिनू । अनि, ठकुराठी आईए पढ्दापढ्दै साइन्समा भर्ती भए । त्यही बेला विद्यार्थी आन्दोलन सुरु भयो । पढ्न चाहने विद्यार्थीको हस्ताक्षर अभियानको बैठक आरके मिठाई पसल भोटाहिटीमा बस्यो र उनलाई स्वतन्त्र विद्यार्थी युनियनको नेता चुन्यो । पढाइमा भन्दा संगठनलाई समय दिनुपरेपछि उनलाई के थाहा भयो भने यस्तो चालले आईएस्सी पार लाग्दैन । सुटुक्क आईएको फारम भरे र न्य्हौखाका साथी जीवनलाल श्रेष्ठको घरमा बसेर जाँच दिए । उनी सेकेन्ड डिभिजनमा पास भए, साथी फेल । उनी आफू पास भएको खुसीभन्दा साथी फेल भएकामा दु:खी भए । उनको परिवार बसाइँ सरिसकेको थियो, कञ्चनपुर । उनले के थाहा पाए भने राजा महेन्द्र दिनभरि शुक्लाफाँटामा सिकार खेल्छन्, साँझ अस्थायी क्याम्पमा जनतालाई दर्शनभेट दिन्छन् । सात–आठ सय जनाको लाइन छिचोलेर राजालाई उनले फर्माए, ‘सरकार, म यहाँकै सेवक पदम ठकुराठी ।’ राजाले ‘म तिमीलाई भेट्छु’ भनेपछि उनी रोकिए । टिनको गद्दावाल सोफामा बसेर क्रोभेन चुरोट तानिरहेका राजाले सोधे, ‘ठकुराठी भनेको ठकुरी हो ?’ राजासँग त्यो पहिलो भेट थिएन । ०१४ मै ‘हाई स्कुल निगाह होस् सरकार’ सुनाइसकेका रहेछन् । राजाले स्कुल भवनका लागि रकम निकासा गराइदिएको स्मरण गराए । राजाले भने, ‘ तिमीहरूजस्तो युवकले पञ्चायत व्यवस्थालाई सहयोग गर्नुपर्यो ।’ उनले भनेछन्, ‘यस्तो भ्रष्ट व्यवस्थालाई कसरी समर्थन गर्ने ?’ उनले भ्रष्टाचारका फेहरिस्त दिए । राजाले तत्काल गृहमन्त्री शैलेन्द्रकुमार उपाध्यायलाई उर्दी गरे । मन्त्रीसित उनी फिल्डमा गए । केही दिनमै रेडियो नेपालमा समाचार आयो, भन्सारका खरिदार, सिँचाइ हाकिम र इन्स्पेक्टर बजगाईं बर्खास्त । २४ घन्टाभित्रै जिल्ला छाड्न आदेश । राजाले उनलाई भनेका थिए, ‘कहीँ भ्रष्टाचार देखे मलाई खबर गर । तुरुन्त कारबाही गर्छु ।’ राजाले सम्पर्क व्यक्ति पनि तोके, निजी सचिव मधुसूदन राजभण्डारी । राजासँग सर्त राखे उनले, ‘कांग्रेस र कम्युनिस्टका विद्यार्थी संगठनका पर्चा, पम्पलेट गोरखपुर र बनारसबाट छापिएर आउँछन्, हातले लेखेर कसरी प्रतिवाद गर्ने ? साथीहरूले माने समर्थन गरौँला ।’ उनले आफ्ना विश्वासपात्र विसन शाही र शिवहरि पौडेलसँग सरसल्लाह गरे । दरबारकै आडभरोसामा २५ असोज ०२७ मा राजाले दिएकै नाममा संगठन खोले, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल । ठकुराठी संस्थापक अध्यक्ष भए । प्रजापति कोइराला, परमेश्वर शाक्य, खिलेन्द्रप्रताप केसी, दिलीप गिरीलगायत संस्थापक सदस्य । संगठनमा कमल थापा, दीपक बोहरा, निरञ्जन थापा आदिलाई भित्र्याए । “मैले नेपाल विद्यार्थी संगठन नाम राख्न चाहेको थिएँ, राजाले रुचाएनन्,” उनी सम्झन्छन्, “पहिलेको मण्डलमा राजनीतिक संस्कार र सुझबुझ थियो । पछि गुण्डागर्दी बढेर मण्डलेका रूपमा बदनाम भयो ।” यति हुँदाहुँदै पनि राष्ट्रिय पञ्चायतमा लड्नका लागि ठकुराठीको योग्यता पुगेन । गाउँ, जिल्ला या जनवर्गीय संगठनमा काम गरेको या गाउँफर्कबाट अनुमोदन भएको हुनुपथ्र्यो । उनले क्षेत्रीय भ्रमणमा रहेका राजा वीरेन्द्रसँग ‘आफ्नो राजनीतिक करिअरमा पञ्चायत नै अवरोध भएको’ दुखेसो पोखे । राजाले संविधान नै संशोधन गरिदिए, विद्यार्थी मण्डलका पूर्वसभापतिका हकमा गाउँफर्कको अनुमोदन नचाहिने । ठकुराठी ०३४ मा कञ्चनपुर क्षेत्रबाट चुनाव उठे र ‘हेबी वेट’ लबरु राना थारुलाई पछारे । “राजा वीरेन्द्रबाट मलाई प्राप्त भएको एक मात्र कृपा त्यही हो,” उनी भन्छन्, “राजा महेन्द्रको अल्पायुमै निधन नभएको भए मेरो करिअर निकै अगाडि बढ्थ्यो ।” त्यतिबेला ठकुराठी सबैभन्दा कान्छा राष्ट्रिय पञ्चायत सदस्य थिए भने जेठा मातृकाप्रसाद कोइराला । कान्छा २९ वर्षका अनि जेठा ७० वर्षका । अविवाहित रापंस पनि उनै मात्र थिए । उनले राष्ट्रिय पञ्चायतको ‘शून्य समय’मा पहिलोपल्ट राजाका भाइहरू ज्ञानेन्द्र र धीरेन्द्र शाहलाई संकेत गरी ‘भूमिगत गिरोह’ र ‘गैरसंवैधानिक शक्तिकेन्द्र’ शब्द प्रयोग गरे । “राजपरिवारका सदस्यलाई इसारा गर्दासमेत राजकाज ऐन लाग्थ्यो,” उनी सम्झन्छन्, “त्यतिबेला उदारवादी पञ्चको नेतृत्व थापाले गर्थे भने अनुदारवादी पञ्चको नेतृत्व अप्रत्यक्ष रूपमा अधिराजकुमार ज्ञानेन्द्रले ।” त्यसको बदला लिइयो, ०३९ को राष्ट्रिय पञ्चायतको चुनावमा । उनी लबरु रानाबाटै चुनाव हराइए । यतिखेर उनी अरू युवतीको चक्करबाट फुस्केर मैतीदेवीकी मनसा थापासँग ‘लभ अफेयर’मा थिए र २३ असार ०३९ मा घरजम गरे । अहिले छोरा सिर्जन डाक्टर छन् भने छोरी सृष्टि अमेरिकामा । भूमिगत गिरोहविरुद्ध धर्मयुद्धका लागि ठकुराठीलाई सातदिने अखबार साप्ताहिक मञ्चको प्रधान सम्पादकको प्रस्ताव आयो । सुरुमा अनकनाए, ‘मैले पत्रिका मात्र पढेको छु, पत्रिकामा काम गरेको छैन । पत्रकारिता पढेको छैन । कसरी सम्पादक बन्ने ?’ युवा पञ्च जनार्दन आचार्यलगायतले उकासे, ‘नेपालमा तपाईंजति चर्चित कोही छैन । तपाईंको विकल्प छैन ।’ उनी सरासर संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि उद्धवदेव भट्टको घर गए । भट्टले सल्लाह दिए, ‘साप्ताहिक पत्रिका समाचारभन्दा विचारका लागि पढ्ने हो । राम्रा लेखकहरूलाई ठाउँ दिने हो भने पाठकले पत्रिका किन्छन् ।’ निस्कने बेला भट्टका भान्जा गुड्डु (विजयकुमार पाण्डे)ले पछ्याए र भने, ‘मैले ओभरसियर पढेको छु । मलाई पत्रिकामा काम गर्ने इच्छा छ ।’ ठकुराठीले अन्तिम पृष्ठमा ‘ आदि–इत्यादि’ स्तम्भ दिए ससर्त– स्पेस दिने, दाम नदिने । गोरखापत्रभन्दा सानो तर समाज र समीक्षाभन्दा ठूलो साइजमा हाइडलबर्ग मेसिनमा छापिन थाल्यो साप्ताहिक मञ्च । अन्तर्वार्ता ठकुराठीले लिन्थे, उज्ज्वलकुन्दन ज्यापूले कार्टुन बनाउँथे । धु्रवचन्द्र गौतम, नारायणबहादुर सिंह, ध्रुवहरि अधिकारी, खेमराज केशवशरण र नरेश अधिकारी स्तम्भकार । “मैले सोखले या जानेर पत्रकारिता गरेको होइन,” उनी स्मरण गर्छन्, “पत्रिका बन्द भए मेरै अयोग्यता देखिन्थ्यो ।” एक वर्षको अन्तरालमा ठकुराठी २० पल्ट थुनिए । कहिले दुई दिन, कहिले पाँच दिन त कहिले सात दिन । प्रशासनले पत्रिका ननिकालोस् भनेर कहिले छापाखाना रहेको लगनमा बिजुली काटिदिन्थ्यो, कहिले आठै जना कम्पोजिटरलाई लगेर थुनिदिन्थ्यो । उनकै शब्दमा ‘माफियाको गोटी’ बनेको भूमिगत गिरोह मूर्ति चोरी र सुन तस्करीको समाचार आउन थालेपछि तिलमिलायो । “देशबाहिर जाँदा र आउँदा राजपरिवारको लगेज चेक गरिन्थेन,” उनी सुनाउँछन्, “राजपरिवारकै सदस्यहरू मन्दिरका मूर्ति, चरेस र सुनका कारोबार गर्थे । पशुपतिनाथबाहेक अन्य मन्दिरमा सक्कली मूर्ति बाँकी छैनन् ।” राजाका भाइ धीरेन्द्रका एडीसी भरत गुरुङको उक्साहटमा प्रकाशक वैकुण्ठनारायण प्रधानले ठकुराठीलाई हटाए । उनको टिमै डेरा सर्यो, जनज्योति साप्ताहिकमा । हरिहर विरहीले लिएको योगी नरहरिनाथको अन्तर्वार्ता ‘छाता ओड्ने मान्छे आफैँले बोकेर हिँड्नुपर्छ’ ले बबाल मच्चियो । राजारानीलाई संकेत गरेको ठानी योगीलाई भैरहवा कटाइयो भने विरही समातिए । प्रकाशक शिवकुमार खड्का फरार भए । ठकुराठीले कुम्लो बिसाए, नेपाली आवाजमा । त्यो पत्रिका पनि भरत जंगमले हडपेपछि लागे साप्ताहिक विमर्शतिर बाटुलेघरमा । मुद्दा खेप्दाखेप्दा हत्तुहैरान भएका कानुनी सल्लाहकार वेदप्रकाश शिवाकोटीले उनलाई सोधे, ‘तपाईंको इच्छा प्रधान सम्पादक हुने हो कि पत्रिका निकालिरहने ?’ सम्पादक पक्राउ परे पनि पत्रिका निकालिरहने उद्देश्यले अतिथि सम्पादक मात्रै बसे । एक दिन भरत गुरुङको फोन आयो उनको घरमा, ‘तपाईंसँग मालिक साह्रै रिसाइबक्सेको छ ।’ उनले भने, ‘तँ रिसाएको हो कि तेरो मालिक ? तेरो मालिक रिसाएको भए उसैले फोन गर्नुपर्ने हो ।’ भरतले प्रलोभन दिए, ‘ तपाईंले पत्रकारिता छोड्नुपर्यो, एक करोड रुपियाँसहित प्रतिष्ठित पद मिलाइदिन्छु ।’ करिब ३९ वर्षका ठकुराठीले भने, ‘मैले हानेको गोली ठीक ठाउँमा लागेको रहेछ । मलाई तेरो मालिकको पैसा र पिउन पद पनि चाहिँदैन, पदम ठकुराठी बिक्रीको माल होइन ।’ त्यसको एक महिनापछि धीरेन्द्र शाह, शरदचन्द्र शाह, भरत गुरुङ, जगत गौचन र कृष्णमान श्रेष्ठ लसएन्जलस ओलम्पिकमा गएका थिए । फुटबलभित्र हेरोइन हालेको अभियोगमा अमेरिकी अध्यागमनद्वारा शरदचन्द्र शाह र कृष्णमान जोशी समातिएको समाचार अमेरिकामै बस्ने नेपालीले फ्याक्सबाट पठाइदिए ठकुराठीलाई । त्यो विमर्शको पहिलो पृष्ठमै छापियो । पछि शरदचन्द्र छुटे, कृष्णमान करिब सात वर्ष त्यहीँको जेलमा सडे । त्यही शृंखलामा श्रीरंग पाठकको घर बानेश्वरमा २० भदौ ०४३ को बिहान साढे ४ बजेतिर सुतिरहेका बेला उनलाई ‘सार्प सुटर’ विकास गुरुङले गोली हाने । उनलाई गोली दागेको पेस्तोल पनि चानेचुने थिएन । राजा त्रिभुवन ज्युरिच जाँदा जर्मनीको पाउजर कम्पनीले दुई पेस्तोल उपहार दिएको रहेछ । राजाले एउटा आफूसँग राखे, अर्को नरशमशेरलाई बक्सिस दिए । नरशमशेरको त्यही पेस्तोल उनका छोरा प्रदीपशमशेरमार्फत गुरुङको हातमा पुर्याइएको रहेछ । बैंककको समितिभेज अस्पताल लगियो उनलाई । गोली टाउकोबाट आँखाबाहिर गएर अड्केको थियो । दाहिने आँखा निस्केको थियो भने हड्डी मस्तिष्कतिर गएको । प्रख्यात न्युरो सर्जन शिवाले पत्नी मनसालाई भनेका रहेछन्, ‘बिरामीलाई पक्षघात हुन सक्छ, मानसिक अवस्था खलबलिन सक्छ या नवजात शिशुजस्तो अवस्था हुन सक्छ ।’ तर, चमत्कार भयो, ३५औँ दिनमा । उनको उपचारमा ३० लाख रुपियाँ खर्च भयो । आफ्नो खर्च जम्मा पाँच सय पाउन्ड मात्रै । बाँकी सात हजार डलर सरकारले दियो भने केही रकम पदम ठकुराठी उपचार कोषमा उठ्यो । “सूर्यबहादुर थापाले चलाएको पत्रिका ठानेर मारवाडी व्यापारीहरूले ४० लाखजति बुझाएका रहेछन् । थापाले जनार्दन आचार्यमार्फत तीन किस्ता गरेर २ लाख ५५ हजार मात्र दिए,” उनी सम्झिन्छन्, “म आठ हजार भाटमा प्लास्टिकको आँखा हालेर घर फर्किएँ ।” राजा वीरेन्द्रलाई दिपायलमा भेटेपछि बल्ल त्यो घटनाको छानबिन भयो र दोषीहरूलाई कसुर अनुसार ६ महिनादेखि १४ वर्षसम्म कैद भयो । “०५१ मा मध्यावधि चुनावको घोषणा भइसकेपछि गिरिजाप्रसाद कोइरालाले त्यो सरकारवादी मुद्दा फिर्ता लिए,” ठकुराठीको आरोप छ, “भरत गुरुङको मात्रै एक अर्बको बिगो थियो । त्यसै कारण उनले गिरिजाप्रसादलाई आठ करोड रुपियाँ बुझाए ।” त्यो गोलीकाण्डपछि नियमित पत्रकारितामा फर्किन सकेनन् ठकुराठी । तर, पत्रपत्रिकामा लेख्ने काम भने छाडेनन् । नेपालीपत्रको सम्पादक भए छोटो समय । ०४६ मा बहुदलको पक्षमा लाग्दा १७ दिन थुनिए । “सञ्चारकर्मीका लागि सूचना नै सबैभन्दा ठूलो सत्ता हो,” उनी भन्छन्, “वास्तविक पत्रकार सदैव त्यही सत्ताको खोजीमा हुन्छ ।” प्रधानमन्त्री शेरबहादुर देउवा उनका बालसखा रहेछन् । एकै जिल्लाका नातेदार उनीहरू दुई वर्ष जेठा–कान्छा छन् । “देउवा गुनिला मान्छे हुन् । ०३५ को दसैँमा मैले डिल्लीबजारमा चार सय रुपियाँको पाइन्ट किनिदिएको र थप दुई सय रुपियाँ दिएको सम्झेका रहेछन्,” उनी भन्छन्, “गृहमन्त्री र प्रधानमन्त्री भएपछि हाम्रो दारु पार्टी पनि खुब जम्यो । सोल्टीको स्न्याक्स र ब्लू लेबल खुब पिइयो । अहिले न दोस्ती छ, न दुस्मनी ।” ज्ञानेन्द्र शाह राजा भएपछि उनलाई बोलावट भयो अञ्चलाधीशका लागि । तर, उनले कुनै रुचि देखाएनन् । “गैरसंवैधानिक पद राजाको लहडमा पुनर्जन्म गराइएको थियो,” उनी भन्छन्, “मेरो नोट अफ डिसेन्ट सदैव त्यही प्रवृत्तिविरुद्ध हो ।” पत्रकारिता छाडेपछि राजनीतिमै फर्किए ठकुराठी । ०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट महेन्द्रनगरमा चुनाव लडे र तेस्रो स्थान पाए । जनशक्ति पार्टी हुँदै माओवादीसँग सहकार्य गर्ने भनी देशभक्त गणतान्त्रिक एकता अभियानमा पनि सामेल भए । अभियानका इन्चार्ज तोकिएका बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सय दिनमा बल्ल बधाई दिन पाएपछि त्यो भ्रम पनि टुट्यो । केशरबहादुर विष्टको प्रजातान्त्रिक नेपाल, राप्रपा नेपाल हुँदै अहिले प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी)का केन्द्रीय सदस्य छन् । आउने चुनाव लड्न उनलाई दबाब छ । तर, भनिरहेका छन्, ‘एक करोड दिने भए मात्र लड्छु ।’ उनलाई थाहा छ, नयाँ दलले उम्मेदवार पनि पाउँदैन । अझ मतपत्रको पुछारमा चारकुनेभित्रको हलो खोज्दै कसले भोट हाल्ने ? प्रकाशित: आश्विन १०, २०७४ http://bit.ly/2xGuQpT
ktmpost · Jan 18, 2019 9:14 PM
नेपालमा त्यो ट्याम्मा तस्करी गर्नेहरु थिएछन | अहिलेका सबै नेता, सरकारी कर्मचारी, पोलिस, गुण्डा चोर फटाहा हुने नै भए | नेपालीहरु अहिले मात्र बिग्रेका होलान भनेको उहिलेका झन् खत्तमै रहेछन | नाम मात्रैको इमान्दार र बहादुर केराको बोक्रोहरु |
Taaremam · Jan 19, 2019 12:32 AM
It will cost $5 to search court data. LMK if you want the link.
tpsadvoc · Jan 19, 2019 12:47 AM
According to the 2nd second article I pasted "पछि शरदचन्द्र छुटे, कृष्णमान करिब सात वर्ष त्यहीँको जेलमा सडे ।" It looks like he's out.
ktmpost · Jan 19, 2019 8:32 AM
Thank you @ktmpost contradiction: Yes - "पछि शरदचन्द्र छुटे, कृष्णमान करिब सात वर्ष त्यहीँको जेलमा सडे ।" (second) and - "शाहलाई तत्काल छुटाइए पनि श्रेष्ठ भने अहिले पनि अमेरिकामै जेल सजाय भोग्दै छन् ।" (first one) Thanks @tpsadvoc . It is good to know, you can find out the details... Will contact you if required. (Looks like, I have failed to make the video reports interesting enough for people to be interested in - not much viewers.)
AnandNepal · Jan 20, 2019 1:10 AM
I tried and couldn't find it. किनभने यो एउटा "वान ट्रम्पियन फेक न्यूज" थियो, त्येति बेला इन्टरनेट थीएन, चिया पसलमा चलेको गफ लाइ पदम ठकुराठी किशोर नेपाल जस्ता पत्रुकारहरु आदीले सनसनीपू्र्ण बनाउने सुत्र पाए, त्यसको रिस फेर्न शान मान खोजने बाबुसाहेबहरु बाट एउटाले गोली पनि खाए, जिउँदो सहीद बने, आँशुको सहानुभूतीको वाहीवाही पाए, झुठो समाचार आगो सरी बल्थ्यो , भेँडे जनतालाइ के चाहियो ? सरकारले राजपरिबार बारे लेख्दा गाली गर्दा दबाउथ्यो त्यही कुण्ठा मेटन सस्तो देसी दारु सरह भयो, झुमे मज्जासँग । अब ती पत्रुकारको बिँडा आनन्द नेपालले धान्न खोजे जस्तो देखिन्छ तर गार्हो छ दाइ अहिले इन्टरनेटको जमानामा , होइन भने कसैले रे रे मा लेखेको ब्लगलाइ न्यूज नठान्नु नबनाउनु होला । के त्यत्रो ओलम्पिक गेममा फुटबलमा हेरोइन भरेर ल्याउने श च शाह कस्तो पाजी ? के डेलीगेसनले फुटबल बोक्नु परथ्यो र ? अमेरिकाले दिन नसक्ने? सुटकेशमा गोजि भन्ने बुद्दी ध्रिष्टता नि पलायन पत्रुकार महोदय लाइ बल मा भनेर सनसनी बनाउनु नै त थियो पाजी नेपालीलाइ हा हा हा । के कथित क्रिस्नमानको परिबार छैन अहिले ? एल ए काउण्टी जेलबाट फोन गरेर डाटा मगाए भैहा्लयो नि ? मैले त अहिले इन्टरनेट बाट गर्न मिल्ने क्रिमिनल ब्याकग्राउड चेक गर्न नि पाइयो। अनि यत्रो हेरोइन तस्करीको न्यूज त्यो पनि रेगन जस्तो कडा शासकको जमानामा, न्युज पेपर आरकाइभमा कतै पाइदैन किन ? दिमाग लगाउ पासा दिमाग, फेरी सर्च गर यो लिकँमा, दुनियाको खबर इतिहास एक क्लिकमा तर नेपालीहरु ८४ ओलम्पिकमा पक्रेको खबर हातमा आयो शुन्या । जय इन्टरनेट । https://cdnc.ucr.edu/ Last edited: 27-Mar-19 08:04 PM
controversial · Mar 27, 2019 7:32 PM
Thank you @controversial ... I couldn't find any such news report ... यो पक्कै पनि झुठो खवर थियो ! Joseph R Pietri भन्ने लेखकले यस्तो झुठो कुरा लेखेर पुस्तक नै प्रकाशित गरेको भएर मलाइ बुझ्न मन लागेको हो। हुन त लेखक नै लागु औषधको तस्कर, बेला बेलामा पक्राउपरेको criminal - बिश्वास गर्न त नहुने हो। (I have unlisted the video. May be, I should update it later.)
AnandNepal · Mar 28, 2019 6:21 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion