विवाह गर्ने सोचमा हुनुहुन्छ, कस्तो छान्ने जिवनसाथी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

?http://www.onlinedarpan.com/ar... जताततै विवाहको दृष्य देखिन्छ । धेरै युवायुवतीहरु जोडी बन्न लागेका छन् । कतै प्रेम विवाह हुँदैछ, कतै मागी विवाह हुन लाग्दैछ। हिजोआज हामी फेसबुकको पुस्तामा छौ । फेसबुकमा हेरेको, भेटेको आधारमा पनि विवाह भैरहेको हुन्छ । फेसबुककै आधारमा एकले अर्कालाई मन पराइरहँदा उनीहरूका अभिभावक एवं अग्रजहरूको आशीर्वाद छ कि छैन त्यो बिर्सिरहेका हुन्छन्। श्रीमान –श्रीमती भनेका एक रथका दुई पांग्रा हुन भनिन्छ । हो, यो सम्बन्त्रभित्र धेरै अर्था छ । भगवानकै पालादेखिको गहिरो प्रेम पनि यही सम्बन्धभित्र छ भने कतैकतै विछोडको नमीठो पीडा पनि यही सम्बन्धभित्र छ। पवित्र प्रेम, विश्वास र एकता पनि छ भने कतै सम्झौतामा अडिएको छ यो सम्बन्ध । जीवनसाथीलाई अर्धा्ङ्गिनी पनि भनिन्छ । वास्तवमै आफ्नो शरीरको आधा अङ्ग नै हो–जीवनसाथी । हरेक सुख–दुस्ख वा आासु–हाँसोमा सबैभन्दा पहिलो साथ जीवनसाथीको नै हुँदो रहेछ । अचम्मको नाता छ यो सम्बन्धभित्र । एउटा कुनै गाउँको कसको–कसको छोरा वा छोरीसँग वर्षौंसम्म सँगै जीवन बिताउन कतिपय सजिलो पनि छ यो सम्बन्धमा भने कतिपय अप्ठ्यारो पनि छ । हिजोआज त आफूले रोजेको जीवनसाथीसँग विवाह गर्ने चलन छ । हाम्रा बुवाआमाहरूको पालामा देख्दै नदेखेको, जान्दै नजानेको बुवाआमाले जोसाग भन्यो उसैसाग विवाह गर्नुपथ्र्यो। त्यतिबेला रूप र योग्यता केही पनि हेरिँदैनथ्यो। केटा पक्षको कति जग्गा छ, कति गाई गोठ छन्, हाम्री छोरी पाल्न सक्छ कि सक्दैन भन्ने हेरिन्थ्यो भने केटी पक्षतिर केटीले घर गरी खान सक्छे कि सक्दिन भन्ने मात्र हेरिन्थ्यो। अहिले पनि विवाहको प्रसङ्गमा यदि मागी विवाह हो भने सबैभन्दा पहिले सुन्दरता, सर्टिफिकेट एवं सम्पत्ति हेरिन्छ । तपाईंकी छोरी वा मेरी छोरीको विवाह गर्नुपर्दा एउटा हुलाकको जागिरे र भन्सारको जागिरेमा स्वाभाविक रूपले हामी भन्सारको जागिरेलाई चुन्छौ । हुलाकको जागिरे हुँदैमा अयोग्य र भन्सारको हुँदैमा केटा योग्य हुँदैन । उसभित्र कति संस्कार र स्वाभिमान छ त्यो हेर्न जरुरी छ । यी सबै कुरा सुरुमा आउनु त स्वाभाविकै हुन् तर प्रश्न उठ्छ कि केटी हेरिसकेपछि अलिकति मोटी भई, अलिकति काली भई, अलिक हाइट भएन जब यस्ता कुरा आउँछन्। यस्ता कुराले केटी पक्षलाई कति ठूलो चोट पुग्छ हामीले विचार गर्दैनौं। छोरी मान्छे पसलमा बेच्न राखिएको सामान हो र छानी–छानी किन्न ? सुन्दरता, सर्टि्फिकेट एवं सम्पत्तिसँग विवाह गर्ने कि मान्छेसँग ? जब सुन्दरता, सर्टि्फिकेट एवं सम्पत्ति हेरेर विवाह गरिन्छ तब सम्बन्धमा उतारचढाव आउनु स्वाभाविक हो। विवाहको केही वर्षसम्म सम्बन्ध राम्रै होला जब छोराछोरी र अरू थप व्यवहार आइलाग्छन् तब सम्बन्धमा पनि खाटा बस्न थाल्छ। श्रीमानको कुरा श्रीमतीलाई मन नपर्न थाल्छ, श्रीमतीको कुरा श्रीमान्लाई मन नपर्न थाल्छ। स–साना कुरामा पनि झगडा हुन थाल्छ । हुँदाहुँदा कुरा सम्बन्धविच्छेदसम्म पुग्नसक्छ । उनीहरूबाट जन्मिएका बालबालिका न उताका न यताका हुन्छन्। सबै श्रीमान–श्रीमतीबीच यस्तो नहोला किनभने वर्षौंसम्म प्रेम, विश्वास र एकताका साथ एकै छानामुनि रमाएका पति–पत्नी पनि छन् हाम्रो समाजमा । ती पति–पत्नीबीच एउटाको स्वभाव अर्कोसँग संयोगवश मिलेको हुनसक्छ । जीवनसाथी सुन्दरता, सर्टि्फिकेट एवं सम्पत्तिलाई भन्दा पनि उसको स्वभाव र संस्कारलाई हेरेर बनाउने हो भने जीवन सधै सुन्दर हुन्छ । सुन्दरता, सर्टि्फिकेट र सम्पत्ति हेरेर विवाह गरिए पनि स्वभाव र संस्कार आफूसँग मिलेन भने सुन्दरता, सर्टि्फिकेट र सम्पत्ति सबै अर्थहीन हुन्छन। त्यसैले जीवनसाथी रोज्दा धेरै कुरा विचार गरौं । मुख्य कुरा आफूसँग स्वभाव एवं विचार मिल्छ कि मिल्दैन ध्यान र्पुयाऔं। ताकि आफूले रोजेको जीवन साथीसँग जीवनभर प्रेम एवं विश्वासका साथ एक रथका दुई पाङ्ग्रा भएर हिँड्न सकियो

Dinesh Karki · Dec 7, 2018 8:50 AM · 13,176 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion