नेपालले अमेरिकाबाट ६ अर्ब ९० करोडको हतियार खरिद गर्ने, के के किन्दैछ ? काठमाडौं । यो बर्ष नेपाली सेनाका लागि ६ अर्ब ९० करोडबराबरको हतियार खरिद गर्ने तयारी छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिद गर्ने नेपाली सेनाको तयारी छ । ती हतियार भारतबाट खरिद हुनेछैन । व्यक्तिगत हतियारको नाम उल्लेख छैन, तर तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याईएको रक्षा मन्त्रालयले जनाएको छ ।रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाग बजेट बिनियोजन भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । http://www.lightnepali.com/239...
ktmpost · Dec 19, 2018 8:11 AM · 2,382 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion