अमेरिका पसेपछि... आरएल श्रमजीवी संसारभरिका मान्छेहरुको सपनाको देश अमेरिका हो । अमेरिकालाई सबैले स्वर्ग भन्छन् त्यो स्वर्ग कस्तो होला भनेर मैले पनि अमेरिका घुम्ने, हेर्ने निर्णय गरेर यही जनवरी ९ तारिअका दिन युरोपबाट अमेरिकातिर उडें । उड्नुअघि मेरो अनुभूति यस्तो थियो– यात्रा अमेरिकाको भइरहँदा सम्झना नेपालको आइरहेको थियो । गतसाल २०१८ फेब्रुअरी २८ का दिन अमेरिकाको भिसा लागेदेखि नै यो मन हजार पल्ट अमेरिका पुगेको छ, तर सबै कुरा मिलाएर म मेरै नेपाली पासपोर्टमा आज लण्डन हुँदै अमेरिकातर्फ निस्किएँ । समयले के गराएको हो म आफैँलाई थाहा छैन । अमेरिका हानिदा नेपालको सम्झनाले यो मनभित्र कम्प्युटरका फाेल्डरहरु खुलेझैँ अनेक तरंगहरु आइरहेका थिए । ब्रिटिस एयरवेजको बोइङ हवाइजाहाजबाट लण्डनको हेद्र्व अन्तर्रास्ट्रिय विमानस्थलमा ४ घन्टाको ट्रान्जिटपछि अमेरिका एयरवेज बोइङ १०७ बाट ८ घण्टा २५ मिनेटको उडानपछि न्यूयोर्क अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएँ । मलाई थाहा छ– युरोपियन र अमेरिकी जीवन मैले मामा र भाइलाई काम छोडेर एयरपोर्ट आउन पर्दैन ठेगाना दिनुहोस् म आउन सक्छु भनेको थिएँ । त्यसैअनुसार मैले लोकल रेल समातेर मामाघर सन्निसाइड ४६ स्ट्रिट ब्लिस पुग्दा भाइ विजय दुलाल र दाइ भरत पुरी मलाई लिन रेल स्टेशनमा पर्खिरहेका थिए । स्थानीय रेल समातेदेखि नै मैले अमेरिकन जीवन नियाल्न थाले । हरेक मान्छेलाई जीवनमा सुख त मिल्ला तर सधैं खुसी नहुन सक्छ । तर, अमेरिका छिरेको हरेक मान्छे मात्र जम्मा दश पल्ट मात्र औधी खुशी हुन्छ भन्ने मेरो ठहर छ । खुशी र सुख फरक कुरा हुन् सुख हुँदैमा मान्छे खुसी हुन्छ भन्ने छैन । अमेरिका पस्नुअघि र पछि जम्मा १० पल्ट असाध्यै खुसी भएको मान्छे पछि डलरका लागि मरिमेट्दै जीवनको अन्त्य भएको पत्तो पनि पाउने छैन । ती दश खुसी के हुन् म अर्को पल्ट बताउने छु । मैले बाहिरबाट सरसर्ती हेर्दा सबैले सपनाको संसार यो दुनियाँको स्वर्ग भनेर वर्णन गरिएको अमेरिका साँच्चिकै अमेरिका रहेछ भनेर मात्र होइन मैले आफ्ना आफन्त र प्रियजनलाई भेट्दा मेरो खुसीको सीमा रहेन त्यो खुसीको कारण हो मेरी सानी माइजु नर्वदा दुलाल । अमेरिका पुगेपछि मेरी माइजु पनि आफै रुपान्तरित हुनुभएछ । अचेल मेरी माइजु आफ्ना नातिसँग अंग्रेजीमा छोटा कुरा गर्नुहुन्छ । लुगा पनि यतैका लगाउनुहुन्छ, यु ट्युब च्यानलमा भजन र नेपाली फिल्म र गीत हेर्नुहुन्छ । उहाँले यसो गरिरहँदा म आफ्नो बालपनमा फर्कन्छु । आहा अमेरिकाभन्दा रमाइलो त्यो बालपन । उहाँसँग बिताएका हरेक पल अविस्मरणीय र मीठो लाग्ने । साँच्चिकै कति ठूलो हृदय छ । कसरी कुल्चनुहुन्छ दुःखलाई अनि फिस्स हाँसिदिनुहुन्छ । उहाँले त हो नि नेपाली लोककथा भनेको फर्सीको कथा त ठूलो भएपछि मैले कत्तिलाई सुनाए आज न्यूयोर्क सडक र पार्कमा हामीले वर्तमानका कुरा गर्दै फेरि एकपल्ट आफ्ना मनलाई पानीमा चिनी घुलिदिएजस्तै अन्तरघुलन भयौं । मेरो रहर थिएन युरोप–अमेरिका, तर समयले मलाई त्यता घचेटिदियो । मैले अनुभूति गरेको छु जस्तै रहरहरुलाई मार्न सकिँदो रहेछ तर आफैंले मरेका रहरसँग नियमापत्ति पनि गरेको छु । म यस्तो बन्नुमा मेरै हात छ त्योभन्दा बढी मेरो ठूलोमामा र मेरी सानी माइजूको हात छ मेरो साहित्य चेतनाको झिल्को नै मेरी माइजु हो । उहाँ हाम्रो मामाघरमा भित्रिएपछि नै सबै व्यवस्थापन भएको थियो । मेरो मात्र होइन हाम्रो समाज र गाउँठाउँकै उहाँ आँखाको नानी हो । उहाँलाई २ वर्षअघि युरोपबाट फोनमा कुरा हुँदा भनेको थिएँ– कुनै दिन हजुरलाई भेट्न झुक्याएर अमेरिका आइदिन्छु अनि ...... के थाहा मलाई र उहाँलाई आजको यो दिन ? - न्यूयोर्कबाट http://www.vishwanews.com/Arti...
ktmpost · Jan 16, 2019 12:08 PM · 6,393 views
Sounds like the writer is blind sighted to the fact that nepali society in nepal (perhaps not in places humla ) is also no longer the same way that it used to be a few decades ago. जहाँ गए पनि कम्प्लेन मात्रै गर्नु पर्छ कि क्या हो यी नेपाली बुढोहरुलाइ? Last edited: 16-Jan-19 01:54 PM
GwachAquarian · Jan 16, 2019 1:54 PM
Ho bhanya jo khatey pani ek choti america ayara yehako Nepali layee gali garda aru layee maha gyanee samjhado raicha. These are the people who enjoyed being too I Nepali because of their caste. You dont read these kind of articles from marwalis or other industrial classes. Ppl are literally getting murdered, raped and dying out of hunger and disease bit these arse lockers still blame america for poor quality of life. They think the whole Nepal is heaven just like their ghuskhoree and lazy circle in Kathmandu.
ehho2 · Jan 16, 2019 3:25 PM
sramjiwi bhanda pani [Disallowed String for - use not allowed] bharm jiwi po hahecha jhatha
tallagheremaila · Jan 16, 2019 7:12 PM
Last edited: 18-Jan-19 10:47 PM
Hanuman1 · Jan 18, 2019 9:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion