मनहराको किनारमा, पारिलो घाममा हलक्क बढेको चम्सुरको सुगन्ध लिंदै घरको एक्ली बुहारी आशमाया रायोको साग मुठ्ठा बाँध्दै दङ्ग छिन् । मुठ्ठा गन्दै खर्पनमा भारी मिलाउँदै नाफा घाटाको हिसाब–किताब गुन्दै भूकम्पले भत्केको घरको नक्सा मनमै कोर्दै घरको मुली धनवीर बाजे मुस्कुराएको नाकमुनि फुलेको जुँगाबाट सदृश्य छ । पुरानो मैलो लुगामा सेतै पाइन्ट, सेतै चप्पल स्वर्गीय बुबाको एक्लो वारिस नाबालक राइटन आमाले देखाएको ‘नयाँ लुगा’ को सपना देख्दै बाँधेको मुठ्ठाबाट झरेका पातहरू टिप्दै ‘ज्ञानी छोरा’ को ढाडस् बटुल्दै मख्ख छ । भूकम्पमा थिचिएका आशमायाका आशाहरू भासिएको घर र घरसँगै किचिएको आधा ज्यान नाबालक छोरासँगै बाँकी आधा ज्यान बिसाएर अनुदानको टहरामा साढे तीन वर्ष एक्लै साग बाँध्दै छिन् आफूलाई झरेका पात, अरुलाई केलाएर बाँधेका साग बेच्दै नाबालक छोरामा पलाएको सपना बुनिरहेछ र बाँचिरहेछ समृद्धिको मीठो ‘उखाने’ भाकामा राजधानीका एक ‘रानी’ आशमाया । सजमिनमाथि सजरमिन, नापीले पुनःनापी गरे पनि मालपोतले लालपुर्जा नदिंदा, घरको नक्सा बनेन अझै घर नबनाउनाले, अनुदानको ५० हजार पनि व्याजसहित फिर्ता माग्दैछ, प्राधिकरण । तर आशमाया लालपुर्जासम्म पाए निव्र्याजी ऋणमा घर ठड्याउने आशामा भोटसँग साटेको आश्वासन फर्काउन धाउँदै छ घरघर नेताको, मन्त्रीको । मनहरा खोलामा कति बालुवा बगे मनहराको आकाशमा कति प्लेन उडे प्रतिदिन शिथिल धनबीर बाजे नातिको पुरानो बर्खिको सेतो लुगा फाल्न हरदिन खर्पनमा तरकारी बोक्दैछ विधवा आशमाया हरदिन मुठ्ठा बाँध्दैछे अबोध राइटन सागको पात बटुल्दै छ तर के थाहा ? बुढो बाजे, विधवा आमा, अनाथ बालक ‘कम्युनिष्ट’ सरकारको मुटुको खील बन्दैछ धनबीर, आशमाया, राइटनको लागि कठै, दुईतिहाइको ‘नेकपा’ सरकार ।
huippa · Dec 7, 2018 10:01 PM · 27,501 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion